साना विद्युतीय यातायात व्यवसायीहरुलाई मेगा बैंकको सहुलियत कर्जा

२०७८ भाद्र २३ गते, बुधबार

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले लघु तथा साना उद्यमीहरुलाई प्रबद्र्धन गर्ने उद्देश्यले नेको इनर्जी सोलुसन कम्पनी प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ ।
काठमाडौंको कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा एक समारोहका बीच मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र नेको इनर्जी सोलुसनका व्यवस्थापकीय निर्देशक मिलनकुमार पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । यस सम्झौता अनुसार, नेको इनर्जी सोलुसनसँग आबद्ध साना विद्युतीय यातायात व्यवसायीहरुलाई स्वरोजगार तथा व्यवसाय संचालनका लागि मेगा बैंकले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । कर्जाका लागि नेको इनर्जि सोलुसनले मेगा बैंकलाई सिफारिस गर्ने सम्झौता भएको छ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले साना विद्युतीय यातायात व्यवसायीहरुलाई मेगा बैंकका देशभरका शाखाबाट छिटो तथा छरितो ढंगले सहुलियतपूर्ण कर्जा प्रदान गरिने भएकाले आफूलाई पायक पर्ने शाखा कार्यालयहरुमा सम्पर्क गर्न आग्रह गर्नुभयो । मेगा बैंकले स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नाराका साथ विपन्न वर्गलाई प्राथमिकतामा राखी बैंकिङ्ग सेवा सर्वसुलभ गराउँदै आइरहेको उहाँले बताउनुभयो । विपन्न वर्गका ग्राहकहरुलाई वित्तीय साक्षरताका साथै बैंकिङ्ग सेवामा आधुनिकीकरण गर्दै नगदरहित कारोबारमा समेत संलग्न गराउने उद्देश्यका साथ मेगा बैंकले साना विद्युतीय यातायात व्यवसायीहरुलाई ‘क्यूआर कोड पेमेन्ट सिस्टम’मार्फत बैंकिङ्ग कारोबारमा पनि आबद्ध गराउने नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी, नेको इनर्जी सोलुसनका ब्यवस्थाकीय निर्देशक पौडेलले मेगा बैंकले महिला तथा विपन्न वर्गका समुदायलाई प्राथमिकताका साथ लघु तथा साना कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदानसहितको कर्जा प्रवाह गर्दै आएकोले आफूहरुले सहकार्य गरेको बताउनुभयो । मेगा बैंकको सहुलियतपूर्ण कर्जा सहायताले साना विद्युतीय यातायात व्यवसायीहरुलाई थप आत्मबल प्रदान गर्नुका साथै व्यवसाय सञ्चालनमा मद्दत मिल्ने उहाँले बताउनुभयो ।

141 Views

ताजा

चैत्र १५ गतेदेखि ‘डोरी’ देशव्यापी प्रदर्शन हुँदै

२०८१ चैत्र १२ गते, मंगलवार

चैत्र १५ गतेदेखि ‘डोरी’ देशव्यापी प्रदर्शन हुँदै

२०८१ चैत्र १२ गते, मंगलवार

लखेट्दा युद्ध जितेको लाग्ला तर पराजित हुन्छौः जनार्दन शर्मा

२०८१ चैत्र १२ गते, मंगलवार

कुलमानलाई बर्खास्त गरेको विरोधमा विद्यार्थीहरूद्वारा प्रदर्शन

२०८१ चैत्र १२ गते, मंगलवार

भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ

२०८१ चैत्र ८ गते, शुक्रबार

१ महिनाभित्र दर्ता नभए फेसबुक, एक्स र इन्स्टाग्राम नेपालमा बन्द हुने चेतावनी

२०८१ चैत्र ८ गते, शुक्रबार

निखिल उप्रेतीको निर्देशनमा फिल्म ‘आचार्य’ बन्ने

२०८१ चैत्र ८ गते, शुक्रबार

सम्पादनमा अब्बल अनिल : बैसाखी र कम्युटरका सारथी

२०८१ चैत्र ८ गते, शुक्रबार

नयाँ टेलिसिरियल ‘बाचा’ मा सार्वजनिक (भिडियो)

२०८१ चैत्र ८ गते, शुक्रबार

आजबाट एसइई परीक्षा शुरु

२०८१ चैत्र ७ गते, बिहीबार

माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप

२०८१ चैत्र ४ गते, सोमबार

लोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal