पर्वतको पकुवामा सहकारी सचेतना कार्यक्रम

२०७७ फाल्गुन २८ गते, शुक्रबार

पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ११ पकुवास्थित साना किसान कृषि सहकारी संस्थाका शेयर सदस्यहरुका लागि आयोजित एक दिने सहकारी सचेतना तालिम बिहीवार सम्पन्न भएको छ । संस्थाको आयोजना तथा साना किसान विकास लघुवित्त संस्था इलाका कार्यालय पोखराको सहयोगमा सम्पन्न भएको हो ।
संस्थाका शेयर सदस्यहरुलाई सहकारीमा पूँजि निर्माण र पूँजि परिचालनका लागि सक्रिय बनाउने, वित्तीय साक्षरता तथा सहकारीका मूल्य मान्यता र सिद्धान्तको जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाका अध्यक्ष डम्बर बहादुर वि.क.ले जानकारी दिनुभयो ।
सहकारीलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि सदस्यहरुलाई यसबाट हुने फाइदा, सहकारीका सदस्यहरुको काम कर्तव्य र अधिकारका बारेमा जानकारी आवश्यक छ भन्ने महसुस गरेर तालिम आयोजना गरेका हौ, अध्यक्ष विकले भन्नुभयो–‘तालिममा सहभागी शेयर सदस्यहरु उत्साहित भएर जानु भएको छ, सदस्यहरुको सक्रियता बढ्ने र संस्थाले थप गति लिनेमा विश्वस्त छौ ।’
तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीलाई दीगो बनाउन, सहकारीमार्फत सदस्यहरुको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउनका लागि सहकारीको अवधारणा अनुसार अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।
सहकारी भनेको वचत र ऋण परिचालन गर्ने मात्र हो भन्ने सोचाइमा परिवर्तन ल्याउनका लागि सदस्यहरुलाई उत्पादनमा केन्द्रीत बनाउने र उनीहरुको उत्पादन स्थानीय तहसंगको समन्वयमा संकलन र बजारीकरणका लागि संस्थाले काम गर्नु पर्ने उहाँको सुझाव थियो ।
कार्यक्रममा प्रशिक्षक तथा कुश्मा नगरपालिकाका सहकारी शाखा प्रमुख ऋषिराम शर्मा पौडेलले पालिकाले बनाएको सहकारी ऐन बमोजिम काम गर्न आग्रह गर्नु भयो । उहाँले सहकारी सदस्य केन्द्रीत व्यवसाय भएकाले सदस्यहरुको हितका लागि योजना बनाएर काम गर्नु पर्नेमा जोड दिनुभयो ।
कुश्मा नगरपालिकाका सबै सहकारी संस्थाहरुको तथ्यांक संकलन, अनुगमन र प्रवद्र्धनका लागि शिक्षा तालिमका कार्यक्रमहरुमा सहभागिताका लागि उहाँले आग्रह गर्नु भयो । संस्थाका ७० जना शेयर सदस्यहरुको सहभागिता रहेको तालिम कार्यक्रम अध्यक्ष डम्बर बहादुर वि.कको अध्यक्षता र सचिव गोविन्द पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । संस्थामा ५ सय जना शेयर सदस्य, १७ लाख शेयर रकम, ५६ लाख वचत र १ करोड १५ लाख कर्जा लगानी रहेको प्रवन्धक प्रेम नारायण पौडेलले जानकारी दिनुभयो ।

313 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal