दोलखा शैलुङका कार्कीलाई कलाकार तथा निर्देशक सिपी समुहको सहयोग

२०७८ जेष्ठ २ गते, आईतवार

काठमाडौं । राजधानीको बागबजारमा परिवारका सदस्यसहित कष्टकर जीवन बिताइरहेका दोलखा शैलुङका डिल्लीबहादुर कार्कीलाई कलाकार तथा निर्देशक सिपी पुडासैनी ‘धतुरे’को समूहले आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन् ।

कार्कीको करिब एक वर्षअघि रुखबाट लडेपछि शरीरको आधा भाग चल्न सकेको छैन । पुडासैनीले सामाजिक सञ्जाल फेसबुकमा केही तस्वीर राख्दै सहयोग गरेको उल्लेख गरेका छन् ।

‘अन्ततः हिजो सामाजिक सञ्जालमा भेटिएका डिल्लीबहादुर कार्की र उहाँको परिवारसँग आज भेट्ने अवसर मिल्यो । दोलखा शैलुङ निवासी उहाँ एक वर्षअघि रुखबाट सेउला झार्ने क्रममा लडेर आधा शरिर नचल्ने हुनु भएको रहेछ । कोरोना महामारीको पीडा र भएभरको सम्पत्ति आफ्नो उपचारमा सक्नु भएका अति नै विपन्न उहाँलाई म, अशोक खड्का तथा उत्तम खड्का उपस्थित भई २५,००० रुपैयाँ नगद, दुई बोरा चामल लगायतका खाद्यान्न सहयोग गरेको छौं ।’ उनले लेखेका छन् ।
डिल्लीबहादुर थला परेपछि उपचारका क्रममा दोलखामा भएको सबै सम्पत्तीसहित १३ लाख रुपैंया खर्च गरेपछि सडकको बासको अवस्था आएको थियो। उनकी पत्नीले मासिक ५ हजार तथा १५ बर्षिया किशोरी छोरीले फेन्सीमा काम गरी जेनतेन चलाए पनि निषेधाज्ञापछि त्यो पनि बन्द भएपछि डिल्लीबहादुरको परिवार विचल्ली हुने अवस्थामा आएको थियो।

मानव सेवा र सहयोगलाई धर्मका रुपमा नै अगाडि बढाउनुपर्छ भन्ने कुरालेले छोएपछि सहयोग गरेका हौं। मानवीयताको कसी सबैले राख्नुपर्छ भन्ने मान्यताका आधारमा नै सहयोग गरिएको कलाकार पुडासैनीले बताउनु भयो।

कार्कीको सहयोगका लागि कलाकार पुडासैनीले नगद पाँच हजार रुपैयाँ, कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ का अध्यक्ष प्रकाश फूयाँलले नगद ५ हजार, तेक्वान्दो प्रशिक्षक अशोक खड्काले खाद्यान्न, तेक्वान्दो प्रशिक्षक दिल गुरुङले एक बोरा चामल, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीले नगद १० हजार, व्यवसायी उत्तम खड्काले नगद २५ सय, तेक्वान्दो प्रशिक्षक रोहिन्द विक्रम खड्काले नगद २५ सय, सुमिला खड्काले एक बोरा चामल तथा रञ्जना थापाले खाद्यान्न सहयोग गरेका छन् ।

377 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal