बुटवलमा हत्या गरेर शव लुकाउन बागलुङ पुर्‍याएपछि…

२०७८ बैशाख ३ गते, शुक्रबार

काठमाडौं । बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पा¥यो । घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेको हुन सक्ने भन्दै बागलुङ प्रहरीले अनुसन्धानलाई बुधबारबाटै अगाडि बढायो । शवको पहिचान नभएका कारण प्रहरीले देशभर सम्पर्कविहीन भएका मानिसको अवस्थाको विषयमा बुझ्न थाल्यो । प्रहरीलाई मृतकले लगाएको कपडाभित्रका कागजातले अनुसन्धानमा निकै सहज बनायो ।
वेवारिसे शवका विषयमा सबैतिर जानकारी गराउँदा बुटवलबाट एक युवक चैत्र ४ गतेदेखि हराएको सूचना बागलुङ प्रहरीमा आएपछि अनुसन्धानको दायरा साँघुरिँदै आयो । बुटवलमा हराएको युवाका आफन्त बिहीबार बागलुङ आएपछि अन्ततः शवको पहिचान खुल्यो । ढोरपाटन–२ रिनाममा गाडिएको अवस्थामा फेला परेको शव नवलपरासी जिल्लाको देवचुली नगरपालिका–३ केवरानीका नारायण बस्यालको रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।
बुटवलमा व्यवसाय गर्दै आएका बसेल चैत ४ गते रातिदेखि सम्र्पकविहीन भएका थिए । “प्रारम्भिक अनुसन्धानबाट बुटवलमा हत्या गरी शव लुकाउन बागलुङ ल्याएको देखिन्छ”, सूचना अधिकारी हवारीले भने, “शवसँगै भएको व्यावसायिक कागजातका आधारमा अनुसन्धान गर्दा व्यवसायमा साझेदारी गर्दै आएका ढोरपाटन–२ रिनाम घर भई बुटवलमा बस्यालसँगै व्यवसाय गर्ने मित्रलाल खनाललाई इलाका प्रहरी कार्यालय बुटवले बिहीबार पक्राउ गरेको छ, आर्थिक लेनदेनका कारण हत्या गरेको स्वीकार गरे पनि एक्लैले हत्या गरी शव बागलुङ ल्याउन मुस्किल हुन्छ, थप अनुसन्धान भइरहेको छ ।”
हवारीका अनुसार बुटवल प्रहरी र बागलुङ प्रहरीले समन्वयमा अनुसन्धान गरिरहेका छन् । अन्य मानिससमेत शङ्काको घेरामा रहेको उनले बताए । उनले हत्यामा सम्लग्न एक जना फरार रहेको बताए ।
“हत्यामा कुनै पेशेवर अपराधीसमेत संलग्न भएको हुनसक्छ, बुटवलमा हत्या गरी शव सुटकेसमा राखेर बस चढेर बागलुङस्थित ढोरपाटन–२ रिनाम ल्याएर गाडेको अनुसन्धानबाट देखिन्छ”, उनले भने, “हत्या सुनियोजित भएको हुँदा एक्लैले सम्भव देखिँदैन, अन्य कुरा थप अनुसन्धाबाटै खुल्ला ।” साझेदारीमा व्यवसाय गर्दा आर्थिक विवाद भएकाले हत्या गरेर शव लुउ बागलुङ ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलिसकेको छ ।
बुटवलबाट बसको डिक्कीमा सुटकेसभित्र शव राखेर बागलुङको ढोरपाटन ल्याउनु भनेको निकै जटिल भएकाले हत्यारा निकै चलाख र पेशेवरसमेत भएको देखिन्छ । गाडिएको अवस्थामा फेला परेको बेवारिसे शव दुर्घन्धित हुँदै गएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो । (रासस)

129 Views

ताजा

कस्तो अचम्म मृ,त्यु भएको ( ५००) बर्षपछि लिए पुन र्जन्म पुर्बजन्मको दु:खद कहानी भिडियो हेर्नुस ।

२०७९ आश्विन ९ गते, आईतवार

कस्तो अचम्म मृ,त्यु भएको ( ५००) बर्षपछि लिए पुन र्जन्म पुर्बजन्मको दु:खद कहानी भिडियो हेर्नुस ।

२०७९ आश्विन ९ गते, आईतवार

जातीय कुरा गरेर नेता भइदैन: मन्त्री चौधरी

२०७९ आश्विन ९ गते, आईतवार

दलित केटी इन्द्रावती र अजय ५ बर्ष देखि प्रेम सम्बन्धमा अहिले सामाजिक परम्परा अनुसार धुमधामले गरे विवाह….

२०७९ आश्विन ९ गते, आईतवार

श्रीमतीले कमाउँलिन् भनेर लाखौं खर्चेर युरोप पठाएको केही दिनमा श्रीमतीको परपुरुषसँग अन्तरंगका भिडियो मोबाइलमा आएपछि…

२०७९ आश्विन ९ गते, आईतवार

१०,हजार रुपैयाँ पारिश्रमिक दिएर अरिङ्गालको गोलाे पोलियो ।भोलि बिहानै तार जोड्न सुरु हुने

२०७९ आश्विन ८ गते, शनिबार

जनताको कसम खाएर भन्छु, एमालेका कुनै नेताले एक रुपिँया भ्र,ष्टाचार गर्दैनन: ओली

२०७९ आश्विन ८ गते, शनिबार

पल साह प्रकरण नाबालिकाले बयान फेरेकै का,रण झन्डै(८) वर्ष कैद छुट।

२०७९ आश्विन ८ गते, शनिबार

स्पोर्ट बाइकमा चढेर स्टन्ट देखाउने एक युवती प,क्राउ

२०७९ आश्विन ८ गते, शनिबार

१०, वर्षमा बिहे गरेकी हसिनाले जन्माइन् १३, वर्षमै छोरी ।हेर्नुस् भिडियो

२०७९ आश्विन ८ गते, शनिबार

भालूलाई मा,र्ने आमा इलाममा भेटिइन् , भालूसँग ल’डाई गर्दा भालुले उनको नाक नै खा,ईदियाे

२०७९ आश्विन ८ गते, शनिबार

लोकप्रिय

भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….

२०७९ आश्विन ४ गते, मंगलवार

यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।

२०७९ आश्विन २ गते, आईतवार

भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….

२०७९ आश्विन २ गते, आईतवार

बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”

२०७९ आश्विन १ गते, शनिबार

गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार 

२०७९ भाद्र २९ गते, बुधबार

नेकपा( एकीकृत समाजवादी )को निकट सहकारी संगठन समाजवादी सहकारी संगठन नेपाल घोषणा

२०७९ भाद्र २९ गते, बुधबार

हर्क साम्पाङ् भन्छन् : ७ सय ५३ पालिकामध्ये सबैभन्दा भाग्यमानी मै हो

२०७९ भाद्र १९ गते, आईतवार

लायन्स क्लब अफ काठमाण्डौ नयाबजार विभिन्न बिधामा सम्मान्नित

२०७९ श्रावण २१ गते, शनिबार

शिक्षकले कक्षाकोठामै काटिदिए विद्यार्थीकाे कपाल

२०७९ असार २८ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal