मेयर थापाविरुद्ध कांग्रेस आन्दोलित

२०७८ श्रावण ३ गते, आईतवार

काठमाण्डौ । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापाले गान्धी आदर्श माध्यामिक विद्यालयमा अनावश्यक राजनैतिक हस्तक्षेप गर्न खोजेको भन्दै नेपाली कांग्रेस विरोधमा उत्रिएको छ । नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ इकाईले गान्धी स्कुलमा भएका पछिल्ला घटनाक्रमलाई लिएर विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । यसै क्रममा शुक्रवार विहान इकाईको आयोजनामा गान्धी स्कुलको प्राङगणमा विरोध कार्यक्रमको आयोजना गरियो ।
सो इकाईका सभापति अनिल थापाका अनुसार मेयर थापाले शिक्षा ऐनलाई गैर कानुनी रुपमा संसोधन गर्दै विद्यालय ब्यवस्थापन समिति विघटन गर्ने र प्रधानाध्यापकलाई समेत हटाउने खेलो गरेको आरोप लगाए । गान्धी आदर्श माध्यामिक विद्यालयको ब्यवस्थापन समिति दुई बर्ष अगाडी तिनै थापाको समर्थनमा गठन गरिएको थियो । सो विद्यालयको ब्यवस्थापन समितिका अध्यक्ष राधेश्याम खड्का हुन् । उनको कार्यकाल अझै एक बर्ष बाँकी छ । विद्यालयमा पत्र प्राप्त नभएपनि नगरपालिकाले विज्ञप्ती मार्फत ब्यवस्थापन समिति विघटन गरिएको जनाएको छ । विद्यालयका प्रधानाध्यापक गणेश चन्दलाई समेत हटाएको भन्ने अपुष्ट जानकारी बाहिर आएको छ । नेकपा एमालेको पनि एक निश्चित गुटका कार्यकर्तालाई जागिर दिनका लागी प्रधानाध्यापक चन्दलाई हटाउन मेयरले चलखेल गरेको आरोप थापाको छ । उनले भने‘ विद्यालयमा राजनैतिक हस्तक्षेप गर्न खोज्ने कुनै पनि क्रियाकलापलाई हामी छाडदैनौ, हामी जस्तो सुकै आन्दोलन गर्न पनि तयार छौ । त्यसैले आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी मेयर थापाले लिनुपर्छ । ’
इकाई सभापति थापाले भने‘ मेयरले संचार माध्यमहरुको समेत दुरुपयोग गरी विद्यालयका बारेमा भ्रामक र कपोल्कपित सुचना दिनु भएको छ । जनतालाई मात्र होइन संचार माध्यमलाई समेत गुमराहमा राख्ने दुस्साहस मेयरले गर्नुभयो । उहाँलाई झुटको खेती गर्न निकै आउने रहेछ । ’ उनले भने ‘ मेयरले विद्यालयका बारेमा गरेका भ्रामक सुचनाका विषयमा संचार माध्यमहरुले समेत सत्य तथ्य पुष्टि गर्नु पर्ने अवस्था आएको छ । त्यसैले त्यो विषयमा अनुसन्धान गरिदिनु होला । ’


सो इकाईले एक सातासम्म विद्यालय क्षेत्रमा विरोधका कार्यक्रम संचालन गर्ने घोषणा पनि गरेको छ । विरोध कार्यक्रमबाट पनि समस्या सम्बोधन नभए कडा आन्दोलन गर्ने पनि सभापति थापाले जानकारी दिए । मेयरले विद्यालयका बारेमा गरेका सवै निर्णय तत्काल फिर्ता लिनु पर्ने माग उनीहरुको छ । यता मेयर थापाले भने कुनै पनि हातलमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राधेश्याम खड्का र प्रधानाध्यापक चन्दलाई हटाएरै छाड्ने बताएका छन् । मेयर थापा विरुद्ध शुरुवात देखी नै नेपाली कांग्रेसले आन्दोलन गर्दै आएको थियो । तर मेयर थापाले कांग्रेसले उठाएका कुनै पनि एजेन्डालाई लिएर सकारात्मक बनेका छैनन् ।

342 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal