आधुनिक फुटबलको भविष्य बदल्ने इङ्ल्याण्ड र जर्मनीबीचको त्यो खेल

२०७८ असार १३ गते, आईतवार

एजेन्सी

फुटबलमा प्रतिद्वन्द्वीको चर्चा हुँदा इङ्ल्याण्ड र जर्मनीको नाम पनि आउने गर्दछ । दुई टोलीबीचको खेलले धेरै सम्झनलायक पलहरु दिएका छन् । यूरो २०२० को क्वार्टरफाइनलमा स्थान बनाउनका लागि मङ्गलबार दुई टोलीले यस प्रतिद्वन्द्वीतामा नयाँ अध्याय थप्ने छन् । सन् २०१४ को विश्व विजेता जर्मनी पछिल्ला वर्षहरुमा इङ्ग्ल्याण्डमाथि हाबी हुँदै आएको छ । तैपनि फुटबल फ्यानहरुले यो खेललाई निकै रुचीका साथ पर्खिरहेका छन् ।

इङ्ग्ल्याण्डका फ्यानहरुले पक्कै पनि सन् २०१० को विश्वकपमा दुई टोलीबीच भएको खेल सम्झन चाहनन् । दक्षिण अफ्रिकाको ब्लोएमफोन्टिएनमा भएको खेलमा जर्मनी ४–१ ले विजयी भएको थियो । जे नतिजा आए पनि उक्त खेलले सदाका लागि फुटबलको भविष्य बदलेको थियो ।

उक्त खेललाई फ्रांक लाम्पार्डको ‘घोष्ट गोल’ का लागि सम्झिने गरिन्छ । त्यही गोलका कारण आधुनिक फुटबलमा गोल लाइन प्रविधिको सुरुवात भएको थियो ।

खेलमा जर्मनीले २–१ को अग्रता लिइरहेको अवस्थामा इङ्ग्लिस मिडफिल्डरले गोलकिपर म्यानुअल नुयरलाई चिप गर्दै टोलीका लागि बराबरी गोल गरेको सोचेका थिए । क्रसबारमा लाग्दै बलले गोल लाइन पार पनि गर्यो । तर खेल अफिसियलले त्यसलाई देखेनन् र गोल दिएनन् । अन्ततः खेल इङ्ग्ल्याण्डले गुमायो ।

उक्त गल्तीका कारण इङ्ग्ल्याण्डमा फिफाको निकै आलोचना भयो । फुटबलको नियामक निकाय माफी माग्न बाध्य भयो भने खेलमा गोल लाइन प्रविधिका लागि ढोका खुल्यो ।

सन् २०१४ को विश्वकपमा फिफाले गोललाइन प्रविधि लागू गरिसकेको थियो भने सन् २०१८ को संस्करणमा आइपुग्दा अझ उन्नत भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) को प्रयोग गरिएको थियो ।

‘यसले खेलमा सकारात्मक परिवर्तन गर्यो,’ लाम्पार्डले भनेका थिए, ‘गोल लाइन प्रविधि खेलका लागि सकारात्मक कदम हो ।’

स्रोत : सिएनएन

509 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal