म्यानमारमा कम्तीमा ५१ बालबालिका मारिए

एजेन्सी । राजनीतिक आन्दोलन चर्किरहेको म्यानमारमा सुरक्षाकर्मीहरूका कारण कम्तीमा ५१ बालबालिकाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ।
आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट भएको हिंसामा परी उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको हो।
‘आन्दोलनकारीका विरुद्ध सुरक्षाकर्मीहरुले गरेको हिंसात्मक आक्रमणका क्रममा उनीहरूको मृत्यु भएको हो’, राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजार्रिकले भने।
नियमित पत्रकार सम्मेलनका क्रममा उनले अप्रिल १३ तारिखसम्मको विवरण प्रस्तुत गरेका थिए। उनले भने, ‘गत फेब्रुअरी १ तारिखदेखि यही अप्रिल १३ तारिखसम्मको विवरण अनुसार म्यानमारमा आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट मारिएका मध्ये कम्तीमा ५१ जना बालबालिका रहेका छन्।’
आन्दोलनमा लागेको आरोपमा झण्डै एक हजार बालबालिकाहरुलाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएको पनि उनले जानकारी दिए। हिंसा रोक्न र शान्तिको बाटो रोज्न राष्ट्रसंघले पटक पटक आग्रह गरेपनि हिंसात्मक घटनाहरू भइरहेको भन्दै उनले चिन्ता पनि व्यक्त गरे।
पछिल्लो संसदीय निर्वाचनको नतिजाप्रति असन्तुष्ट सेनाले फेरि निर्वाचन गराउने बाहनामा म्यानमारको सत्ता हातमा लिएको छ। तत्कालिन नयाँ संसदको पहिलो बैठक बस्ने तय भएकै दिन फेब्रुअरी १ तारिखमा सेनाले शीर्ष नेताहरूलाई थुनामा राखेर सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको हो ।
सेनाले सत्ता लिएकै दिनदेखि सेनाको कदमको सर्वत्र विरोध भइरहेको छ । सेनाले सत्ता लिनु गलत भएको भन्दै राष्ट्रसंघलगायतका विश्वव्यापी संस्था र विभिन्न देशहरुले म्यानमारलाई प्रजातान्त्रिक प्रक्रियामा फर्काउन पटक पटक आग्रह गर्दै आएका छन् ।
सर्वत्र विरोध हुदाँहुदै पनि सेनाले अटेरी गरिरहेपछि भइरहेको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म ७०७ जनाको मृत्यु भएको छ ।
ताजा

भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ
२०८१ चैत्र ८ गते, शुक्रबार
भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ
२०८१ चैत्र ८ गते, शुक्रबार
१ महिनाभित्र दर्ता नभए फेसबुक, एक्स र इन्स्टाग्राम नेपालमा बन्द हुने चेतावनी
२०८१ चैत्र ८ गते, शुक्रबार
निखिल उप्रेतीको निर्देशनमा फिल्म ‘आचार्य’ बन्ने
२०८१ चैत्र ८ गते, शुक्रबार
सम्पादनमा अब्बल अनिल : बैसाखी र कम्युटरका सारथी
२०८१ चैत्र ८ गते, शुक्रबार
नयाँ टेलिसिरियल ‘बाचा’ मा सार्वजनिक (भिडियो)
२०८१ चैत्र ८ गते, शुक्रबार
आजबाट एसइई परीक्षा शुरु
२०८१ चैत्र ७ गते, बिहीबार
माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप
२०८१ चैत्र ४ गते, सोमबार
प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने सक्ने तागत एमाले–कांग्रेसमा छः दयाल बहादुर शाही
२०८१ चैत्र ४ गते, सोमबार
सुन्दा अचम्मः सिङ्गो दलित परिवार नै नागरिकताविहीन
२०८१ चैत्र ४ गते, सोमबार
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा
२०८१ चैत्र ४ गते, सोमबारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार