पोखरामा थप ११ जना कोरोना संक्रमितको मृत्‍यु

२०७८ बैशाख २६ गते, आईतवार

पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।
पोखरा महानगर १७ का ५३ वर्षीय पुरूषको वैशाख २६ गते बिहान ५ः३५ बजे गण्डकी मेडिकल कलेजमा मृत्‍यु भएको छ। उनलाई २० गते कोरोना संक्रमण देखिएको थियो ।
यस्तै रुपन्देही सिद्धार्थनगर नगरपालिका–८ का ६० वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा वैशाख २५ गते राति ११ः३० बजे मृत्‍यु भएको छ । उनलाई वैशाख २३ गते कोरोना स्क्रमण पुष्टि भएको थियो ।
यस्तै स्याङ्जा वालिङ नगरपालिका– ३ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वैशाख २५ गते मृत्यु भएको छ । उनीलाई वैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
यसैगरी वैशाख २५ गते पोखराको मेडिप्लस अस्पतालमा उपचाररत पोखरा महानगरपालिका(९की ३१ वर्षीया कोरोना संक्रमित महिलाको राति ११स् २२ बजे मृत्‍यु भएको छ । उनलाई वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै म्‍याग्दी, मालिका गाउँपालिका ५का ५८ वर्षीय पुरुषको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा वैशाख २४ गते साँझ ६ः१५ बजे मृत्‍यु भएको छ । उनलाई वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
यस्तै पोखराको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा स्याङ्जा गल्याङ नगरपालिका–३की ६० वर्षीया कोरोना संक्रमित महिलाको मृत्‍यु भएको छ । उनलाई वैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको थियो।
यस्तै पोखरा महानगरपालिका–२की ५८ वर्षीया कोरोना संक्रमित महिलाको वैशाख २४ गते साँझ ६ः२५ बजे गण्डकी मेढिकल कलेजमा उपचारको क्रममा मृत्‍यु भएको छ । उनलाई वैशाख २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
पोखरा महानगरपालिका– २७का ५२ वर्षीय कोरोना संक्रमित पुरूषको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा विहान ८ः३० बजे मृत्यु भएको छ । उनमा वैशाख २३ गते कोरोना संक्रमण देखिएको थियो ।
यस्तै पोखरा महानगर(१९का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको वैशाख २५ गते मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा दिउँसो १ बजे मृत्यु भएको छ ।
यस्तै पोखरा महानगरपालिका–१२की ३५ वर्षीया कोरोना संक्रमित महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा वैशाख २५ गते राति ९स्०५ बजे मृत्‍यु भएको छ। उनलाई वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने कोभिड निमोनियाको पनि समस्या देखिएको थियो ।
यस्तै पर्वतको कुश्मा नगरपालिका–१३ का ४२ वर्षीय कोरोना संक्रमित पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा विहान ५स्५ बजे मृत्यु भएको हो।

276 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal