भारतमा चार लाख बढी संक्रमित

२०७८ बैशाख २६ गते, आईतवार

भारतमा कोरोनाको दोस्रो लहर खतरनाक हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा ४ लाखभन्दा बढी संक्रमित भेटिएका छन् । नयाँ संक्रमितसँगै मृत्युको बढ्दो आँकडा पनि चिन्ताको विषय बनेको छ । शनिबार भारतमा ४,०९१ कोरोना संक्रमितको ज्यान गएको छ । यद्यपि, राहतको कुरा के छ भने पछिल्लो २४ घण्टामा ३ लाख ८६ हजार २०७ जनाले कोरोना जितेका छन् । यो एकदिन निको हुनेहरुको सबैभन्दा ठूलो आँकडा हो ।
भारतमा कोरोना महामारी आँकडामाः
पछिल्लो २४ घण्टामा कूल देखिएका संक्रमितः ४.०३ लाख
पछिल्लो २४ घण्टामा कूल मृत्युः ४,०९१
पछिल्लो २४ घण्टामा निको भएकाः ३.८६ लाख
हालसम्म कूल संक्रमित भइसकेकाः २.२२ करोड
हालसम्म निको भएकाः १.८३ करोड
हालसम्म कूल मृत्युः २.३४ लाख
हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३७.३२ लाख
लगातार आठौं दिन ३ लाखभन्दा बढी बिरामी निको भएः
निको हुने बिरामीको कुरा गर्नुपर्दा भारतमा १ मेदेखि लगातार ३ लाखभन्दा बढी बिरामी निको भइरहेका छन् । कोभिड १९ इन्डिया डट ओआरजीको आँकडा अनुसार १ मेदेखि ३।०८ लाख, २ मेमा ३ लाख, ३ मे मा ३.१८ लाख, ४ मा ३.३७ लाख, ५ मेमा ३.३० लाख, ६ मेमा ३.२८ लाख, ७ मेमा ३।२७ लाख र ८ मेमा रेकर्ड ३.८६ लाख बिरामी निको भएका छन् ।
१५ राज्यमा लकडाउन जस्तो प्रतिबन्धः
भारतका १५ राज्यमा पूर्ण लकडाउन जस्तो प्रतिबन्ध छ । यसमा हिमाचल प्रदेश, पञ्जाब, हरियाणा, दिल्ली, राजस्थान, उत्तर प्रदेश, बिहार, झारखण्ड, छत्तीसगढ, ओडिशा, मध्यप्रदेश, महाराष्ट्र, कर्नाटक, केरल र मिजोरम समावेश छन् । यहाँ अघिल्लो वर्ष कोरोना महामारीका बेला जस्तै कडा प्रतिबन्ध लगाइएको छ । यस्तै १६ राज्य÷केन्द्र शासित प्रदेशमा आंशिक लकडाउन लागू गरिएको छ ।

275 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal