ओम साइबाबा अस्पतालमा कोरोनाका १० जना विरामीलाई निःशुल्क सेवा

२०७८ जेष्ठ ७ गते, शुक्रबार

काठमाडौं । काठमाडौंको ढुंगेधारामा रहेको ओम साइ बाबा मेमोरियल अस्पताल प्रालिले कोरोना संक्रमित १० जनालाई निःशुल्क सेवा दिने भएको छ ।
अस्पतालका सञ्चालक दयाराम कार्कीले १० जनालाई निःशुल्क सेवा दिने बताए । उनका अनुसार आशिका फाउण्डेशनले बेडसहित उपकरण र अन्य सुविधा उपलव्ध गराएको छ । अस्पतालले चिकित्सकसहितको विशेषज्ञ सेवा प्रदान गर्ने कार्कीले जनाए । अहिलेसम्म ३ जनाले निःशुल्क सेवा लिइरहेको उनको भनाई छ । यो अस्पतालमा कोरोनाका अन्य विरामी पनि उपचार गर्दै आइरहेका छन् । कार्कीले अन्य अस्पतालको तुलनामा आफ्नो अस्पतालमा सस्तो र गुणस्तरीय सेवा दिएको स्पष्ट पारेका छन् ।
आशिका फाउण्डेशनकी अध्यक्ष आशिका तामाङ जर्मनमा रहेकी छिन् । उनी धादिङकी हुन् । नेपालमा कोरोना संक्रमण बढ्दै गरेकाले आफ्नो तर्फबाट थोरै भए पनि योगदान गरिएको उनको भनाई छ । फाउण्डेशनका उपाध्यक्षमा तनहुँका सन्जिव वस्नेत रहेका छन् । बस्नेतको नै प्रमुख तत्परतामा अस्पतालले नयाँ र विशेष प्रकारको सेवा सुरु गरिएको कार्कीले जनाए । फाउण्डेशनले आवश्यकता अनुसार अन्य बेड पनि थप्ने जनाएको छ ।

297 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal