‘माधव नेपाल प्रचण्ड र देउवाको मल बन्न जानुभयो’ – महेश बस्नेत

२०७८ भाद्र ४ गते, शुक्रबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा आफ्नो पार्टीलाई कमजोर बनाउने काममा लागेको गम्भीर आरोप लगाएका छन् । तर, एमाले कमजोर पार्ने देउवा, दाहाल र सापकोटा तीनै जनालाई आगामी दिनमा महँगो पर्ने उनको चेतावनी छ ।
आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले भने,‘एमालेलाई कमजोर बनाउने काममा यो सरकार व्यस्त छ । अध्यादेश जुन आएको छ, यसले त्यही पुष्टि गरेको छ । एमालेले कारबाही गरेका १४ जना सांसदलाई अहिलेसम्म पदमुक्त गरेको सूचना सभामुखबाट प्रकाशन गरिएको छेन् । अध्यादेश ल्याउनुको मुख्य उद्देश्य एमाले विभाजन गर्नेमात्रै देखियो ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता बस्नेतले अध्यादेश ल्याउनुको अर्को उद्देश्य भनेको आगामी निर्वाचनमा कांग्रेसलाई बहुमतमा पुर्याउने षड्यन्त्र रचिएको सुनाए । तर, आगामी निर्वाचनमा पनि नेकपा (एमाले) नै अत्यधिक बहुमतका साथ आउने उनको दाबी थियो । उनले भने,‘हिजो दल विभाजनको लागि केन्द्रीय कमिटी र संसदीय दल दुवैमा ४० प्रतिशत हुनुपर्ने प्रावधान थियो । केपी ओली प्रधानमन्त्री हुँदा उहाँले त्यो ४० प्रतिशत प्रावधान कायमै राखेर केन्द्रीय कमिटी वा संसदीय दल भनेर राखेर अध्यादेश ल्याउँदा यहाँ कांग्रेसलगायतका दलले ठूलो हल्लाखल्ला मच्चाए । तर, त्यतिखेरको मूल मर्म के थियो भने संसदीय दल र केन्द्रीय कमिटीमध्ये एउटामा ४० प्रतिशत पुर्याउँदा दल विभाजन गर्न सजिलो थियो । तर, त्यो राजनीतिक प्रणाली बलियो बनाउनको लागि ल्याईएको अध्यादेश थियो । नेपालमा पनि अमेरिकामा जस्तै दुई दलीय प्रणालीमा लगिए राजनीतिक स्थायित्व हुन्छ भन्ने नै हो । जनताको मनोविज्ञान भनेको दुई दलीय व्यवस्था नै हो ।’
४० महिनाको अवधिमा ओली सरकारले विकास र समृद्धिको यात्रा अघि बढाएको स्मरण गराउँदै उनले अहिले ओलीको उक्त समृद्धिको यात्रामा ब्रेक लगाउने काम भएको पनि टिप्पणी गरे । उनले भने,‘केपी ओलीले सुरु गरेको समृद्धिको यात्रामा ब्रेक लगाउने काम भयो । एमाले ठूलो विभाजन गर्जनका साथ हुन्छ भनेर सुरु भएको चर्चा, अन्तिममा म्याउँ भएर टुँग्गिएको छ । माधव नेपालले हिजो बहुमत छ भन्नुहुन्थ्यो । म केपी ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउँछु भन्नुहुन्थ्यो, अहिले उहाँ २० प्रतिशतमा पुग्नुभयो । मैले बुझेअनुसार अहिले माधव नेपाललाई दल विभाजनको लागि संसदीय दल वा केन्द्रीय कमिटी दुवैमा २० प्रतिशत पुर्याउन पनि हम्मेहम्मे छ, निकै कठिन छ । अहिले उहाँले घोषणा गरेको ९५ सदस्यीय केन्द्रीय कमिटीका पनि १३ जना सदस्यहरुले हामी त्यो पार्टीमा छैनौं र जाँदैनौं भनेर नाम फिर्ता लिने स्थिति आएको छ ।’
बस्नेतले वरिष्ठ नेता झलनाथ खनाल पनि माधव नेपालको पार्टीमा नजाने जिकिर गरेका छन् । उनले भने,‘अब माधव नेपाललाई सजिलो बनाउनेगरि १५ प्रतिशत वा १० प्रतिशतमात्रै प्रावधान राखेर अध्यादेश ल्याउँदैछ अरे । हामीले अवलम्बन गरेको संसदीय प्रणालीमा दलको महत्वपूर्ण भूमिका हु्न्छ ।’

243 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal