आज काठमाडौं र ललितपुरका नेपाल पक्षीय पदाधिकारीको शपथ ग्रहण
२०७८ बैशाख ३ गते, शुक्रबार
काठमाडौं । नेकपा एमाले माधव नेपाल – झलनाथ खनाल समूहको काठमाडौं र ललितपुर जिल्ला कमिटीका पदाधिकारीहरूको शपथ ग्रहण हुँदैछ । बल्खुस्थित सिद्धि गणेश पार्टी भेन्युमा काठमाडौं जिल्ला कमिटी पदाधिकारीको सपथ ग्रहण कार्यक्रम रहेको बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।
उनका अनुसार आज ११ बजेदेखि शपथ कार्यक्रम सुरु हुने छ । यस्तै ललितपुर जिल्ला कमिटीका पदाधिकारीको शपथ ग्रहण पनि आजै राखिएको उनले बताइन् ।
शाक्यका अनुसार ललितपुरको महालक्ष्मीमा दिउँसो शपथ ग्रहण कार्यक्रमसँग बैठक पनि हुने छ । दुबै जिल्ला कमिटीका पदाधिकारीलाई प्रदेश इन्चार्ज शाक्यले शपथ गराउने छिन् । एमालेमा यतिबेला समानान्तर अभ्यास अगाडि बढेको छ ।
144 Views