लुम्बिनीमा ३८ पत्रकार संक्रमित

२०७८ बैशाख २६ गते, आईतवार

बुटवल / लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पत्रकारहरूले अक्सिजनसहितको आइसोलेशन निमार्ण गरेका छन् । उनीहरूले स्थानीय तह, जिल्लास्थित संघ संस्था र सहयोगीमार्फत यस्ता आइसोलेशन निमार्ण गरेर संचालनमा ल्याएका छन् । संक्रमणको दर तिव्र रूपमा बढिरहेको र अस्पतालसमेत भरिभराउ भएपछि उनीहरूले यस्ता संरचना निमार्ण गरेको बताए ।
नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेश समितिले प्रदेशका रोल्पा, दाङ, कपिलवस्तु, गुल्मी, पाल्पा, अर्घाखाँचीमा पत्रकार महासंघकै भवनमा आइसोलेशन निमार्ण गरेको जनाएको छ । प्रदेश समितिले जारी गरेको विज्ञप्तिमा अर्घाखाँची शाखामा भने अन्य संघ संस्थाको सहकार्यमा संयुक्त रूपमा आइसोलेशन निमार्ण गरेको उल्लेख छ ।
महासचिव विक्रम खड्काले जारी गरेको विज्ञप्तिमा महासंघको दाङ शाखाले ६ वेडको र अन्य जिल्ला शाखाले निमार्ण गरेका आइसोलेशनहरु ५ वेडका छन् । जिल्ला जिल्लामा संक्रमितहरूको संख्या वढ्दै गएकोले सम्भव हुने जिल्लामा सरोकारवाला संघ संस्थाको सहयोगमा संरचना निमार्ण भएको महासंघका प्रदेश अध्यक्ष बसन्त गिरीलेले बताए ।
ति आइसोलेशन पत्रकार महासंघ जिल्ला शाखाको संयोजनमा बने पनि अन्य सj{साधारणलाई उपयोग गर्न सक्नेछन् । संरचना निमार्ण भए पनि अक्सिजन र स्वास्थ्यकर्मीको अभाव रहेकोले सहयोग समन्वयका लागि महासंघ लुम्बिनी प्रदेश समितिले सम्बद्ध पक्षलाई सहयोगका लागि अपिल गरेको छ ।
To;}u/L लुम्बिनी प्रदेशमा दोस्रो लहरको कोभिड–१९ संक्रमणमा ३८ पत्रकार परेका छन् । उनीहरूमध्ये रुपन्देहीमा सबैभन्दा बढी १४ जना संक्रमित बनेका छन् । जसमा दुई जना अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् भने बाँकी पत्रकार होम आइसोलेशनमै बसेका छन् । यस्तै बाँकेमा १२, दाङमा ४, बर्दियामा ४, पाल्पामा २ तथा कपिलवस्तु र नवलपरासी पश्चिममा १÷१ जना पत्रकार संक्रमित भएको महासंघको लुम्बिनी समितिले जनाएको छ ।

399 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal