खोपमाथि लगानी गर्न र अर्थतन्त्र सुचारु गर्न व्यबसायीको माग

२०७८ जेष्ठ ७ गते, शुक्रबार

काठमाडौं । अर्थविद तथा उद्योगी व्यबसायीले कोरोना महामारीका कारण देशको अर्थतन्त्र धरासायी बनेको बताउँदै तत्काल खोपमा जोड दिन राज्य र सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

मिडिया इन्टरनेसनलले बिहीबार आयोजना गरेको वेबीनार कार्यक्रममा उनीहरुले सरकारले निषेधाज्ञा लगाएर मात्र कोरोना नियन्त्रण नहुने भन्दै उद्योग व्यवसाय संचालन गर्दै कोरोना नियन्त्रणका लागि तत्काल खोपको जोहो गर्नुपर्ने बताए । एउटा मात्रै देशको भर नथर्न र जुनसुकै देशबाट खोप ल्याएर अहिले खोपमाथि लगानी गर्र्नुपर्ने बताए ।
कार्यक्रममा वरिष्ठ अर्थविद् नरबहादुर थापाले नेपाल लगायतका अन्य दक्षिण एसियाली देशहरुमा कोरोना महामारीका कारण अर्थतन्त्र धरासायी भएको बताउनुभयो । उहाँले दक्षिण एसियाको अर्थतन्त्र उठ्न केहि समय लाग्ने पनि बताउनुभयो ।
जुन देशले उद्योग क्षेत्रलाई प्राथमिकता दियो त्यो देश अगाडि बढेको र महामारी धक्काबाट अर्थतन्त्रलाई जोगाउन सफल भएको उहाँको भनाई छ । अन्य देशको अनुभवबाट नेपालले सिक्नुपर्ने अर्थविद् थापाले बताउनुभयो । अहिले कोरोनाको समयमा नेपालको अर्थतन्त्रलाई वैदेशिक रोजगारीले धानेको उहाँको भनाइ छ । कोरोना महामारीले नेपालमा २७ लाख नेपाली नागरिक बेरोजगार बनेको छ उहाँले बताउनुभयो ।

अर्थविद् थापाले सरकारको खर्च हुन नसकेको ३ सय ४५ अरव रकम नेपाल राष्ट्र बैंकमा रहेको भन्दै यसबाट कोरोना नियन्त्रणका लागि प्रयोग गर्न सकिने बताउनुभयो । अब आउन लागेको अर्थनीतिमा स्वास्थ्य सुरक्षा, अर्थतन्त्रलाई कसरी बलियो कृषि र उद्योगलाई जोड्ने भन्नेमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिबाट फेरि एक वर्षका लागि कर्जाको समय अवधि थप्नुपर्ने अर्थविद् थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्र बैंकले कुन क्षेत्रमा कर्जा दिने, प्राथमिक क्षेत्रबाट अन्य क्षेत्रलाई पनि सहज रुपले कर्जाको विस्तार गर्नुपर्छ ।’

कार्यक्रममा वरिष्ठ व्यवसायी एवं चेम्बर अफ कमर्शका उद्योग समिति सभापति भिमलाल पौडेलले कोरोनाका कारण चीनबाट सामानहरु ल्याउन डेढ वर्षदेखि बन्द रहेको बताउनुभयो । उहाँले अहिले केहि उद्योगहरु सञ्चालन रहेपनि कच्चा पदार्थका कारण बन्द भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कोरोनाका कारण जब बजार नै बन्द छ, देश नै ठप्प छ भने उद्योगका लागि कच्चा पदार्थ कहाँबाट पाउनु ।’ व्यवसायी पौडेलले उद्योगीहरुलाई बैंकको व्याज र स्टाप, मजदुरलाई पेमेन्ट गर्नुपर्ने हुँदा अहिले उद्योहरुको अवस्था भयावह अवस्थामा पुगेको बताउनुभयो ।
विभिन्न सेक्टरमा बैंकसम्म लोन थप्ने, थपेको लोनबाट व्याज तिर्ने, केहि कर्मचारीलाई पेमेन्ट गर्ने अवस्था रहेको व्यवसायी पौडेलले बताउनुभयो । सरकारले उद्योगी, व्यवसायीका समस्या कसरी समाधान गर्ने, कसरी राहत पु¥याउने भन्नेमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले खोपको व्यबस्थापन छिटो गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

पुर्व मन्त्री एवं फरवड माइक्रो फाइनान्सका अध्यक्ष भगवति चौधरीले कोरोनाका कारण माइक्रो फाइनान्सदेखि सबै क्षेत्रहरु धरासायी भएको बताउनुभयो । सरकारले क्राइसिसको बेला सबै सेक्टरलाई समेट्नपर्ने उहाँको भनाइ छ । उहाँले लघुवित्तहरुले संयमता अपनाएको उल्लेख गर्दै बन्दका बेला लघुवित्तले सदस्यहरुलाई राहात उपलव्ध गराएको उल्लेख गर्दै लघुवित्तका बारे नाजाएज र नकारात्मक धारणको अन्त्य गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले फरबार्ड माइत्रफो फाइनान्सले विभिन्न अस्पतालहरुलाई सहयोग गरेको उल्लेख गर्दै सबैजसो लघुवित्तले सहयोग माग्नुको साटो यो समयमा धैर्यताका साथ काम गरेको र थोरैधेरै सहयोग गरेको बताउनुभयो ।

कार्यक्रममा बरिष्ठ व्यवसायी एंव हिमालय सिमापार सिमापार व्यापार संघका उपाध्यक्ष नयनबहादुर पण्डीत क्षेत्रीले कोरोना महामारीका कारण थुप्रै व्यवसाय धरासायी अवस्थामा पुग्न लागेको भन्दै बैकल्पीक व्यबस्थाबाट व्यबसाय संचालन गरी अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताउनुभयो । उहाँले व्यवसायीहरुलाई सकामान आयात र निर्यातमा सहजिकरण गर्न माग गर्नुभयो । सरकारले कोभिड नियन्त्रणका लागि लकडाउन मात्रै गरेर नहुने भन्दै उहाँले अर्थतन्त्र चलायमानतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा आभूषण व्यवसायी नरेन्द्रकुमार गुप्ताले कोरोनाका कारण सुन व्यवसाय बन्द भएको र यसको आयात निर्यात नै ठप्प भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले सुनको आयत पनि बन्द भएको अवस्था छ । निर्यात पनि कम मात्र भएको छ ।’ लकडाउनले मात्र कोभिडबाट बचाउन नसक्ने भन्दै गुप्ताले सरकारले लकडाउन खोलेर व्यापार व्यवसाय सुचारु गर्न दिनुपर्ने बताउनुभयो ।
मेकअप तथा व्यूटी प्याजनका व्यवसायी टेकराज पाण्डेले कोरोनाका कारण विउटी सैलुङ क्षेत्रमा बढी प्रभाव पारेको बताउनुभयो । कार्यक्रममा मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोष, आर्थिक उन्नती सहकारीका अध्यक्ष जनार्जन सापकोटा, व्यबसायी कृष्ण भट्टराइलगायतले लकडाउन अवधिभरीमा खोपको व्यबस्था गरेर बजार व्यबसाय मापदण्डका आधारमा खोल्नुपर्नेमा जोड दिनुभएको थियो ।

306 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal