गुटको राजनीतिमात्र गर्न जानेका ओलीले पार्टी चलाउन सकेनन्– अध्यक्ष पन्त

काठमाडौं । नेकपा एमालेका सर्लाहीका अध्यक्ष रेवती पन्तले एमाले अध्यक्ष केपी शर्मा ओलीले सधैं गुट चलाएकाले पार्टी चलाउन नसकेको आरोप लगाएका छन् ।
पन्तले ओलीले एमाले सक्न खोजेको बताएका छन् । ‘ओलीले पार्टी चलाउन सकेनन्, पहिलेदेखि नै गुटको राजनीति गर्दै आएकाले उनलाई पार्टीको नेतृत्व घाँडो भयो ’ उनले भने ‘ ओली एमाले सिंगो होस् भन्ने नै चाँहदैनन् किनभने उनले एमालेबाट लिनुपर्ने र पाउनुपर्ने सबै पाइसके, अब उनलाई केही मतलव छैन ।’ उनले एमालेलाई यो संकटमा ल्याउने काम पनि ओलीले नै गरेको बताएका छन् । हिजो नेकपा बन्दा जनतामा छाएको विश्वास र आस्थामाथि ओलीले नै प्रहार गरेको पनि उनको दाबी छ ।
पार्टीमा संकट देखिएपछि माधवकुमार नेपालको पक्षमा लागेका उनले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान च्यात्ने काम गरेको आरोप लगाए । ‘दुईजना मिलेर जे पनि गरिरहेका छन्, सिस्टम र संविधान के हो भन्नेतिर उनीहरुको ध्यान गएन, केवल आफ्नो जागिर बचाउनमात्र लागे उनीहरु’ उनले भने ‘ भोलि उनीहरु रहलान् नरहलान् तर संविधानमाथिको प्रहार र पार्टीमाथिको अलोकतान्त्रिक कदमको कुनै दिन हिसावकिताव हुन्छ ।’ सर्वोच्च अदालतले एमाले र नेकपा ९माओवादी केन्द्र० लाई अलग पारिदिएपछि एमालेलाई व्यवस्थित गर्न ओलीको नचाहेको भन्दै थपे ‘ओलीले एमालेलाई गुटको राजनीति गर्ने क्लव बनाए, आसेपासे र अरौटेभरौटेले उनलाई बिगारे, उनी पनि त्यसैमा मख्ख छन् ।’
आफूहरु एमालेको एकतालाई बचाउन सधैं लागिपरेको उनको भनाई छ । ‘नेपाल पक्षलाई पेलेरै जान्छु भन्ने सोचले ओली ओरालो लाग्दैछन्, पार्टी र देश नै मै हुँ भन्ने अहंकारीको कुनै दिन अन्त्य हुन्छ’ उनले भने ‘ एमाले बिग्रेको सबै जिम्मा ओलीले लिनुपर्छ, उनका सल्लाहकार र दलाली गर्नेहरु पनि त्यत्तिकै दोषी छन् ।’
ताजा

अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य
२०८२ जेष्ठ २ गते, शुक्रबार
अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य
२०८२ जेष्ठ २ गते, शुक्रबार
हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु होः प्रधानमन्त्री ओली
२०८२ जेष्ठ २ गते, शुक्रबार
राजसंस्था र हिन्दूराष्ट्र मान्छु भनेकै कारणले रवीन्द्र मिश्रलाई खोरमा राखिएको छः राजेन्द्र लिङ्देन
२०८२ जेष्ठ २ गते, शुक्रबार
गीतकार सुरेश शिवाकोटीको ‘केलाई हतार’ सार्वजनिक
२०८२ जेष्ठ २ गते, शुक्रबार
सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित मनाइने
२०८२ जेष्ठ २ गते, शुक्रबार
गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’
२०८२ जेष्ठ २ गते, शुक्रबार
‘भेट्छ एप’ निर्माण गरी अष्ट्रेलियामा रहेका नेपालीलाई सघाउदै चितवनका नवीन
२०८२ जेष्ठ २ गते, शुक्रबार
मखनटोलमा आगलागी, एक जनाको मृत्यु
२०८२ बैशाख ३१ गते, बुधबार
दक्षिण कोरिया जाने विद्यार्थीको ‘एनओसी’ सरकारंद्वारा स्थगित
२०८२ बैशाख ३० गते, मंगलवार
रवीन्द्र मिश्रलगायत २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
२०८२ बैशाख ३० गते, मंगलवारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार