आधुनिक फुटबलको भविष्य बदल्ने इङ्ल्याण्ड र जर्मनीबीचको त्यो खेल

२०७८ असार १३ गते, आईतवार

एजेन्सी

फुटबलमा प्रतिद्वन्द्वीको चर्चा हुँदा इङ्ल्याण्ड र जर्मनीको नाम पनि आउने गर्दछ । दुई टोलीबीचको खेलले धेरै सम्झनलायक पलहरु दिएका छन् । यूरो २०२० को क्वार्टरफाइनलमा स्थान बनाउनका लागि मङ्गलबार दुई टोलीले यस प्रतिद्वन्द्वीतामा नयाँ अध्याय थप्ने छन् । सन् २०१४ को विश्व विजेता जर्मनी पछिल्ला वर्षहरुमा इङ्ग्ल्याण्डमाथि हाबी हुँदै आएको छ । तैपनि फुटबल फ्यानहरुले यो खेललाई निकै रुचीका साथ पर्खिरहेका छन् ।

इङ्ग्ल्याण्डका फ्यानहरुले पक्कै पनि सन् २०१० को विश्वकपमा दुई टोलीबीच भएको खेल सम्झन चाहनन् । दक्षिण अफ्रिकाको ब्लोएमफोन्टिएनमा भएको खेलमा जर्मनी ४–१ ले विजयी भएको थियो । जे नतिजा आए पनि उक्त खेलले सदाका लागि फुटबलको भविष्य बदलेको थियो ।

उक्त खेललाई फ्रांक लाम्पार्डको ‘घोष्ट गोल’ का लागि सम्झिने गरिन्छ । त्यही गोलका कारण आधुनिक फुटबलमा गोल लाइन प्रविधिको सुरुवात भएको थियो ।

खेलमा जर्मनीले २–१ को अग्रता लिइरहेको अवस्थामा इङ्ग्लिस मिडफिल्डरले गोलकिपर म्यानुअल नुयरलाई चिप गर्दै टोलीका लागि बराबरी गोल गरेको सोचेका थिए । क्रसबारमा लाग्दै बलले गोल लाइन पार पनि गर्यो । तर खेल अफिसियलले त्यसलाई देखेनन् र गोल दिएनन् । अन्ततः खेल इङ्ग्ल्याण्डले गुमायो ।

उक्त गल्तीका कारण इङ्ग्ल्याण्डमा फिफाको निकै आलोचना भयो । फुटबलको नियामक निकाय माफी माग्न बाध्य भयो भने खेलमा गोल लाइन प्रविधिका लागि ढोका खुल्यो ।

सन् २०१४ को विश्वकपमा फिफाले गोललाइन प्रविधि लागू गरिसकेको थियो भने सन् २०१८ को संस्करणमा आइपुग्दा अझ उन्नत भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) को प्रयोग गरिएको थियो ।

‘यसले खेलमा सकारात्मक परिवर्तन गर्यो,’ लाम्पार्डले भनेका थिए, ‘गोल लाइन प्रविधि खेलका लागि सकारात्मक कदम हो ।’

स्रोत : सिएनएन

400 Views

ताजा

अविरल र एलिना चौहानको स्वरमा ‘पुतली’ भाइरल हुँदै

२०८२ जेष्ठ ३० गते, शुक्रबार

अविरल र एलिना चौहानको स्वरमा ‘पुतली’ भाइरल हुँदै

२०८२ जेष्ठ ३० गते, शुक्रबार

एयर इन्डिया दुर्घटनाः कम्तीमा २९० को मृत्यु

२०८२ जेष्ठ ३० गते, शुक्रबार

अनेरास्ववियु निर्वाचनः अध्यक्षमा कडरिया निर्वाचित

२०८२ जेष्ठ ३० गते, शुक्रबार

इजरायलद्वारा इरानमाथि आक्रमण, इजरायलमा आपतकालीन अवस्था घोषणा

२०८२ जेष्ठ ३० गते, शुक्रबार

तीनकुने घटनाः दुर्गा प्रसाईँसहित ७ जना पुर्पक्षका लागि थुनामा

२०८२ जेष्ठ ३० गते, शुक्रबार

नेपाल सोतोकान कराते डो संघ SKDUN का खेलाडीहरु मलेसिया प्रस्थान

२०८२ जेष्ठ २९ गते, बिहीबार

कृषकहरुलाई मल, बिउ सहज रुपमा उपलब्ध गराउन परिवार दलको माग

२०८२ जेष्ठ २५ गते, आईतवार

राजन लम्साल लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपाल “आइडी इन्डोर्सी” पदमा विजय

२०८२ जेष्ठ २५ गते, आईतवार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

संकल्पको “झुठै भएनी” मा सागर र मनिषाको अन्स्क्रिन प्रेम (भिडिओ)

२०८२ जेष्ठ २४ गते, शनिबार

लोकप्रिय

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal