स्वास्थ्य सामग्री लिएर गाउँगाउँ पुग्ने सांसद दवाडी को हुन् ?

काठमाडौं । ‘मेरो राजनीति समाजकै टेवाका लागि, मेरो राजनीति तपाइहरुकै सेवाका लागि’ भन्ने नारा बनाएर राजनीतिसँगै समाजसेवामा लागेका गोरखाको क्षेत्र नम्बर २ को ९२० नम्बरबाट निर्वाचित नेपाली कांग्रेसका सांसद प्रकाशचन्द्र दवाडी अहिले धेरैजसो समय आफ्नै निर्वाचन क्षेत्रमा हुन्छन् । कोरोना भाइरसका कारण नागरिकमा समस्या परेपछि उनी जनताको लागि के गर्न सकिन्छ भनेर सधैं चिन्तित रहँदै आएका छन् ।
संसद वैठक हुँदा पोखरा जाने, कहिलेकाँही आवश्यक काम परे काठमाडौं आउनेबाहेक उनको दैनिकी गाउँघरतिर नै बित्ने गरेको छ । उनले कोरोनाको कारण त्रासमा रहेर पीसीआर चेक नगरेका नागरिकलाई पनि सचेतना जगाएर परीक्षण गर्न लगाएका छन् । ‘कोरोना लागिगयो भने के गर्ने होला भनेर उहाँहरु डराउनुभयो, जे पर्छ म गर्छु तपाइहरु चिन्ता नमान्नुहोला भनेपछि उहाँहरु परीक्षण गराउन थाल्नुभयो’ उनले भने ‘केही दिन खुट्टामा समस्या भएकाले मैले रेस्ट गरें त्यतिबेला ठूलो समस्या भएछ जिल्लामा, कोरोना संक्रमण दर बढ्यो नागरिकमा सचेतना जगाउन आवश्यक छ भनेपछि खुट्टो निको नभए पनि हतारहतार गाउँ गएँ ।’ उनले सचेतनासँगै नागरिकलाई यो बेला चाहिने आवश्यक सामग्री वितरण गर्दै आएका छन् । उनले दैनिकी नचलेका परिवारका लागि आफ्नो तर्फबाट आर्थिक सहयोग पनि गरेका छन् ।
उनले सिरान्चोक गाउँपालिक ३ हर्मी, सिरान्चोक–२ थालाजुङ, अजिरकोट गाउँपालिका अन्य वडाहरु, बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर ३ खार्चोक भञ्ज्याङ्, वडा नम्बर ४ सौरपानी, वडा नम्बर– ८ पन्द्रुङको स्वास्थ्य चौकीहरुमा अक्सिजन कन्सन्टेटर मेसिनसहित स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएका छन् । उनले जनताको पीडाले आफूलाई छोएको भन्दै थपे ‘जनताले मैले केही गर्छु भनेर नै मतदान गर्नुभएको हो त्यसैले पनि उहाँहरुको हरेक दुःखमा पुगेर मल्हम लगाउने प्रयास गरिरहेको छु ।’ उनले केही थान अक्सिजन कन्सन्टेटर मेसिनहरु उपलब्ध गराइदिनु भएकोमा सहयोगी मनका धनी डा।शितल अधिकारी, प्रताप देवकोटा, बिनोद ढकालप्रति आभारसमेत व्यक्त गरेका छन् ।
उनले गाउँघरमा कापी किताव अभावका कारण पढ्न नपाएका विद्यार्थीलाई शैक्षिक सामग्री पनि किनिदिएका छन् । आफ्नै खर्चबाट विभिन्न क्लव र आमा समूहलाई पनि सामूहिक कामको लागि आर्थिक सहयोग गर्न पनि उनी पछि परेका छैनन् । केही समयअघि सांसद दवाडीले बारपाक सुलिकोट गाउँपालिका ३ गमबाङको एक परिवारलाई खाद्यान्न र बालबालिकालाई कलम कापी सहयोग गरेका छन् । ‘पेटभरि खान नपाएर उनका लालाबाला भोकले रातभरि रोएरै बिताउँछन् भन्ने खवरले असहय पीडा भयो’ उनले फेसबुक स्टाटसमा लेखेका छन् ‘आर्थिक अभावका कारण ती बालबालिका कापीकलम नलिइकन स्कुल जाने गरेका छन् भन्ने सुनेपछि भावुक भएँ । हुन त यति थोरै सहयोगले उनीहरुको दुःख मेटिँदैन, तैपनि आफूले जे जति सक्छु त्यति नै सहयोग गर्छु भन्ने लाग्यो ।’
सांसद दवाडी धेरैजसो समय जनतामाझ नै रहने गर्छन् । ‘मलाई जनताले यसै क्षेत्रको विकास गर्न भनेर जिताएका हुन् त्यसैले यो ठाउँ छोड्न मन लाग्दैन’ उनले भने ‘ सानो दुःखमा पनि सहयोग गर्नुपर्छ भन्ने मेरो अभियान हो, मैले केही सहयोग गर्दा हुन्छ भने म पछि हट्दिँन ।’ उनले केही समयअघि गोरखाको पालुङटार नगरपालिकाको सिस्नेरी पुगेर स्व। शिवराम विश्वकर्माको परिवारलाई किरियाखर्च हस्तान्तरण गरेका छन् । उनले विश्वकर्माको परिवारलाई ७ हजार रुपिँया हस्तान्तरण गरेका हुन् । सांसद दवाडीले खर्चको अभावमा समयमा नै उपचार गर्न नसकेर उनको ज्यान गएको पनि जनाएका छन् । उनले आफ्नो जीवन नै समाजसेवाका लागि समर्पित गरिसकेको पनि स्पष्ट पारेका छन् ।
दवाडी गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको प्रवक्ता पनि हुन् ।


ताजा

माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप
२०८१ चैत्र ४ गते, सोमबार
माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप
२०८१ चैत्र ४ गते, सोमबार
प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने सक्ने तागत एमाले–कांग्रेसमा छः दयाल बहादुर शाही
२०८१ चैत्र ४ गते, सोमबार
सुन्दा अचम्मः सिङ्गो दलित परिवार नै नागरिकताविहीन
२०८१ चैत्र ४ गते, सोमबार
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा
२०८१ चैत्र ४ गते, सोमबार
फूल बिक्री गरेरै मासिक दुई लाख रुपैयाँ आम्दानी
२०८१ चैत्र ४ गते, सोमबार
श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन
२०८१ चैत्र ४ गते, सोमबार
धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते
२०८१ चैत्र ३ गते, आईतवार
समाजवादी मोर्चाले चैत १५ गते जनप्रदर्शन गर्ने
२०८१ चैत्र ३ गते, आईतवार
लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर
२०८१ चैत्र ३ गते, आईतवार
प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक
२०८१ चैत्र ३ गते, आईतवारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार