पार्टीलाई गतिशील बनाउन नेपाली कांग्रेस (बीपी) को सभापति म नै हुनुपर्छः ढकाल

२०७८ भाद्र २५ गते, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेस (बीपी) को विशेष महाधिवेशनमा विष्णुप्रसाद ढकाल सभापतिको उम्मेदवार बन्ने भएका छन् । उनले सबै नेता तथा कार्यकर्ताको समर्थन आफूलाई भएकाले सभापतिमा जित्ने दाबी गरेका छन् ।
पार्टीको विशेष महाधिवेशन भदौ ३०, ३१ र असोज १ गते काठमाडौंमा हुँदैछ । महाधिवेशनले सभापति, वरिष्ठ उप–सभापति, सचिव, सह–सचिव सहित २५ जनाको केन्द्रीय कार्यसमिति चयन गर्नेछ । सभापतिले ८० जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने पार्टीको विधान छ । पार्टीको केन्द्रीय समिति १ सय ५ जनाको हुनेछ । पार्टीको केन्द्रीय सदस्य तथा अर्थ विभाग प्रमुख रहेका ढकालले आफ्ना एजेण्डा अघि सारिसकेका छन् । उनले पार्टीलाई गतिशील बनाउने, भ्रष्टाचारविरुद्ध अभियान चलाउने, संघीयता र धर्म निरपेक्षता खारेजी गर्ने, हिन्दु राष्ट्र र राजसंस्था स्थापित गर्ने प्रमुख एजेण्डा बनाएका छन् । उनले आगामी संसदीय निर्वाचनमा १० देखि १५ सिटमा संसदमा पार्टीको प्रतिनिधित्व रहने गरी योजना बनाउने पनि बताएका छन् । ‘जति कुरा मैले भनेको छु, ती काम गर्न सक्छु भन्ने मलाई विश्वास छ’ उनले भने ‘म लामो समयदेखि राजनीति गरेको मान्छे भएकाले पार्टीको नीति कसरी बनाउनुपर्छ र जनता परिचालन कसरी गर्नुपर्छ भन्ने जान्दछु ।’ उनले पार्टीलाई परिवारबादबाट मुक्त बनाउने जनाएका छन् ।
२०४६ सालबाट कांग्रेसको राजनीतिमा लागेर सक्रिय रहेका उनले कांग्रेसले आफ्नो नीति र सिद्धान्त छोडेकाले कांग्रेस भएर बाँच्न नसकिने अवस्था आएकाले बाध्यताले नयाँ पार्टी खोल्नुपरेको स्पष्ट पारेका छन् । उनी यही ढंगले कांग्रेस अघि बढने हो भने उसले कहिल्यै प्रगति गर्न नसक्ने दाबी गर्छन् । उनी काभ्रेस्थली गाउँ कार्यसमितिको ५ कार्यकालसम्म सभापति भएका थिए । एक कार्यकाल कांग्रेसको महासमिति सदस्य पनि भएका उनले पार्टी विस्तारमा पनि निकै योगदान गरेका छन् ।
उनले आफूले सभापतिको उम्मेदवारी दिएपछि नेता तथा कार्यकर्ताहरु पनि उत्साहित भएको बताएका छन् । ‘मेरो उम्मेदवारीप्रति सबैले राम्रो सोच बनाउनुभएको छ त्यसैले पनि मलाई जित्छु भन्ने लागिरहेको छ’ उनले भने ‘अरु पनि केही सभापति उठ्ने भन्दै हुनुहुन्छ तर उहाँहरुभन्दा म नै ग्राउण्डमा बलियो छु ।’ उनले आफू सभापति भइसकेपछि जनताको गास, बास र कपासको व्यवस्थापनको लागि पहल गर्ने जनाएका छन् । भ्रष्टाचार, अनियमितता र अत्याचारको विरुद्धमा देशव्यापी रुपमा आन्दोलन गर्ने उनको योजना छ ।
उनले पार्टीलाई गतिशील बनाउन र सबैको आस्थाको केन्द्र बनाउन आफ्नो उम्मेदवारी रहेको बताए । ‘एकपटक पार्टीलाई हाँक्ने मन छ, त्यो अवसर पाएँ भने म पार्टीलाई उदाहरणीय बनाउने छु’ उनी भन्छन् ।

208 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

हामी र हाम्रो कृति समाजको २५औँ कृति मीरा न्यौपाने गजुरेलको मुक्तकसङ्ग्रह ‘मधुरिमा’ सार्वजनिक

२०८३ जेष्ठ २४ गते, आईतवार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal