माओवादी र एमालेका नेताहरुले जनतासँग माफी माग्नुपर्छः गगन थापा

२०७७ फाल्गुन २८ गते, शुक्रबार

बलेवा । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले कांग्रेसले देश विकासको लागि दक्ष जनशक्ति उत्पादनको एजेण्डा अघि सार्ने बताएका छन्। देशमा हुने हरेक विकास निर्माणमा स्वदेशी जनशक्तिको अभावका कारण विदेशमा भर पर्नुपर्ने अवस्था रहेको भन्दै उनले रेल चलाउने र पानी जहाज चलाउने सम्मको जनशक्ति स्वदेशमानै उत्पादन हुनुपर्नेमा जोड दिए।
बिहीबार बागलुङ बजारमा नेपाल शिक्षक सङ्घ बागलुङको जिल्ला प्रतिनिधिसभा उद्घाटन गर्दै थापाले नेपालीले आफ्नो भनेर अपनत्व बोध नगर्ने बेलासम्म जस्तो सुकै विकास भए पनि समृद्धि प्राप्त नहुने बताए। उनले सर्वोच्चको फैसलापछि नेकपाका दुई पार्टीमा फर्किएका नेताहरुले जनताको माझमा माफी माग्न जानुपर्ने बताए।
‘हिजो जनताले हामी एक भयौँ, समृद्धि ल्याउँछौँ भनेर मत दिएका हुन्’ थापाले भने, ‘आफ्ना कारणले दुईतिर भएपछि जनताको मतको कदर नेकपाका नेताहरुले गर्नुपर्छ, जनताको बीचमा जानुपर्छ ।’

367 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal