भारतमा २४ घण्टामा रेकर्ड २.१६ लाख संक्रमित, १ हजार बढीको मृत्यु

२०७८ बैशाख ३ गते, शुक्रबार

विश्वका शीर्ष २० संक्रमित सहरको सूचीमा भारतका १५ सहर सामेल

एजेन्सी । भारतमा कोरोनाभाइरस संक्रमणको स्थिति खराब हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ रेकर्ड २ लाख १६ हजार ६४२ जना संक्रमित भएको पाइएको छ । पछिल्लो वर्ष संक्रमण शुरुवात भएयता एकै दिन यति धेरै संक्रमित भेटिएको यो पहिलो अवसर हो । यस दौरान १ लाख १७ हजार ८२५ जना निको पनि भएका छन् भने १ हजार १८२ जनाको मृत्यु भएको छ ।
भारतमा सक्रिय संक्रमितको संख्या १५ लाख कटेको छ । त्यहाँ १५ लाख ६३ हजार ५८८ संक्रमितको उपचार भइरहेको छ । विश्वका शीर्ष २० संक्रमित सहरको सूचीमा भारतका १५ सहर सामेल छन् । पुणे सहर यो सूचीको शीर्ष स्थानमा रहेको छ भने मुम्बई दोस्रो स्थानमा छ । देशका करीब १२० जिल्लामा शैय्या, अक्सिजन, भेन्टिलेटरजस्ता जरुरी सुविधाको संकट देखा परेको छ ।
बिहीबार सबैभन्दा धेरै ६१ हजार ६९५ संक्रमित महाराष्ट्रमा फेला परेका छन् । दोस्रो नम्बरमा उत्तर प्रदेशमा २२ हजार ३३९ संक्रमित फेला परेका छन् । त्यस्तै दिल्लीमा १६ हजार ६९९, छत्तिसगढमा १५ हजार २५६, कर्नाटकमा १४ हजार ७३८ र मध्य प्रदेशमा १० हजार १६६ जना संक्रमित फेला परेका छन् ।

282 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal