समय दृष्टि साप्ताहिकको प्रथम वार्षिकोत्सव सम्पन्न

स्तम्भकार दीपक शर्मा जंगमको ‘दृष्टिकोण’ लोकापर्ण

काठमाडौं । रोशी डिजिटल प्रा.लि. द्वारा प्रकाशित समय दृष्टिको प्रथम वार्षिकोत्सव आज सम्पन्न भएको छ । समय दृष्टि साप्ताहिकमा एकवर्ष सम्म लगातार आफ्नो विचार प्रस्तु गर्दै आएका लेखक तथा अधिवक्ता दीपक शर्मा जंगमको ‘दृष्टिकोण’ पुस्तक पनि आज रिपोर्टर्स क्लब नेपालमा लोकापर्ण गरिएको हो ।
कर्णजित शुशिल बुढाथोकी, पुर्व सभासद तिलक थापा मगर, खड्क बहादुर वाइवा र अतिथि सबैले पुस्तक लोर्कापण गरेका थिए । कार्यक्रममा अधिवक्ता दिपक शर्मा जंगमलाई आज रोशी डिजिटल प्रा.लि.ले सम्मान गरेको छ ।
रोशी डिजिटलका अध्यक्ष पुण्य बहादुर लामा (अरुण घिसिङ) ले १ वर्ष अगाडि सुरु गरेको पत्रिकाको सुरुवाती दिनमा नै कोरोना कहर सुरु भएको बताए । उनले २०७७ साउन ३० गते स्थापना भएको समय दृष्टि १ वर्ष पुरा भएर दोस्रो वर्षमा प्रवेश गरेको जानकारी दिए । उनले सहयोग गर्ने सम्पूर्णलाई विशेष धन्यवाद दिए । राज्यको चौथो अंगको रुपमा परिभाषित गरेको पत्रकारीताले सम्पुर्ण पक्षलाई समेट्न सक्यो कि सकेन त्यो महत्वपूर्ण भएको बताए । उनले आगामी दिनमा सबैपक्षलाई समेटेर अगाडि बढ्ने बताए ।
लेखक तथा अधिवक्ता दीपक शर्मा जंगमले लेख्नलाई निकै गाह्रो हुने बताए । शर्माले कामको बाबजुद पनि बिभिन्न विषयमा कलम चलाएको बताए । उनले भने, ‘न्यायालय, राज्यका बेतिथी, अन्यायको कुरा, सरकारको गलत कुरालाई पुस्तकमा समेटेको छु ।’ उनले कुनै पनि राजनितिक दलको बारेमा पुस्तकमा उल्लेख नगरको बताए । उनले पुस्तक आफ्नो पहिलो जर्मको भएको र आफु बिरामी हुँदा पनि लेख्ने काम निरन्तर अगाडी बढाएको सुनाए । पुस्तक पढेर प्रतिक्रिया र सुझाव दिन समेत सबैलाई आग्रह गरे।
कार्यक्रममा अधिवक्ता हरिशरण बस्नेतले कानुन व्यवसायी भएर वकालत गर्दै गर्दा दीपक शर्मा जंगमले व्यवस्ताको बाबजुद पनि महत्वपूर्ण कार्य गरेको भन्दै देशको समय सान्दर्भिक कार्यलाई पाठकवर्गमा लैजाने जमर्को गरेको बताए । उनले शर्माले राष्ट्रको लागि कानुन व्यवसायीले गर्नु पर्ने कर्तव्य पुरा गरेको जिकिर गरे । पत्रिकाले राम्रो काम गरेको बताउदै अबको दिनमा पनि आफ्नो तर्फबाट निरन्तर सहयोग हुने जानकारी दिए । शर्माले पाएको सम्मानले सम्पूर्ण कानुन व्यवसायी नै सम्मानित महसुस गरेको बताए । कार्यक्रम संचालन समय दृष्टिका प्रधानसम्पादक योगेश याङछालीले गरेका थिए ।
कार्यक्रममा कार्यकारी सम्पादक इन्दिरा वाइवाले पत्रिका संचालनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । आगामी दिनमा सबैको सहयोग आवश्यक पर्ने भन्दै उनले सहयोग गर्न पनि आग्रह गरिन् ।
कार्यक्रममा पूर्व सभासद तथा नेपाल कम्युनिस्ट पार्टी केन्द्र समाजवादीका केन्द्रीय अध्यक्ष कर्णजित शुशिल बुढाथोकी, रोशी डिजिटल प्रा।लि।का सल्लाहकार तथा पुर्व सभासद तिलक थापा मगर, नेपाली कांग्रेसका सिन्धुलीका उपसभापति खड्क बहादुर वाइवा लगायतको उपस्थिति थियो ।
ताजा

भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ
२०८१ चैत्र ८ गते, शुक्रबार
भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ
२०८१ चैत्र ८ गते, शुक्रबार
१ महिनाभित्र दर्ता नभए फेसबुक, एक्स र इन्स्टाग्राम नेपालमा बन्द हुने चेतावनी
२०८१ चैत्र ८ गते, शुक्रबार
निखिल उप्रेतीको निर्देशनमा फिल्म ‘आचार्य’ बन्ने
२०८१ चैत्र ८ गते, शुक्रबार
सम्पादनमा अब्बल अनिल : बैसाखी र कम्युटरका सारथी
२०८१ चैत्र ८ गते, शुक्रबार
नयाँ टेलिसिरियल ‘बाचा’ मा सार्वजनिक (भिडियो)
२०८१ चैत्र ८ गते, शुक्रबार
आजबाट एसइई परीक्षा शुरु
२०८१ चैत्र ७ गते, बिहीबार
माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप
२०८१ चैत्र ४ गते, सोमबार
प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने सक्ने तागत एमाले–कांग्रेसमा छः दयाल बहादुर शाही
२०८१ चैत्र ४ गते, सोमबार
सुन्दा अचम्मः सिङ्गो दलित परिवार नै नागरिकताविहीन
२०८१ चैत्र ४ गते, सोमबार
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा
२०८१ चैत्र ४ गते, सोमबारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार