किराँतीमा ठूलो पहिरो कर्णजितकोमा स्वागत गहिरो
काठमाडौं । गोपाल किराँती समुहको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा पार्टी परित्याग गर्दै किराँतीको साथ छोड्ने क्रम रोकिएको छैन । किराँती समुहको माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष विनोद उपाध्यायले आजै सामाजिक संजाल आफ्नो फेसबुक वालमा ‘म आजदेखि गोपाल किराँतीको नव आदर्शवादको विरुद्ध संघर्ष गर्दागर्दै वहाँमा कुनै रुपान्तर नपाएपछि उनको साक्षी बन्न इन्कार गरी यो राजीनामा प्रेषित गर्दछ” भनी राजीनामाको घोषणा गरेसँगै उक्त समुहमा ठूलो क्षति पुगेको छ । उपाध्यायको राजीनामाले किराँती समुहमा ठुलो पहिरो गएको छ ।
उपाध्यायले नेपाली कम्युनिस्ट आन्दोलन, माओवादी आन्दोलन र विभिन्न वर्गीय मुक्ति आन्दोलनमा जीवन मरणका साथ दृढता पूर्वक संघर्षरत छन् । प्रचण्डले माओवादी परित्याग गरि एमालेमा विलय भए पश्चात माओवादी केन्द्रको पुनःगठनमा महत्वपूर्ण भूमिका खेल्नु भएका उपाध्याय मधेसी जनसमुदाय लगायत आम उत्पीडित वर्गको मुद्दालाई समेत जोडदार रूपमा उठाउँदै आन्दोलनबाट प्राप्त उपलब्धिहरुको संरक्षण गर्दै क्रान्तिका बाँकी कार्यभार पुरा गर्न अनवरत रुपमा लाग्दै आईरहेको छ । माओवादी केन्द्र पुनर्गठन भई २ वर्ष वितिसक्दा पनि पार्टीलाई चलायमान बनाउन नसकेको, पार्टीलाई सुसुप्त धिमा गतिमा आफ्नै पेरिफेरीमा राख्दै जनता माझ जान नसकेको र मालेमावादी पथप्रदर्शक सिद्धान्त बोकेको पार्टीमा जबर्जस्त विपश्यना ल्याई वैचारिक विचलन आएको भन्दै बहुमत पार्टीको राजनीतिक परिषदले सुध्रिन सुझाब दिंदा पनि नसुध्रिएपछि गत साल पार्टीबाट किराँतीलाई कारबाही गरी पार्टीको तत्कालीन महासचिव कर्णजित बुढाथोकी ूसुशीलू लाई सर्वसम्मतले बौद्ध भेलाबाट अध्यक्षमा निर्वाचित गरेको थियो ।
कर्णजित नेतृत्वको माओवादी केन्द्रले देशमा भैरहेको संसदीय फोहोेरी खेलले गर्दा संसदीय व्यवस्था नै असफल सिद्ध भईसकेको भन्दै राष्ट्रिय राजनीतिक जन(परामर्श सम्मेलन, सर्वदलीय, सर्वपक्षीय राष्ट्रिय सरकार हुँदै वैज्ञानिक समाजवादको मुद्दालाई आफ्नो राजनीतिक एजेन्डा रूपमा जोडदारकासाथ उठाउँदै आईरहेको वर्तमान अवस्थामा यही लाइन सही ठहर गर्दै राजीनामा पश्चात् विनोद उपाध्याय कर्णजित नेतृत्वको माओवादी केन्द्रमा आउने कुरा माओेवादी केन्द्रका उच्च स्रोतले हामीलाई जानकारी गराएको छ । किराँती समुहको माओवादी केन्द्रको केन्द्रीय उपाध्यक्षबाट राजीनामा दिई ठूलो पहिरो ल्याएका विनोद उपाध्यायलाई कर्णजित नेतृत्वको माओवादी केन्द्रमा पनि केन्द्रीय उपाध्यक्षकै भूमिकामा रहने समझदारी भएको पार्टी उच्च स्रोतबाट हामीलाई जानकारी प्राप्त भएको छ । स्मरण रहोस विनोद उपाध्याय २०६३ सालको अन्तरिम सांसद पनि हुन ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





