बजेटलाई केहि संशोधन गर्नुपर्छः पूर्वगर्भनर नेपाल

२०७८ श्रावण ३ गते, आईतवार

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा. चिरंजीवि नेपाल र दिपेन्द्र बहादुर क्षेत्रीले नयाँ सरकारले पूर्ण बजेट ल्याउनुपर्ने बताउनुभएको छ । सरकारको बजेटमा भन्दा नेपाल राष्ट्र बैंकको नीतिमा नागरिकको विश्वास हुने भएका कारण वित्तीय स्थायीत्वमा केन्द्रीय बैंक अडिक हुनुपर्नेमा उहाँहरुको जोड छ । मिडिया इन्टरनेसनलले ‘पुनरुत्थानसँगै र सवल अर्थतन्त्र’ विषयमा गरेको वेवीनार कार्यक्रममा पूर्व गर्भनर डा. चिरंजीवि नेपालले केपी ओली सरकारले अध्यादेश मार्फत ल्याएको बजेटलाई देउवा सरकारले समयअनुकुल संशोधन गर्नुपर्ने बताउनुभयो ।
उहाँले केपी ओली सरकारले ल्याएको बजेटलाई अहिलेको सरकारले एसेप्ट गर्छ भन्ने आफुलाई विश्वास नलागेको बताउनुभयो ।
राजनीतिक स्थिरता नभएको अवस्थामा सरकार परिवर्तन भएको र बजेट अध्यादेशबाट आएको कारण अहिलेको सरकार बजेट कार्यान्वयन गर्न सक्ने स्थितिमा नपुगेको उहाँको भनाइ छ । बजेटमा केहि संशोधन गरेर खर्चलाई कटौती गर्दै लैजान आवश्यक रहेको नेपालले बताउनुभयो ।
सरकारले राहतको प्याकेज ल्याउनुपर्नेमा उहाँको जोड छ । राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिबाट नभई सरकारले नै राहत ल्याउनुपर्ने उहाँले बताउनुभयो ।
मौद्रीक नीति स्थायीत्व, मुद्रा स्फितीलाई हेर्ने खालको हुनुपर्ने भन्दै पूर्व गभर्नर नेपालले अघिल्लो सालको मौद्रिक नीतिले सहज रुपमा काम गरेको बताउनुभयो ।
उहाँले संसारका सबै देशले बजेटले स्वास्थ्य र आर्थिक पुनस्र्थापनका प्याकेजहरु ल्याएको भन्दै नेपालले मात्रै स्वास्थ्य र आर्थिक पुनस्र्थापनाका प्याकेज ल्याउन नसकेको बताउनुभयो ।
बजेटले अर्थतन्त्रलाई टेवा दिन र निम्नवर्गदेखि व्यवसायीसम्मलाई आत्मबल बढाउन नसकेको उहाँको भनाइ छ ।

उहाँले केन्द्रीय बैंकले बैंकिङ कोरोबार गर्ने नभइ बैंकिङ नियमन र सुपरिवेक्षण गरेर निक्षेपलाई सुरक्षित बनाउने काम भएको हुँदा मानिसले केन्द्रीय बैंकबाट धेरै अपेक्षा गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी कहाँ मात्र केन्द्रीय बैंकले पुनर्कर्जा दिने प्रचलन छ, यसले पुनर्कर्जा दिने नभई वित्तीय स्थायीत्वका लागि बैंक र वित्तीय संस्थालाई नियमन र सुपरिवेक्षण गर्दै सुरक्षित बनाएर लैजाने हो ।’ उहाँले केन्द्रीय बैंकले बैंकहरु डुब्न लाग्यो भने रेस्क्यु गरेर लैजानुपर्ने बताउनुभयो ।
बैंकमा मान्छेले विश्वास गर्नुको कारण वित्तीय स्थायीत्वको कारण रहेको भन्दै उहाँले केन्द्रीय बैंकले मुद्रा स्फितीलाई रोक्ने काममा जिम्मेवार हुनुपर्ने बताउनुभयो । राम्रो पोलिसी भएकै कारण केन्द्रीय बैंक केहि वर्षदेखि मजबुँद हुँदै गएको उहाँको भनाइ छ ।
प्रोटेक्सनसहित यसले टेवा दिन्छ र कन्टिन्युटि हुन्छ भन्ने संसारभरी सोचाइ रहेका कारण बजेटमा भन्दा केन्द्रीय बैंकमा मान्छेले बढी विश्वास भएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘बजेटले प्राटेक्सन गर्दैन, केन्द्रीय बैंकले वित्तीय क्षेत्रलाई प्रोटेक्सन गर्ने र अर्थतन्त्रलाई पनि अगाडि बढाउने दायित्व निर्वाह गर्छ, त्यसकारण यो अत्यन्त सेन्सेटिभ हुन्छ ।’
उहाँले केन्द्रीय बैंकले गर्ने हरेक नीति लङट्रम र इफेक्टिभ हुने बताउनुभयो । उहाँले नागरिक लगानी कोष, सञ्चय कोष लगायतमा भएको पैसाको फ्लोमा केन्द्रीय बैंकले नियमन र सुपरीवेक्षण गर्न नसकेको भन्दै त्यो क्षेत्र पनि नियमन र सुपरिवेक्षणभित्र आउनुपर्ने बताउनुभयो ।
सोही कार्यक्रममा नेपाल राष्ट्र बैंकका अर्का पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारले सर्वस्वीकार्य बजेट ल्याउनुपर्ने बताउनुभएको छ ।
मिडिया इन्टरनेसनलले आयोजना गरेको ‘पुनरुत्थान र सवल अर्थतन्त्र’ विषयक भर्चुअल कार्यक्रममा पूर्व गभर्नर क्षेत्रीले केपी ओली नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको बजेट भएकाले अहिलेको सरकारले आफ्नो हिसावले बजेट ल्याउन सक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘देउवा सरकारले सर्वस्वीकार्य बजेट ल्याउनुपर्छ ।’ त्यसैगरी राष्ट्रिय गौरवका आयोजनाहरु विगत सातआठ वर्षदेखि सफल हुन नसकेको भन्दै यसलाई पनि अबको बजेटले समेटेर लैजानुपर्ने उहाँको भनाइ छ ।
केपी ओली सरकारले गत जेठ १५ गते अध्यादेशमार्फत ल्याएको १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेटले चालु खर्च समेत धान्न सक्ने स्थिति नरहेको अर्थविद् क्षेत्रीले बताउनुभयो ।
बैंकसँग रहेको रकम सरकारले सापटी नलिएको भए नीजि क्षेत्रमा रकम जाने उहाँको भनाई छ ।
अहिले राजश्व नीति आयतमुखी रहेको भन्दै उहाँले बजेटले आयतका लागि प्रश्रय दिएको बताउनुभयो ।
उहाँले नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिले उपयुक्त किसिमका योजनाहरु ल्याउने अपेक्षा गर्नुभयो ।
कोभिडबाट उद्योग धन्दामा परेको असरलाई नयाँ मौद्रीक नीतिले समेट्नुपर्ने अर्थविद् क्षेत्रीको भनाइ छ । उहाँले अर्थमन्त्रालय, राष्ट्र बैंक र उद्योग व्यवसायीबीच ट्रान्सफोर्स बनाएर अगाडी बढ्न आवश्यक रहेको बताउनुभयो ।
मौद्रिक नीतिले मुद्रा स्फीतिलाई नियन्त्रण गर्नुपर्ने भन्दै मौद्रिक नीतिले तारतम्मे मिलाएर अगाडी बढ्न पनि उहाँले सुझाव दिनुभयो ।

309 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal