विवाहभोज खाएपछि सङ्क्रमण, एकै घरका तीनको मृत्यु
बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो ।
बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन् ।
उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए।
एक हप्ताअघि हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ । यस घटनापछि बडिगाडमा सन्त्रास छाएको छ ।
अधिकांश मानिस डराएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाले कम्तीमा १५ दिन घरभित्रै बसिदिन आग्रह गरेको छ । प्रशासनले भने जेठ १५ सम्मका लागि बागलुङ जिल्लाभर निषेधाज्ञा लगाएको छ । (रासस)
ताजा
चलचित्र ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक
२०८२ माघ २४ गते, शनिबार
चलचित्र ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक
२०८२ माघ २४ गते, शनिबार
प्रिमियम कन्स्ट्रसन केमिकल ब्राण्ड ‘मापिसा’का एडिसिभ उत्पादन नेपाली बजारमा
२०८२ माघ २४ गते, शनिबार
निर्वाचन आउन २६ दिन बाँकीः २४ उम्मेदवारले बुझाए स्पष्टीकरण
२०८२ माघ २४ गते, शनिबार
हृदयघातका कारण वरिष्ठ कलाकार सुनिल थापाको निधन
२०८२ माघ २४ गते, शनिबार
कमला सन्ध्या आरती सम्पन्न
२०८२ माघ २४ गते, शनिबार
Talk Program on Kashmir Solidarity Day
२०८२ माघ २२ गते, बिहीबार
आफ्नै कारणले ‘रेड जोन’मा गगन थापा
२०८२ माघ २२ गते, बिहीबार
भक्तपुरमा समाजसेवामा अग्रसर बन्दै रामचन्द्र लामिछाने
२०८२ माघ २२ गते, बिहीबार
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
२०८२ माघ २१ गते, बुधबार
निर्वाचन आउन २९ दिन बाँकीः समानुपातिकमा पुरुष भन्दा महिला बढी
२०८२ माघ २१ गते, बुधबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





