गुटको राजनीतिमात्र गर्न जानेका ओलीले पार्टी चलाउन सकेनन्– अध्यक्ष पन्त

२०७८ जेष्ठ १६ गते, आईतवार

काठमाडौं । नेकपा एमालेका सर्लाहीका अध्यक्ष रेवती पन्तले एमाले अध्यक्ष केपी शर्मा ओलीले सधैं गुट चलाएकाले पार्टी चलाउन नसकेको आरोप लगाएका छन् ।
पन्तले ओलीले एमाले सक्न खोजेको बताएका छन् । ‘ओलीले पार्टी चलाउन सकेनन्, पहिलेदेखि नै गुटको राजनीति गर्दै आएकाले उनलाई पार्टीको नेतृत्व घाँडो भयो ’ उनले भने ‘ ओली एमाले सिंगो होस् भन्ने नै चाँहदैनन् किनभने उनले एमालेबाट लिनुपर्ने र पाउनुपर्ने सबै पाइसके, अब उनलाई केही मतलव छैन ।’ उनले एमालेलाई यो संकटमा ल्याउने काम पनि ओलीले नै गरेको बताएका छन् । हिजो नेकपा बन्दा जनतामा छाएको विश्वास र आस्थामाथि ओलीले नै प्रहार गरेको पनि उनको दाबी छ ।
पार्टीमा संकट देखिएपछि माधवकुमार नेपालको पक्षमा लागेका उनले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान च्यात्ने काम गरेको आरोप लगाए । ‘दुईजना मिलेर जे पनि गरिरहेका छन्, सिस्टम र संविधान के हो भन्नेतिर उनीहरुको ध्यान गएन, केवल आफ्नो जागिर बचाउनमात्र लागे उनीहरु’ उनले भने ‘ भोलि उनीहरु रहलान् नरहलान् तर संविधानमाथिको प्रहार र पार्टीमाथिको अलोकतान्त्रिक कदमको कुनै दिन हिसावकिताव हुन्छ ।’ सर्वोच्च अदालतले एमाले र नेकपा ९माओवादी केन्द्र० लाई अलग पारिदिएपछि एमालेलाई व्यवस्थित गर्न ओलीको नचाहेको भन्दै थपे ‘ओलीले एमालेलाई गुटको राजनीति गर्ने क्लव बनाए, आसेपासे र अरौटेभरौटेले उनलाई बिगारे, उनी पनि त्यसैमा मख्ख छन् ।’
आफूहरु एमालेको एकतालाई बचाउन सधैं लागिपरेको उनको भनाई छ । ‘नेपाल पक्षलाई पेलेरै जान्छु भन्ने सोचले ओली ओरालो लाग्दैछन्, पार्टी र देश नै मै हुँ भन्ने अहंकारीको कुनै दिन अन्त्य हुन्छ’ उनले भने ‘ एमाले बिग्रेको सबै जिम्मा ओलीले लिनुपर्छ, उनका सल्लाहकार र दलाली गर्नेहरु पनि त्यत्तिकै दोषी छन् ।’

265 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal