स्वास्थ्य सामग्री लिएर गाउँगाउँ पुग्ने सांसद दवाडी को हुन् ?
काठमाडौं । ‘मेरो राजनीति समाजकै टेवाका लागि, मेरो राजनीति तपाइहरुकै सेवाका लागि’ भन्ने नारा बनाएर राजनीतिसँगै समाजसेवामा लागेका गोरखाको क्षेत्र नम्बर २ को ९२० नम्बरबाट निर्वाचित नेपाली कांग्रेसका सांसद प्रकाशचन्द्र दवाडी अहिले धेरैजसो समय आफ्नै निर्वाचन क्षेत्रमा हुन्छन् । कोरोना भाइरसका कारण नागरिकमा समस्या परेपछि उनी जनताको लागि के गर्न सकिन्छ भनेर सधैं चिन्तित रहँदै आएका छन् ।
संसद वैठक हुँदा पोखरा जाने, कहिलेकाँही आवश्यक काम परे काठमाडौं आउनेबाहेक उनको दैनिकी गाउँघरतिर नै बित्ने गरेको छ । उनले कोरोनाको कारण त्रासमा रहेर पीसीआर चेक नगरेका नागरिकलाई पनि सचेतना जगाएर परीक्षण गर्न लगाएका छन् । ‘कोरोना लागिगयो भने के गर्ने होला भनेर उहाँहरु डराउनुभयो, जे पर्छ म गर्छु तपाइहरु चिन्ता नमान्नुहोला भनेपछि उहाँहरु परीक्षण गराउन थाल्नुभयो’ उनले भने ‘केही दिन खुट्टामा समस्या भएकाले मैले रेस्ट गरें त्यतिबेला ठूलो समस्या भएछ जिल्लामा, कोरोना संक्रमण दर बढ्यो नागरिकमा सचेतना जगाउन आवश्यक छ भनेपछि खुट्टो निको नभए पनि हतारहतार गाउँ गएँ ।’ उनले सचेतनासँगै नागरिकलाई यो बेला चाहिने आवश्यक सामग्री वितरण गर्दै आएका छन् । उनले दैनिकी नचलेका परिवारका लागि आफ्नो तर्फबाट आर्थिक सहयोग पनि गरेका छन् ।
उनले सिरान्चोक गाउँपालिक ३ हर्मी, सिरान्चोक–२ थालाजुङ, अजिरकोट गाउँपालिका अन्य वडाहरु, बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर ३ खार्चोक भञ्ज्याङ्, वडा नम्बर ४ सौरपानी, वडा नम्बर– ८ पन्द्रुङको स्वास्थ्य चौकीहरुमा अक्सिजन कन्सन्टेटर मेसिनसहित स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएका छन् । उनले जनताको पीडाले आफूलाई छोएको भन्दै थपे ‘जनताले मैले केही गर्छु भनेर नै मतदान गर्नुभएको हो त्यसैले पनि उहाँहरुको हरेक दुःखमा पुगेर मल्हम लगाउने प्रयास गरिरहेको छु ।’ उनले केही थान अक्सिजन कन्सन्टेटर मेसिनहरु उपलब्ध गराइदिनु भएकोमा सहयोगी मनका धनी डा।शितल अधिकारी, प्रताप देवकोटा, बिनोद ढकालप्रति आभारसमेत व्यक्त गरेका छन् ।
उनले गाउँघरमा कापी किताव अभावका कारण पढ्न नपाएका विद्यार्थीलाई शैक्षिक सामग्री पनि किनिदिएका छन् । आफ्नै खर्चबाट विभिन्न क्लव र आमा समूहलाई पनि सामूहिक कामको लागि आर्थिक सहयोग गर्न पनि उनी पछि परेका छैनन् । केही समयअघि सांसद दवाडीले बारपाक सुलिकोट गाउँपालिका ३ गमबाङको एक परिवारलाई खाद्यान्न र बालबालिकालाई कलम कापी सहयोग गरेका छन् । ‘पेटभरि खान नपाएर उनका लालाबाला भोकले रातभरि रोएरै बिताउँछन् भन्ने खवरले असहय पीडा भयो’ उनले फेसबुक स्टाटसमा लेखेका छन् ‘आर्थिक अभावका कारण ती बालबालिका कापीकलम नलिइकन स्कुल जाने गरेका छन् भन्ने सुनेपछि भावुक भएँ । हुन त यति थोरै सहयोगले उनीहरुको दुःख मेटिँदैन, तैपनि आफूले जे जति सक्छु त्यति नै सहयोग गर्छु भन्ने लाग्यो ।’
सांसद दवाडी धेरैजसो समय जनतामाझ नै रहने गर्छन् । ‘मलाई जनताले यसै क्षेत्रको विकास गर्न भनेर जिताएका हुन् त्यसैले यो ठाउँ छोड्न मन लाग्दैन’ उनले भने ‘ सानो दुःखमा पनि सहयोग गर्नुपर्छ भन्ने मेरो अभियान हो, मैले केही सहयोग गर्दा हुन्छ भने म पछि हट्दिँन ।’ उनले केही समयअघि गोरखाको पालुङटार नगरपालिकाको सिस्नेरी पुगेर स्व। शिवराम विश्वकर्माको परिवारलाई किरियाखर्च हस्तान्तरण गरेका छन् । उनले विश्वकर्माको परिवारलाई ७ हजार रुपिँया हस्तान्तरण गरेका हुन् । सांसद दवाडीले खर्चको अभावमा समयमा नै उपचार गर्न नसकेर उनको ज्यान गएको पनि जनाएका छन् । उनले आफ्नो जीवन नै समाजसेवाका लागि समर्पित गरिसकेको पनि स्पष्ट पारेका छन् ।
दवाडी गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको प्रवक्ता पनि हुन् ।


ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





