सोलु काँग्रेसको सभापतिमा मेरो दावेदारी छ
राम बहादुर बस्नेत, नेता नेपाली काँग्रेस
० नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिँदै गइरहेको छ, यो महाधिवेशनले पार्टीको आन्तरिक जीवनमा कस्तो प्रभाव पार्ला भन्ने सोचिरहनु भएको छ ?
निश्चय नै अहिले हामी महाधिवेशनको तयारीमा छौं।संयोग नै भनौं,प्रतिनिधिसभामा झन्डै दुई तिहाई जनमत प्राप्त सरकार ढलेर नयाँ सरकार बनेको विशिष्ट परिष्थितिमा हाम्रो पार्टीको महाधिवेशन हुन गैरहेको छ। यो अवस्थामा मूलतस् हाम्रा अगाडी दुईवटा मुख्य कार्यभार छन् ।पहिलो,पार्टीभित्र स्वस्थ प्रतिस्पर्धामार्फत विवादरहित सर्बस्वीकार्य नेतृत्व चयन र दोश्रो जनमुखी नीति कार्यक्रम निर्माण र कार्यान्वयनका लागि सरकारलाई मार्गनिर्देशन। नेपाली कांग्रेसका सबै नेता(कार्यकर्ताहरुको अर्जुनदृष्टि यसैमा हुनुपर्छ । हिंजो पार्टी एक ढंगले चल्यो । नेतृत्वसँग पार्टी सन्चालनको नीति र कुनै योजनाहरु देखिएनन् । तर अबको नेपाली कांग्रेस त्यसरी सन्चालन हुन सक्दैन । पार्टी संगठनलाई पुनर्ताजकी गर्नका लागि स्पष्ट दृष्टिकोण र योजना सहितको नेतृत्व यो महाधिवेशनले स्थापित गर्छ ।
० यसको संकेत कत्तिको पाउनु भएको छ त ?
होइन हामी महाधिवेशनको संघारमा छौं । स्थानीय तहदेखि केन्द्रसम्म पार्टी र नेतृत्वको सन्दर्भमा गम्भीर बहसहरु सुरु भएका छन् । स्वार्थ केन्द्रित राजनीतिको अन्त्य हुनुपर्छ भन्ने आम कार्यकर्ताहरुको चाहना छ । यो चाहना बिपरित महाधिबेशन जान्छ जस्तो लाग्दैन । कांग्रेसलाई राष्ट्रिय राजनीतिको केन्द्रमा राख्न र संगठनलाई ठोस रूपमा गति दिनका लागि पनि नेतृत्व शुभेच्छुक,शुभचिन्तक र आम पार्टी पंक्तिको भावना बिपरित जांदैन भन्ने मेरो बुझाई हो ।
० कांग्रेसमा भागबन्डाको राजनीति संस्थागत रूपमै अगाडी बढेको छ। गुट(उपगुटका कारण कार्यकर्ताहरु निरास छन्, १४ औं महाधिवेशनले यसको अन्त्य गर्ला ?
नगरेर सुखै छैन । ६० र ४० यो र त्यो भनेर लागियो भने कांग्रेसले अहिले भन्दा पनि आगामी दिनमा झन् दुर्भाग्यपूर्ण परिष्थितिको सामना गर्नुपर्छ।बिगतलाई बिर्सिएर नयाँ ढंगबाट अगाडी बढ्नका लागि यो महाधिवेशन कांग्रेसका लागि महत्वपूर्ण अवसर हो।यो अवसरको सहि सदुपयोग गरेर कांग्रेसलाई सुदृढ र गतिशील बनाउनु पर्छ। राष्ट्रिय राजनीतिप्रति नै जनतामा एक किसिमको बितृष्णा पैदा हुन थालेको छ। मुलुकमा प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गरेर आफ्नो भविष्यप्रति जनतालाई आशावादी बनाउनका लागि पनि कांग्रेसले अब दायाँबायाँ गर्ने ठाउँ छ जस्तो मलाई लाग्दैन। बिगतको हाम्रो व्यवहार र कार्यशैलीमा आमूल परिवर्तनको दृढ संकल्प आजको खाँचो हो । अब हामीले स(साना कुरालाई इगो बनाएर हिंड्नु हुंदैन।
० तपाईंको जिल्ला सोलुखुम्बुमा पनि नेपाली कांग्रेसभित्र आन्तरिक कलह तीब्र छ भन्ने सुनिन्छ, साम्य होला त अब ?
नेपाली लोकोक्ती छ, गल्ती सबैले गर्छन तर मूर्खलेबाहेक त्यसलाई अरुले दोहोर्यांदैन।सोलुखुम्बुका कांग्रेस नेता कार्यकर्ताले अब फेरि मूर्ख बन्नुहुंदैन।हिजो कांग्रेसभित्र जिल्लामा कायम विवाद र उत्पन्न अविश्वासका कारण पार्टीको हविगत के भयोरु त्यो जगजाहेर नै छ। स्थानीय तहदेखी संघीय निर्बाचनसम्मको परिणाम हाम्रो प्रतिकूल हुनुको कारण हामी आफैं हौं। प्रतिस्पर्धी दल बलियो र कांग्रेस कमजोर भएका कारण हामीले पराजय ब्यहोर्नु परेको पनि होइन। बिगतबाट हामीले पाठ सिकेर अगाडी बढ्नुपर्छ। पार्टीभित्रको विवादले हिजो जिल्लामा सबै तहमा पार्टीको उम्मेदवार जिताउन सकिएन, पार्टीका सबै साथीहरुलाई एक ठाउँमा ल्याएर स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन जिताउनका लागि पनि १४ औँ जिल्ला अधिवेशन कोशेढुंगा सावित हुनुपर्छ भन्ने कुरामा कसैको दुई मत छैन।सोलुखुम्बुमा कांग्रेसलाई एकढिक्का बनाएर अगाडी बढाउनुपर्छ भनेर कांग्रेसका उद्योग ब्यापार बिभागका केन्द्रीय सदस्य प्रकाशसिंह कार्कीको आयोजनामा राजधानीमा उपलब्ध जिल्लाका साथीहरूसंग हामीले अन्तरक्रिया पनि गर्यौं ।मेरो त स्पष्ट मान्यता छ( बदला लिएर होइन अब हामी सबै बदलिएर देखाऔंँ र अगाडिको बाटो तय गरौं यसैमा सबैको राजनीतिक भविष्य लुकेको छ ।
० नेता प्रकाशसिंह कार्कीसहित अन्य कतिपय नेताहरूले जिल्ला अधिबेशनमा पार्टी सभापतिका लागि ईच्छा व्यक्त गर्नुभएको समाचार आईरहेका छन्, यसमा तपाईंको दावी छ कि छैन ?
स्वभाविक रूपमा जिल्ला सभापतिमा मेरो दावी हुन्छ । १३ औं अधिबेशनमा पनि म जिल्लामा पार्टी सभापतिको दावेदार थिंए।प्रतिस्पर्धा भएको भए मलाई सभापति बन्नबाट कसैले रोक्न सक्ने थिएन।तर स्वस्थ प्रतिस्पर्धा गर्नबाट बन्चित गरियो।नेतृत्वको त्यस किसिमको कार्यशैलीले अविश्वास चुलियो।त्यसबाट कस्तो परिणाम आयो त्यो हामी सबैले आज भोगी रहेका छौं ।जहाँसम्म अन्य साथीहरूको कुरा छ,त्यसलाई अन्यथा लिंन मिल्दैन। पार्टीमा धेरै साथीहरु सभापतिका लागि योग्य हुनुहुन्छ । तर सबै योग्य हुंदाहुंदै पनि एउटै जिम्मेवारी सबैलाई प्राप्त हुन सक्दैन । आपसी समन्वय या स्वस्थ प्रतिस्पर्धामार्फत एउटाले जिम्मेवारी प्राप्त गर्ने हो।बिधि( पद्धति र बिधानको परिधिभित्र रहेर चुनिंने नेतृत्वलाई सबैले सहयोग गर्नुपर्छ,प्रजातान्त्रिक संस्कार भनेकै यहि हो।
० सभापति जित्नका लागि त गुट चाहियो, तपाईंलाई कस्को समर्थन छ ?
मैंले अघि पनि भनें गुटको खेती गरेर अब राजनीतिमा सफल हुन सकिंदैन । कुनै पनि जिम्मेवारीको दावीका लागि निश्चित मापदण्डको आवश्यकता छ।त्यो बिना सफल हुन सकिँदैन।मेरो पहिलो रुचि र प्राथमिकता नै सोलुखुम्बुको कांग्रेस संगठन हो। मेरा लागि त्यही पर्याप्त छ ।
० गुटबन्दी बिना नै सोलु कांग्रेसको सभापतिमा म निर्वाचित हुन्छु भन्ने आधार केहि छन् तपाईंको ?
मैंले अघि नैं पनि भनिसकें १३औं जिल्ला अधिवेशनमा मैले वैधानिकअधिकार समेत प्रयोग गर्ने पाइन।त्यो जिल्लाको सबै साथीहरूलाई स्पष्ट नै छ ।म २०४७ सालदेखि आजसम्म अविच्छिन्न रुपमा जिल्ला कार्य समितिमा छु। विगतका अधिवेशनहरुमा कार्यकर्ता साथीहरूले म प्रति देखाएको माया सद्भाव एवं अनि अहिले पनि जिल्लाका धेरै महत्वपूर्ण साथीहरुको विशेष आग्रह, पार्टीमा निरन्तर मैले गरेको निष्ठा र लगानी नै मैंले सभापतिमा जित्ने मुख्य अधार हो भन्ने मलाई लाग्छ ।आज सोलु काँग्रेसमा देखिएको सबै खाले समस्याको निकास दिने योग्यता र इमान्दारीताभएको व्यक्ति नेतृत्वमा आउनु पर्छ भन्ने साथीहरूको धारणा छ।जिम्मेवारीको न्यायोचित वितरण र संगठनलाई दृढतापूर्वक अगाढि बढाउने कार्यका लागि जिल्लामा उपयुक्त पात्र म नै हुँ । ईच्छा शक्तिले मात्रै हुंदैन पार्टीलाई गतिशील र बलियो बनाउनका लागि ठोस योजना पनि आवश्यक हुन्छ । त्यो मसंग छ।पार्टीलाई विधानसम्मत् संस्थागत निर्णय प्रकृयाद्वारा अगाडि बढाउनु पर्दछ । यिनै महत्वपूर्ण कार्यहरुको सम्पादन र नेता तथा कार्यकर्ताको भावनाको प्रतिनिधित्वका लागि सभापतिमा उम्मेदवारी दिने टुङ्गोमा म पुगेको हुं ।
० अन्त्यमा , सोलुखुम्बु कांग्रेसमा गुटगत कार्यशैली झांगिदै जानुको मुख्य कारण के होला जस्तो लाग्छ यहाँलाई ?
व्यक्तिगत चिन्ता आज नेताहरुको ठूलो कमजोरी बनेको छ। एकल नेतृत्वले राजनीतिक सफलता प्राप्त गर्न सहज छैन। सबै खाले मतभेद र असहमतिलाई एक ठाउँमा राखेर नयाँ ढंगले विधान र विधि अनुशरण गरी एक ढिक्का भएर जानुको विकल्प अब छैन ।नेपालको बर्तमान राजनीतिक परिदृष्यले सामूहिक नेतृत्वको विकासमा जोड दिए जस्तो देखिन्छ । संगै बैचारिक पारदर्शिता पनि आवश्यक छ।यसले आन्तरिक असमझदारीलाई हल गर्न मद्धत पुर्याउंछ।कसैको विषयमा धारणा बनाउनु अगाडि उसको विगत बुझ्न आवश्यक हुन्छ । अब हामी आफैंले उत्तर खोज्न जरुरी छ कि (प्रेरणादायी ९व्यक्तित्व० नेतृत्व जिल्लामा कोही बन्न सकिएन किनरुयसको विषयमा हामीले पछाडि फर्किएर हेर्नु पर्दैन ? यो कार्यशैलीले हाम्रो जेनेरेशन राजनीतिमा फेल हुने त हैन ? यी प्रश्नहरुको हल गर्नका लागि लोकतान्त्रिक पार्टीभित्रको हाम्रो अन्तरसंघर्षलाई विधि, विचार र कार्यक्रमसंग जोड्नु पर्छ ।
आजको प्रश्न पद्दतिको हो, प्रश्न संस्कारको हो, प्रश्न प्रबृतिको हो, प्रश्न व्यक्तिवादी चरित्रको नै हो । यसमा आमूल सुधार गर्नु पर्छ ।
ताजा
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवार
महावीर पुन मन्त्री बन्दै
२०८३ जेष्ठ २६ गते, मंगलवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवार
हामी र हाम्रो कृति समाजको २५औँ कृति मीरा न्यौपाने गजुरेलको मुक्तकसङ्ग्रह ‘मधुरिमा’ सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





