औषधिको विषयमा गलत प्रचार गर्नेलाई कानुनी कारबाही गर्न सांसद् दवाडीको माग

२०७८ जेष्ठ २६ गते, बुधबार

काठमाडौं । गोरखा –२ (ख) बाट निर्वाचित नेपाली कांग्रेसका सांसद प्रकाशचन्द्र दवाडीले औषधीको विषयलाई लिएर आफ्नो चरित्र हत्या गर्ने प्रयास गरिएकोमा आपत्ति जनाएका छन् ।
उनले मंगलबार एक विज्ञप्ती जारी गरी यो राजनीति गर्ने बेला नभएको र जनताको ज्यान बचाउन सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । उनले जेठ २४ मंगलबार गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको सौरपानी र रन्चोक स्वास्थ्य चौकीमा वितरण गरेको औषधीमध्ये केही म्याद गुज्रिएको भेटिएको स्पष्ट पारेका छन् । ती औषधी तत्कालै स्वास्थ्यकर्मी र वडाध्यक्षको रुजुपछि डस्टविनमा फ्यालिएको भए पनि डस्विनबाट निकालेर फोटो खिचेर राजनीतिक स्वार्थ पूरा गर्न सामाजिक सञ्जालमा पोष्ट गरी आफूविरुद्ध भ्रमको खेती फैलाएको बताएका छन् ।
‘गाउँ बाहिर भएका हामीहरुले सल्लाह गरेर स्वास्थ्य चौकीमार्फत औषधी र स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउन थाल्यौं । नागरिकहरु छटपटाईरहेका बेला म पनि चुप बस्न सकिन र उनीहरुको सेवामा खटिएको स्पष्ट गराउन चाहान्छु,’ उनले विज्ञप्तीमा भनेका छन्, ‘देश विदेशमा बसोबास गर्ने विभिन्न सहयोगी मनहरुबाट औषधी संकलन गरी मिति २०७८ जेठ २४ गते बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानीको स्वास्थ्य चौकी र ४ कै रन्चोक स्वस्थ्य चौकी लगायतका स्वास्थ्य संस्थामा औषधि वितरण गरिएको थियो । हतारोमा औषधी किनेर उपलब्ध गराईएकोमा स्वास्थ्यकर्मी र वडाध्यक्षको रोहवरमा रुजु गर्दा दुईवटा स्वास्थ्य चौकीमा वितरण गरिएको केही औषधीहरु म्याद गुज्रिएको पर्न गएको त्यसलाई डिस्पोज गरिसकिएको जानकारी गराउँदछु ।’
‘फालिएको औषधी डस्टविनबाट झिकेर राजनीतिक पूर्वाग्रह राखेर फोटो खिचेर गलत मनसायले सामाजिक सन्जालमा पोष्ट गरिएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेका छन्, ‘जनताको स्वास्थ्यमाथि जानाजान खेलवाड गर्नु अपराध हो । म्याद गुज्रिएको औषधी वितरण गर्नुअघि नै रुजु गरेर डिस्पोज गरिएको छ । राजनीतिक पूर्वाग्रहका आधारमा जनतासामु भ्रम छरेकोमा सम्बन्धित पक्षप्रति खेद प्रकट गर्दै यस्ता भ्रमको पछि नलाग्न सम्पूर्णमा अनुरोध गर्दछु ।’
दवाडीले औषधीहरु घरघरमा नभई स्वास्थ्य चौकीमा वितरण गरिएको बताए । ‘सामाजिक सन्जालमा घरघरमा औषधी वितरण गरिएको भनी कु–प्रचार गरिएको छ । घरमा एउटा पनि औषधी वितरण भएको छैन,’ उनी भन्छन्, ‘भ्रम सिर्जना गर्ने र चरित्र नै हत्या गर्ने मनसायले यसरी गरिएको ‘कु’ प्रचारको घोर विरोध र भत्सर्ना गर्दछु । साथै सम्बन्धित व्यक्तिलाई पक्राउ गरी कानूनी कारबाहीका लागि प्रशासनसँग आग्रह गर्दछु । यो राजनीति गर्ने बेला होईन, जनताको ज्यानको रक्षा गर्ने समय हो ।’ उनले दुखका बेला सहयोगमा जुट्न सबैसँग अपिल पनि गरेका छन् । सांसद दवाडीले कोभिड १९ संक्रमण फैलिन थालेपछि औषधी र स्वास्थ्य सामग्रीहरु गाउँगाउँमा पुगेर स्वास्थ्यकर्मी मार्फत सहयोग गर्दै आएका छन् ।
उनी पछिल्लो समयमा निरन्तर गाउँमै सक्रिय छन् । कोरोना संक्रमण बढ्दै गएपछि जनताको सुरक्षाप्रति आफू चिन्तित भएको बताउँदै उनले संक्रमितको उपचारका लागि पोखरा र काठमाडौं लान सम्भव नभएको पनि जनाएका छन् । उनले नागरिकहरु घरमै बसेर स्वास्थ्यको ख्याल गर्दै आएको र आफ्नो तर्फबाट हर प्रकारको सक्दो सहयोग गर्दै आएको पनि स्पष्ट पारेका छन् ।

302 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal