घरमा बसेर कोरोनाको उपचार कसरी गर्ने ? थाहा पाउनुहोस् के खाने, के नखाने ?

२०७८ बैशाख ३ गते, शुक्रबार

काठमाडौं । कोरोनाको दोस्रो लहरले भारतमा ताण्डव मच्चिरहेको छ । नेपालमा पनि दैनिक रुपमा कोरोनाका संक्रमित बढ्ने क्रम जारी छ । दोस्रो चरणमा कोरोनाको संक्रमण अत्यधिक तीब्र गतिमा फैलिरहेको छ । कोरोनाको गम्भीर मामिलामा बिरामीलाई अस्पताल भर्ना गर्नुपर्छ तर हल्का वा मध्यम मामिलामा घरमा बसेर नै यसको उपचार गर्न सकिन्छ । यसलाई होम आइसोलेशन पनि भनिन्छ । होम आइसोलेशनमा बिरामीले आफूलाई घरका अन्य सदस्यभन्दा अलग राखेर आफ्नो उपचार गराउने गर्छन् । कोरोनाका बिरामीले घरमा बसेर कसरी निको हुन सकिन्छ भन्ने जानकारी लिऔं ।
होम आइसोलेशनका लागि आवश्यक नियमः
होम आइसोलेशनका लागि कोरोनका बिरामीका लागि घरमा छुट्टै र हावा पास हुने कोठा हुन आवश्यक छ । बिरामीका लागि छुट्टै शौचालय हुनुपर्छ । बिरामीको २४ सै घण्टा हेरविचार गर्नका लागि कोही न कोही उपलब्ध हुनुपर्छ । ध्यान दिनुपर्ने कुरा के छ भने होम आइसोलेशनमा बसिरहेका बिरामीको लक्षण गम्भीर हुनुहुँदैन । गम्भीर हुँदा बिरामीलाई अस्पतालमा भर्ना हुन सल्लाह दिइन्छ ।
होम आइसोलेशनमा बिरामीले के गर्नुपर्छ ?
बिरामीले आफ्नो कोठाको झ्याल खुल्ला राख्नुपर्छ । बिरामीले जतिबेला पनि तीन तह भएको मास्क लगाउनुपर्छ र यसलाई हरेक ६–८ घण्टामा फेर्नुपर्छ । साबुन र पानीले ४० सेकेन्डसम्म हात धुनुपर्छ । धेरै छोइने सतहलाई सकेसम्म नछुने । आफ्नो भाँडा, तौलिया, तन्ना, कपडा नितान्त भिन्न राख्नुहोस् र अरुलाई प्रयोग गर्न नदिनुहोस् ।
घरमा बसिरहेका बिरामीले दिनमा दुई पटक आफ्नो ज्वरो र अक्सिजनको स्तर परीक्षण गर्नुपर्छ । शरीरको तापक्रम सय फरेनहाइटभन्दा बढी हुनुहुँदैन । यस्तै अक्सिमिटरबाट अक्सिजनको स्तर हेर्नुहोस् । ००००० रेट ९४ प्रतिशतभन्दा कम नहोस् । यदि तपाईंलाई अन्य कुनै रोग लागेको छ भने त्यसको उपचार पनि सँगसँगै लैजानुहोस् । आइसोलेशनमा हुँदा धुम्रपान, मद्यपान र कुनै नशालु चिजको सेवन फिटिक्कै नगर्नुहोस् । डाक्टरको सल्लाहको पालना गर्नुहोस् र नियमित रुपमा औषधी लिनुहोस् ।
कस्तो होस् डाइट ?
कोरोना बिरामीले घरमा बनेको ताजा र सादा भोजन गर्नुपर्छ । मौसमी, रङ्गीबिरङ्गी र सुन्तलालगायतका ताजा फलफूल र गेडागुडी, दाललगायत प्रोटिनले भरपुर आहार लिनुहोस् । खानामा अदुवा, लसुन र बेसारजस्ता मसला प्रयोग गर्नुहोस् । दिनमा दैनिक ८–१० गिलास पानी पिउनुहोस् ।
लो फ्याटयुक्त दुध र दही खानुहोस् । मांसाहारीले छाला बिनाको कुखुराको मासु, माछा र अण्डाको सेतो भाग खानुहोस् । केही पनि खानु अघि त्यसलाई राम्रोसँग धुनुहोस् । कोरोनाका बिरामीको खाना कम कोलेस्ट्रोलयुक्त तेलमा पकाउनुपर्छ ।
के नखाने ?
कोरोनाका बिरामीले मैदा, तारेको खाना र जंक फूड खानुहुँदैन । चिप्स, प्याकेट जुस, कोल्ड डिङङ्क्स, चिज, नौनी, तारेको खसीको मासु, प्रोसेस्ड मिट र पाम ओयलजस्ता अनस्याचुरेटेड फ्याटबाट टाढै रहनुपर्छ । अण्डाको पहेँलो भाग हप्ताको एकपटक मात्रै खानुहोस् । हप्तामा मांसहारी खाना दुईदेखि तीनपटक भन्दा बढी नखानुहोस् ।
होम आइसोलेशनको अवधिः
साधारणतया होम आइसोलेशनको अवधि १४ दिनसम्म हुन्छ । यसद बिरामीलाई अन्तिम १० दिनमा ज्वरो वा अन्य कुनै लक्षण देखिएन भने डाक्टरसँगको सम्पर्क पश्चात् होम आइसोलेशनबाट निस्कन सक्नुहुन्छ ।
ध्यानमा राख्नुहोस् यी कुराः
कोरोना भाइरसले शरीरका साथै बिरामीलाई मानसिक रुपमा पनि कमजोर बनाइदिन्छ । त्यसैले उपचारका बेला बिरामीले आफ्नो मानसिक स्वास्थ्यबारे पनि पूरा ध्यान राख्नुपर्छ । तपाईं होम आइसोलेशनमा बस्दा पनि फोन र भिडियो कलमार्फत् आफ्ना साथी र आफन्तलाई सम्पर्क गर्न सक्नुहुन्छ । यतिबेला आफूलाई मन परेको किताब पढ्नुहोस् । मोबाइलमा मनपर्ने शो हेर्नुका साथै हल्का फुल्का गेम पनि खेल्न सक्नुहुन्छ । आफूलाई धेरै दबाबमा नपार्नुहोस् र पर्याप्त आराम लिनुहोस् ।
यी लक्षणमा पनि विचार गर्नुहोस्ः
होम आइसोलेशनमा बसिरहेका बिरामीले केही अन्य लक्षणमा पनि ध्यान दिनुपर्छ । ज्वरोका साथै सास फेर्न गाह्रो हुने, छातीमा लगातार पीडा हुनु वा दबाब हुनु, मानसिक भ्रम हुनु, ओठ वा अनुहार निलो हुनु जस्ता लक्षण देखिँदा आफ्नो डाक्टरसँग तुरुन्तै सम्पर्क गर्नुहोस् ।
घरका सदस्यले यी कुरालाई ध्यानमा राख्नुपर्नेः
यदि घरमा कुनै कोरोनाका बिरामी छन् भने २४ देखि ५० वर्षका कुनै पनि व्यक्तिले उनीहरुको हेरविचार गर्न सक्छन् । हेरविचार गर्ने व्यक्ति शारीरिक रुपमा स्वस्थ हुनुपर्छ । बिरामीको हेरविचार गरिरहेका व्यक्तिमा क्यान्सर, दम, सास फेर्न समस्या, मधुमेश वा उच्च रक्तचापजस्ता कुनै गम्भीर रोग लाग्नु हुँदैन ।
बिरामीको हेरविचार गर्दै गर्दा सधैं तीन तह भएको मास्क, डिस्पोजेबल ग्लव्स र एउटा प्लास्टिक एप्रोन प्रयोग गर्नुहोस् । एप्रोनलाई सधैं सोडियम हाइपोक्लोराइटले सफा गर्नुहोस् । हात नधोइकन आफ्नो नाक, मुख र अनुहार नछुनुहोस् ।
शौचालय जानु अघि र पछि, खाना बनाउनु अघि र पछि आफ्नो हात राम्रोसँग धुनुहोस् । बिरामीको र्‍याल, थूक र हाँच्छिउको सीधा सम्पर्कमा आउनबाट जोगिनुहोस् । बिरामीले प्रयोग गरेका कुनै पनि वस्तु नछुनुहोस् । बिरामीलाई खाना दिने बेला उनको सिधा सम्पर्कमा नआउनुहोस् । खाना कुनै स्टुल वा टेबलमा राखिदिनुहोस् । बिरामीद्वारा प्रयोग भाँडा उठाउने बेला डिस्पोजेबल ग्लव्स लगाउनुहोस् । बिरामीको कोठा, शौचालयको सतहलाई हरेक दिन स्यानिटाइज गर्नुहोस् । एजेन्सी

297 Views

ताजा

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो

२०८३ बैशाख १७ गते, बिहीबार

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो

२०८३ बैशाख १७ गते, बिहीबार

युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा

२०८३ बैशाख १७ गते, बिहीबार

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी

२०८३ बैशाख १६ गते, बुधबार

फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित

२०८३ बैशाख १५ गते, मंगलवार

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’

२०८३ बैशाख १४ गते, सोमबार

यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय

२०८३ बैशाख १४ गते, सोमबार

अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी

२०८३ बैशाख १४ गते, सोमबार

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

आज देशभर बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११ गते, शुक्रबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal