विष्णुमती नदी सरसफाइ अभियान सुरु

काठमाडौं । नयाँ वर्ष २०७८ को विहानीको नव किरणसँगै एउटा नयाँ पवित्र कार्यको थालनी भएको छ ।
संघीय सांसद माननीय जीवनराम श्रेष्ठबाट भएको विशेष पहलमा शोभा भगवति मन्दिरबाट विहान ७ बजेदेखी ९ बजेसम्म विष्णुमति नदी सरसफाइ अभियान शुरु भएको छ ।
विष्णुमती वरिपरिको वातावरणलाई स्वच्छ राख्न सरसफाइ अभियान सञ्चालन गरेको श्रेष्ठले बताए । हरेक महिनाको अन्तिम शनिवार विहान ७ बजे देखि ९ बजेसम्म सरसफाइ अभियान नियमित सञ्चालन हुने उनले बताए ।
सरसफाइ अभियानमा माननीय प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, काठमाडौं महानगरपालिका वडा१५ का अध्यक्ष एवम् काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोल, कामपा १५ वडा सदस्य मैयाँलक्ष्मी महर्जन, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, स्थाननीय संघसंस्था, बाग्मती नदी सरसफाइका अभियन्ता लिलामणी पोखरेल तथा स्थानीय जनप्रतिनिधिको उपस्थितिले अझ थप हौसला प्राप्त भएको उनले बताए ।
जीवनमा गरेको अनेकौं क्रियाकलापहरु मध्ये सम्झनलायक एउटा कार्यमा विष्णुमति नदी सरसफाइ पनि हुने बताउँदै नयाँवर्षको सुरुवातमा काठमाडौँ उपत्यकाको सभ्यता, संस्कृति र वातावरणको अभिन्न स्रोत विष्णुमती नदीलाई मृतावस्थामा पुग्नबाट बचाउने सरसफाइ महोत्सवमा सहभागि भएर स्मरणयोग्य कामको थालनी गरेको बताए ।
‘यो अभियान जीवन राम श्रेष्ठको मात्र नभइकन विष्णुमती सभ्यतासँग जोडिएको हरेक नागरिकको अभियान हो । विष्णुमति खोला प्रदुषित भइ धार्मिक एवं सांस्कृतिक कार्यहरुमा असर पर्न गएको छ ।’
खोला प्रदुषित हुँदा स्थानीय वातावरण प्रदुषित भइ खोला वरिपरिको स्थानीय नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको हुँदा विष्णुमति सरसफाइ अभियान हरेक नागरिकको कर्तव्य भएको उनले बताए ।
सरसफाई अभियानमा सहभागि माननीय प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले भने, ‘स्थानीय वासिन्दा, युवा समूह, नदी सरसफाइ अभियानकर्ता तथा नेपाली सेना, नेपाल प्रहरी सबैलाई समेटेर यो विष्णुमती नदी सरसफाइ अभियान थाल्नु माननीय प्रतिनिति सभा सदस्य जीवनराम श्रेष्ठज्यूको प्रसंसनीय कार्य हो ।’
‘मानव जीवनमा परिवर्तन ल्याउने हो भने, पहिले सोचमा नै परिवर्तन ल्याउनु पर्छ ।’, उनले भने, ‘नदीमा फोहोर फाल्ने पनि मानव नै हो र त्यही फोहोर सफा गर्ने पनि मानव नै हो । त्यसैले जवसम्म मानवमा जथाभावी फोहोर फाल्नु हुँदैन भन्ने जनचेतना आउँदैन तवसम्म एकपक्षले फोहोर फालिरहने र अर्को पक्षले त्यस फाहोरलाई सफा गरिरहने परम्परा यथावत रहने छ । ’
सरसफाइ सबैकोलागि अति आवश्यक हो, समाजलाई सफा राख्नुपर्छ र फोहोर गर्न नहुने बताउँदै जथाभावी फोहोर गर्न नहुने चेतना सबैमा जागृत होस् भन्ने शाक्यले नयाँवर्षको अवसरमा शुभकामना दिए ।
विष्णुमती नदीको उद्गम स्थल बुढानिलकण्ठस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार नजिकै रहेको छ ।
विष्णुमतीको उद्गम मानिने विष्णुद्वार विष्णुपादुकादेखि टेकु दोभानसम्म फैलिएको विष्णुमती सभ्यताको आफ्नै महत्व, गरिमा, अस्तित्व र धार्मिक, सांस्कृतिक पौराणिक एवम् सांस्कृतिक विशेषता रहेको पाइन्छ ।
काठमाडौँ उपत्यकाको सभ्यता, संस्कृति र वातावरणको अभिन्न स्रोत विष्णुमती नदीलाई मृतावस्थामा पुग्नबाट बचाउन यो अभियानको पहल हुन लागेको जानकारी प्राप्त हुन आएको छ ।
ताजा

विद्युत प्राधिकरणकै डिजिटल बोर्डमा ‘केपी चोर, देश छोड’ लेखिएपछि….‘
२०८१ चैत्र १२ गते, मंगलवार
विद्युत प्राधिकरणकै डिजिटल बोर्डमा ‘केपी चोर, देश छोड’ लेखिएपछि….‘
२०८१ चैत्र १२ गते, मंगलवार
कांग्रेस, एमाले र माओवादी नै राजा ल्याउने गरि षड्यन्त्रमा लागेको सिके राउतको आरोप
२०८१ चैत्र १२ गते, मंगलवार
सरकारविरुद्ध आक्रामक बालेनः मेरा विषयवस्तु गलत भए मलाई जेल हालियोस्
२०८१ चैत्र १२ गते, मंगलवार
चैत्र १५ गतेदेखि ‘डोरी’ देशव्यापी प्रदर्शन हुँदै
२०८१ चैत्र १२ गते, मंगलवार
लखेट्दा युद्ध जितेको लाग्ला तर पराजित हुन्छौः जनार्दन शर्मा
२०८१ चैत्र १२ गते, मंगलवार
कुलमानलाई बर्खास्त गरेको विरोधमा विद्यार्थीहरूद्वारा प्रदर्शन
२०८१ चैत्र १२ गते, मंगलवार
भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ
२०८१ चैत्र ८ गते, शुक्रबार
१ महिनाभित्र दर्ता नभए फेसबुक, एक्स र इन्स्टाग्राम नेपालमा बन्द हुने चेतावनी
२०८१ चैत्र ८ गते, शुक्रबार
निखिल उप्रेतीको निर्देशनमा फिल्म ‘आचार्य’ बन्ने
२०८१ चैत्र ८ गते, शुक्रबार
सम्पादनमा अब्बल अनिल : बैसाखी र कम्युटरका सारथी
२०८१ चैत्र ८ गते, शुक्रबारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार