गान्धी स्कुलको आन्दोलन थप कडा बन्दै

२०७८ श्रावण ४ गते, सोमबार

काठमाण्डौ । विद्यालयको विषयमा मेयरले गरेका गलत निर्णय फिर्ता नभएसम्म आन्दोलन नछोड्ने दावी आन्दोलनरत पक्षको छ । नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगरपालिका वडा नं नौ इकाईको आयोजनामा शुरु भएको सप्ताहब्यापी आन्दोलनको तेश्रो दिन आज पनि विद्यालय क्षेत्रमा मेयर विरुद्ध धर्ना र विरोध आयोजना गरियो । विरोध कार्यक्रममा बोल्दै इकाई सभापति अनिल थापाले आफुहरु वार्ताको लागी सधै तयार भएपनि मेयरले मनोमानी ढंगबाट निर्णय गरेर मुठभेड निम्त्याउन खोजेको आरोप लगाए । उनले भने ‘ अनावश्यक रुपमा र गैर कानुनी रुपमा शिक्षा ऐन संसोधन गरेर ब्यवस्थापन समिति विघटन गर्न खोज्ने, प्रधानाध्यापकलाई गैर कानुनी रुपमा हटाएर आफनो कार्यकर्तालाई जागिर दिन खोज्ने मेयरको हर्कत विरुद्ध हामी उत्रेका हौ । विधानसम्मत काम गर्नुहोस हामी सहयोग गर्छौ । अन्यथा हामी तपाईको विरुद्धमा सधै रहन्छौ । ’
उनले भने ‘ मेयरले विद्यालयका बारेमा गरेका भ्रामक सुचनाका विषयमा संचार माध्यमहरुले समेत सत्य तथ्य पुष्टि गर्नु पर्ने अवस्था आएको छ । मेयरले संचार माध्यममा विद्यालयको खाता र प्रधानाध्यापकको विषयमा दिएको भ्रामक अभिब्यक्ति पुष्टि गर्न पनि म चुनौति दिन चाहान्छु । ’
आइतवारको विरोध कार्यक्रममा स्थानिय अभिभावक, विभिन्न राजनैतिक दलका नेता र कार्यकर्ता तथा पूर्व विद्यार्थीहरुको समेत बाक्लो उपस्थिति थियो । सो विद्यालयका प्रधानाध्यापक गणेश चन्दले नगरपालिकाले वैधानिक निर्णय गरे आफुलाई मान्य हुने बताए । उनले भने‘ विधिसम्मत जो प्रधानाध्यापक आए म ससम्मान छाड्न र उहाँलाई स्वागत गर्न तयार छु । यत्रो बर्षदेखी आर्जन गरेको सम्मान गुमाएर म कसरी स्कुल छाडेर हिड्नु, मेयरले म माथी अन्याय गरे । यसमा मलाई दुख लागेको छ । ’ सो विद्यालयको ब्यवस्थापन समितिका सदस्य तथा नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ का इकाई सभापति भिम थापाले मेयरले विगत देखी अहिलेसम्म एक पछि अर्को गर्दै गैर कानुनी काम गरेको आरोप लगाए । उनले भने ‘ विद्यालयलाई राजनीति गर्ने र आफनो गुटको कार्यकर्ता पोस्ने थलो बनाउन खोज्नु गलत हो । ’
विद्यालय ब्यवस्थापन समितिका पूर्व सदस्य तथा समाजसेवी सानुभाई थापा (ओम गुन्जा)ले मेयरको हर्कतले आफुलाई पनि चकित पारेको बताए । उनले भने ‘ नाताले मेरो आफनै भतिज मेयरबाट यस्तो काम होला भन्ने लागेको थिएन, मलाई पनि दुख लाग्यो । बेलैमा गलत निर्णय सच्च्याउन म मेयर थापालाई आग्रह पनि गर्न चाहान्छु । ’
सप्ताहब्यापी आन्दोलन अन्तर्गत सोमबार पनि विहान ९ बजेदेखी विरोध कार्यक्रम गरिने आयोजकहरुले जनाएका छन् । सोमवार विहान स्थानिय अभिभावक र स्थानिय बासिन्दाको उपस्थितिमा विरोध कार्यक्रम गरिने सभापति थापाले जानकारी दिए । विरोध कार्यक्रममा स्थानिय बासिन्दाले दिएको समर्थनले आफु उत्साही भएको पनि थापाले जनाए ।

225 Views

ताजा

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने

२०८२ बैशाख १५ गते, सोमबार

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने

२०८२ बैशाख १५ गते, सोमबार

सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल

२०८२ बैशाख १५ गते, सोमबार

झडपमा परी ६३ जना शिक्षकहरू घाइते

२०८२ बैशाख १४ गते, आईतवार

ओली नेतृत्वको सरकार अहिले ढल्न हुँदैन, हामीलाई अझै गिरेको हेर्नुछः मनिष झा

२०८२ बैशाख १४ गते, आईतवार

सांसद राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

२०८२ बैशाख १४ गते, आईतवार

अभिनेत्री अरुणिमा लम्सालद्वारा श्रीमान श्रेष्ठविरुद्ध सम्बन्धविच्छेद र सम्पत्ति बाँडफाँडको मुद्दा दायर

२०८२ बैशाख १४ गते, आईतवार

गगन थापाप्रति दया लागेको प्रधानमन्त्री ओलीको टिप्पणी, ‘विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म’को आरोप प्रमाणित गर्न चूनौति

२०८२ बैशाख १४ गते, आईतवार

सत्ता समिकरण फेरबदल नहुने देउवाको प्रतिक्रिया

२०८२ बैशाख १२ गते, शुक्रबार

सरकार परिवर्तनको न्यूज हेरेर हामी आँफै छक्क पर्यौंः आरजु राणा

२०८२ बैशाख १२ गते, शुक्रबार

वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल

२०८२ बैशाख १२ गते, शुक्रबार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal