खोपमाथि लगानी गर्न र अर्थतन्त्र सुचारु गर्न व्यबसायीको माग

२०७८ जेष्ठ ७ गते, शुक्रबार

काठमाडौं । अर्थविद तथा उद्योगी व्यबसायीले कोरोना महामारीका कारण देशको अर्थतन्त्र धरासायी बनेको बताउँदै तत्काल खोपमा जोड दिन राज्य र सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

मिडिया इन्टरनेसनलले बिहीबार आयोजना गरेको वेबीनार कार्यक्रममा उनीहरुले सरकारले निषेधाज्ञा लगाएर मात्र कोरोना नियन्त्रण नहुने भन्दै उद्योग व्यवसाय संचालन गर्दै कोरोना नियन्त्रणका लागि तत्काल खोपको जोहो गर्नुपर्ने बताए । एउटा मात्रै देशको भर नथर्न र जुनसुकै देशबाट खोप ल्याएर अहिले खोपमाथि लगानी गर्र्नुपर्ने बताए ।
कार्यक्रममा वरिष्ठ अर्थविद् नरबहादुर थापाले नेपाल लगायतका अन्य दक्षिण एसियाली देशहरुमा कोरोना महामारीका कारण अर्थतन्त्र धरासायी भएको बताउनुभयो । उहाँले दक्षिण एसियाको अर्थतन्त्र उठ्न केहि समय लाग्ने पनि बताउनुभयो ।
जुन देशले उद्योग क्षेत्रलाई प्राथमिकता दियो त्यो देश अगाडि बढेको र महामारी धक्काबाट अर्थतन्त्रलाई जोगाउन सफल भएको उहाँको भनाई छ । अन्य देशको अनुभवबाट नेपालले सिक्नुपर्ने अर्थविद् थापाले बताउनुभयो । अहिले कोरोनाको समयमा नेपालको अर्थतन्त्रलाई वैदेशिक रोजगारीले धानेको उहाँको भनाइ छ । कोरोना महामारीले नेपालमा २७ लाख नेपाली नागरिक बेरोजगार बनेको छ उहाँले बताउनुभयो ।

अर्थविद् थापाले सरकारको खर्च हुन नसकेको ३ सय ४५ अरव रकम नेपाल राष्ट्र बैंकमा रहेको भन्दै यसबाट कोरोना नियन्त्रणका लागि प्रयोग गर्न सकिने बताउनुभयो । अब आउन लागेको अर्थनीतिमा स्वास्थ्य सुरक्षा, अर्थतन्त्रलाई कसरी बलियो कृषि र उद्योगलाई जोड्ने भन्नेमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिबाट फेरि एक वर्षका लागि कर्जाको समय अवधि थप्नुपर्ने अर्थविद् थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्र बैंकले कुन क्षेत्रमा कर्जा दिने, प्राथमिक क्षेत्रबाट अन्य क्षेत्रलाई पनि सहज रुपले कर्जाको विस्तार गर्नुपर्छ ।’

कार्यक्रममा वरिष्ठ व्यवसायी एवं चेम्बर अफ कमर्शका उद्योग समिति सभापति भिमलाल पौडेलले कोरोनाका कारण चीनबाट सामानहरु ल्याउन डेढ वर्षदेखि बन्द रहेको बताउनुभयो । उहाँले अहिले केहि उद्योगहरु सञ्चालन रहेपनि कच्चा पदार्थका कारण बन्द भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कोरोनाका कारण जब बजार नै बन्द छ, देश नै ठप्प छ भने उद्योगका लागि कच्चा पदार्थ कहाँबाट पाउनु ।’ व्यवसायी पौडेलले उद्योगीहरुलाई बैंकको व्याज र स्टाप, मजदुरलाई पेमेन्ट गर्नुपर्ने हुँदा अहिले उद्योहरुको अवस्था भयावह अवस्थामा पुगेको बताउनुभयो ।
विभिन्न सेक्टरमा बैंकसम्म लोन थप्ने, थपेको लोनबाट व्याज तिर्ने, केहि कर्मचारीलाई पेमेन्ट गर्ने अवस्था रहेको व्यवसायी पौडेलले बताउनुभयो । सरकारले उद्योगी, व्यवसायीका समस्या कसरी समाधान गर्ने, कसरी राहत पु¥याउने भन्नेमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले खोपको व्यबस्थापन छिटो गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

पुर्व मन्त्री एवं फरवड माइक्रो फाइनान्सका अध्यक्ष भगवति चौधरीले कोरोनाका कारण माइक्रो फाइनान्सदेखि सबै क्षेत्रहरु धरासायी भएको बताउनुभयो । सरकारले क्राइसिसको बेला सबै सेक्टरलाई समेट्नपर्ने उहाँको भनाइ छ । उहाँले लघुवित्तहरुले संयमता अपनाएको उल्लेख गर्दै बन्दका बेला लघुवित्तले सदस्यहरुलाई राहात उपलव्ध गराएको उल्लेख गर्दै लघुवित्तका बारे नाजाएज र नकारात्मक धारणको अन्त्य गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले फरबार्ड माइत्रफो फाइनान्सले विभिन्न अस्पतालहरुलाई सहयोग गरेको उल्लेख गर्दै सबैजसो लघुवित्तले सहयोग माग्नुको साटो यो समयमा धैर्यताका साथ काम गरेको र थोरैधेरै सहयोग गरेको बताउनुभयो ।

कार्यक्रममा बरिष्ठ व्यवसायी एंव हिमालय सिमापार सिमापार व्यापार संघका उपाध्यक्ष नयनबहादुर पण्डीत क्षेत्रीले कोरोना महामारीका कारण थुप्रै व्यवसाय धरासायी अवस्थामा पुग्न लागेको भन्दै बैकल्पीक व्यबस्थाबाट व्यबसाय संचालन गरी अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताउनुभयो । उहाँले व्यवसायीहरुलाई सकामान आयात र निर्यातमा सहजिकरण गर्न माग गर्नुभयो । सरकारले कोभिड नियन्त्रणका लागि लकडाउन मात्रै गरेर नहुने भन्दै उहाँले अर्थतन्त्र चलायमानतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा आभूषण व्यवसायी नरेन्द्रकुमार गुप्ताले कोरोनाका कारण सुन व्यवसाय बन्द भएको र यसको आयात निर्यात नै ठप्प भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले सुनको आयत पनि बन्द भएको अवस्था छ । निर्यात पनि कम मात्र भएको छ ।’ लकडाउनले मात्र कोभिडबाट बचाउन नसक्ने भन्दै गुप्ताले सरकारले लकडाउन खोलेर व्यापार व्यवसाय सुचारु गर्न दिनुपर्ने बताउनुभयो ।
मेकअप तथा व्यूटी प्याजनका व्यवसायी टेकराज पाण्डेले कोरोनाका कारण विउटी सैलुङ क्षेत्रमा बढी प्रभाव पारेको बताउनुभयो । कार्यक्रममा मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोष, आर्थिक उन्नती सहकारीका अध्यक्ष जनार्जन सापकोटा, व्यबसायी कृष्ण भट्टराइलगायतले लकडाउन अवधिभरीमा खोपको व्यबस्था गरेर बजार व्यबसाय मापदण्डका आधारमा खोल्नुपर्नेमा जोड दिनुभएको थियो ।

240 Views

ताजा

समाजवादी मोर्चाले चैत १५ गते जनप्रदर्शन गर्ने

२०८१ चैत्र ३ गते, आईतवार

समाजवादी मोर्चाले चैत १५ गते जनप्रदर्शन गर्ने

२०८१ चैत्र ३ गते, आईतवार

लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर

२०८१ चैत्र ३ गते, आईतवार

प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक

२०८१ चैत्र ३ गते, आईतवार

नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै

२०८१ चैत्र ३ गते, आईतवार

वरिष्ठ सईको तलब समायोजन गर्न सरकारलाई सर्वोच्च अदालतको ताकेता

२०८१ फाल्गुन २८ गते, बुधबार

ज्ञानेन्द्रलाई गद्दीमा फर्काउन चैत १ बाट राप्रपाले फेरि आन्दोलन थाल्ने

२०८१ फाल्गुन २६ गते, सोमबार

चौधरी र राउतले छिट्टै पार्टी एकता गर्ने

२०८१ फाल्गुन २६ गते, सोमबार

राजतन्त्रको पक्षमा मैले माहोल देखेको छैनः कांग्रेस सभापति देउवा

२०८१ फाल्गुन २६ गते, सोमबार

ज्ञानेन्द्र बोक्ने राजावादीहरुलाई सडकबाटै ठेगान लगाउनुपर्ने माओवादीको निश्कर्ष

२०८१ फाल्गुन २६ गते, सोमबार

मेरो बोल्ने समय एकदमै नजिक आउँदैछ, अब प्रतिक्षा लामो छैनः लामिछाने

२०८१ फाल्गुन २६ गते, सोमबार

लोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal