किराँतीमा ठूलो पहिरो कर्णजितकोमा स्वागत गहिरो
काठमाडौं । गोपाल किराँती समुहको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा पार्टी परित्याग गर्दै किराँतीको साथ छोड्ने क्रम रोकिएको छैन । किराँती समुहको माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष विनोद उपाध्यायले आजै सामाजिक संजाल आफ्नो फेसबुक वालमा ‘म आजदेखि गोपाल किराँतीको नव आदर्शवादको विरुद्ध संघर्ष गर्दागर्दै वहाँमा कुनै रुपान्तर नपाएपछि उनको साक्षी बन्न इन्कार गरी यो राजीनामा प्रेषित गर्दछ” भनी राजीनामाको घोषणा गरेसँगै उक्त समुहमा ठूलो क्षति पुगेको छ । उपाध्यायको राजीनामाले किराँती समुहमा ठुलो पहिरो गएको छ ।
उपाध्यायले नेपाली कम्युनिस्ट आन्दोलन, माओवादी आन्दोलन र विभिन्न वर्गीय मुक्ति आन्दोलनमा जीवन मरणका साथ दृढता पूर्वक संघर्षरत छन् । प्रचण्डले माओवादी परित्याग गरि एमालेमा विलय भए पश्चात माओवादी केन्द्रको पुनःगठनमा महत्वपूर्ण भूमिका खेल्नु भएका उपाध्याय मधेसी जनसमुदाय लगायत आम उत्पीडित वर्गको मुद्दालाई समेत जोडदार रूपमा उठाउँदै आन्दोलनबाट प्राप्त उपलब्धिहरुको संरक्षण गर्दै क्रान्तिका बाँकी कार्यभार पुरा गर्न अनवरत रुपमा लाग्दै आईरहेको छ । माओवादी केन्द्र पुनर्गठन भई २ वर्ष वितिसक्दा पनि पार्टीलाई चलायमान बनाउन नसकेको, पार्टीलाई सुसुप्त धिमा गतिमा आफ्नै पेरिफेरीमा राख्दै जनता माझ जान नसकेको र मालेमावादी पथप्रदर्शक सिद्धान्त बोकेको पार्टीमा जबर्जस्त विपश्यना ल्याई वैचारिक विचलन आएको भन्दै बहुमत पार्टीको राजनीतिक परिषदले सुध्रिन सुझाब दिंदा पनि नसुध्रिएपछि गत साल पार्टीबाट किराँतीलाई कारबाही गरी पार्टीको तत्कालीन महासचिव कर्णजित बुढाथोकी ूसुशीलू लाई सर्वसम्मतले बौद्ध भेलाबाट अध्यक्षमा निर्वाचित गरेको थियो ।
कर्णजित नेतृत्वको माओवादी केन्द्रले देशमा भैरहेको संसदीय फोहोेरी खेलले गर्दा संसदीय व्यवस्था नै असफल सिद्ध भईसकेको भन्दै राष्ट्रिय राजनीतिक जन(परामर्श सम्मेलन, सर्वदलीय, सर्वपक्षीय राष्ट्रिय सरकार हुँदै वैज्ञानिक समाजवादको मुद्दालाई आफ्नो राजनीतिक एजेन्डा रूपमा जोडदारकासाथ उठाउँदै आईरहेको वर्तमान अवस्थामा यही लाइन सही ठहर गर्दै राजीनामा पश्चात् विनोद उपाध्याय कर्णजित नेतृत्वको माओवादी केन्द्रमा आउने कुरा माओेवादी केन्द्रका उच्च स्रोतले हामीलाई जानकारी गराएको छ । किराँती समुहको माओवादी केन्द्रको केन्द्रीय उपाध्यक्षबाट राजीनामा दिई ठूलो पहिरो ल्याएका विनोद उपाध्यायलाई कर्णजित नेतृत्वको माओवादी केन्द्रमा पनि केन्द्रीय उपाध्यक्षकै भूमिकामा रहने समझदारी भएको पार्टी उच्च स्रोतबाट हामीलाई जानकारी प्राप्त भएको छ । स्मरण रहोस विनोद उपाध्याय २०६३ सालको अन्तरिम सांसद पनि हुन ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





