भारतमा चार लाख बढी संक्रमित
भारतमा कोरोनाको दोस्रो लहर खतरनाक हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा ४ लाखभन्दा बढी संक्रमित भेटिएका छन् । नयाँ संक्रमितसँगै मृत्युको बढ्दो आँकडा पनि चिन्ताको विषय बनेको छ । शनिबार भारतमा ४,०९१ कोरोना संक्रमितको ज्यान गएको छ । यद्यपि, राहतको कुरा के छ भने पछिल्लो २४ घण्टामा ३ लाख ८६ हजार २०७ जनाले कोरोना जितेका छन् । यो एकदिन निको हुनेहरुको सबैभन्दा ठूलो आँकडा हो ।
भारतमा कोरोना महामारी आँकडामाः
पछिल्लो २४ घण्टामा कूल देखिएका संक्रमितः ४.०३ लाख
पछिल्लो २४ घण्टामा कूल मृत्युः ४,०९१
पछिल्लो २४ घण्टामा निको भएकाः ३.८६ लाख
हालसम्म कूल संक्रमित भइसकेकाः २.२२ करोड
हालसम्म निको भएकाः १.८३ करोड
हालसम्म कूल मृत्युः २.३४ लाख
हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३७.३२ लाख
लगातार आठौं दिन ३ लाखभन्दा बढी बिरामी निको भएः
निको हुने बिरामीको कुरा गर्नुपर्दा भारतमा १ मेदेखि लगातार ३ लाखभन्दा बढी बिरामी निको भइरहेका छन् । कोभिड १९ इन्डिया डट ओआरजीको आँकडा अनुसार १ मेदेखि ३।०८ लाख, २ मेमा ३ लाख, ३ मे मा ३.१८ लाख, ४ मा ३.३७ लाख, ५ मेमा ३.३० लाख, ६ मेमा ३.२८ लाख, ७ मेमा ३।२७ लाख र ८ मेमा रेकर्ड ३.८६ लाख बिरामी निको भएका छन् ।
१५ राज्यमा लकडाउन जस्तो प्रतिबन्धः
भारतका १५ राज्यमा पूर्ण लकडाउन जस्तो प्रतिबन्ध छ । यसमा हिमाचल प्रदेश, पञ्जाब, हरियाणा, दिल्ली, राजस्थान, उत्तर प्रदेश, बिहार, झारखण्ड, छत्तीसगढ, ओडिशा, मध्यप्रदेश, महाराष्ट्र, कर्नाटक, केरल र मिजोरम समावेश छन् । यहाँ अघिल्लो वर्ष कोरोना महामारीका बेला जस्तै कडा प्रतिबन्ध लगाइएको छ । यस्तै १६ राज्य÷केन्द्र शासित प्रदेशमा आंशिक लकडाउन लागू गरिएको छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





