मन्त्री अधिकारीलाई मातृशोक
२०७८ जेष्ठ ७ गते, शुक्रबार
काठमाडौं । वागमति प्रदेशका सामाजिक विकास राज्यमन्त्री डा।रामकुमार अधिकारीलाई मातृशोक परेको छ ।
उनकी ९४ वर्षीया आमा तुलसी अधिकारीको जेष्ठ ५ गते बुधबार निधन भएको परिवारले जनाएको छ । उनमा कोरोना देखिएपछि उपचारका लागि मनमोहन मेमोरियल अस्पताल स्वयम्भु लगिएको थियो । उनको उपचारकै क्रममा निधन भएको हो । मन्त्री अधिकारी तीन दाजुभाइमध्ये माइला हुन् । स्वर्गीय अधिकारीका ४ छोरी रहेका छन् ।
175 Views