गण्डकी प्रदेश प्रमुखमा अमिक शेरचनलाई सिफारिस गर्ने माओवादीको निर्णय
२०७८ श्रावण १२ गते, मंगलवार
काठमाडौं । गण्डकी प्रदेश प्रमुखमा नेकपा (माओवादी केन्द्र)ले अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले शेरचनलाई गण्डकी प्रदेशका लागि पठाउने निर्णय गरेको माओवादी केन्द्रका स्थायी कमिटि सदस्य लिलामणी पोखरेलले जानकारी दिए ।
नेकपा एकता बदर गरी एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसलापछि केपी ओली नेतृत्वको सरकारले शेरचनलाई पदमुक्त गर्दै वैशाख २० गते सीता कुमारी पौडेललाई नियुक्ति गरेको थियो । नयाँ सरकारले ओली सरकारले गरेका नियुक्ति बदर गरेर नयाँ नियुक्ति गर्न आँटेका बेला सत्तासाझेदार माओवादीले उनीहरूलाई पुरानै जिम्मेवारीमा पठाउने निर्णय गरेको हो ।
177 Views