लुम्बिनीमा ३८ पत्रकार संक्रमित
बुटवल / लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पत्रकारहरूले अक्सिजनसहितको आइसोलेशन निमार्ण गरेका छन् । उनीहरूले स्थानीय तह, जिल्लास्थित संघ संस्था र सहयोगीमार्फत यस्ता आइसोलेशन निमार्ण गरेर संचालनमा ल्याएका छन् । संक्रमणको दर तिव्र रूपमा बढिरहेको र अस्पतालसमेत भरिभराउ भएपछि उनीहरूले यस्ता संरचना निमार्ण गरेको बताए ।
नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेश समितिले प्रदेशका रोल्पा, दाङ, कपिलवस्तु, गुल्मी, पाल्पा, अर्घाखाँचीमा पत्रकार महासंघकै भवनमा आइसोलेशन निमार्ण गरेको जनाएको छ । प्रदेश समितिले जारी गरेको विज्ञप्तिमा अर्घाखाँची शाखामा भने अन्य संघ संस्थाको सहकार्यमा संयुक्त रूपमा आइसोलेशन निमार्ण गरेको उल्लेख छ ।
महासचिव विक्रम खड्काले जारी गरेको विज्ञप्तिमा महासंघको दाङ शाखाले ६ वेडको र अन्य जिल्ला शाखाले निमार्ण गरेका आइसोलेशनहरु ५ वेडका छन् । जिल्ला जिल्लामा संक्रमितहरूको संख्या वढ्दै गएकोले सम्भव हुने जिल्लामा सरोकारवाला संघ संस्थाको सहयोगमा संरचना निमार्ण भएको महासंघका प्रदेश अध्यक्ष बसन्त गिरीलेले बताए ।
ति आइसोलेशन पत्रकार महासंघ जिल्ला शाखाको संयोजनमा बने पनि अन्य सj{साधारणलाई उपयोग गर्न सक्नेछन् । संरचना निमार्ण भए पनि अक्सिजन र स्वास्थ्यकर्मीको अभाव रहेकोले सहयोग समन्वयका लागि महासंघ लुम्बिनी प्रदेश समितिले सम्बद्ध पक्षलाई सहयोगका लागि अपिल गरेको छ ।
To;}u/L लुम्बिनी प्रदेशमा दोस्रो लहरको कोभिड–१९ संक्रमणमा ३८ पत्रकार परेका छन् । उनीहरूमध्ये रुपन्देहीमा सबैभन्दा बढी १४ जना संक्रमित बनेका छन् । जसमा दुई जना अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् भने बाँकी पत्रकार होम आइसोलेशनमै बसेका छन् । यस्तै बाँकेमा १२, दाङमा ४, बर्दियामा ४, पाल्पामा २ तथा कपिलवस्तु र नवलपरासी पश्चिममा १÷१ जना पत्रकार संक्रमित भएको महासंघको लुम्बिनी समितिले जनाएको छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





