युरोपा लिगः स्पर्स, आर्सनल विजयी, युनाइटेड रोकियो

२०७७ फाल्गुन २८ गते, शुक्रबार


एजेन्सी
ह्यारी केनको दुई गोलको मद्दतले क्रोएसियन टोली डाइनामो जाग्रेबलाई हराउँदै टोटनहम हटस्पर्सले युरोपा लिगको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । खेलको २५ औँ मिनेटमा स्पर्सलाई अग्रता दिलाएका केनले ७० औँ मिनेटमा टोलीका लागि दोस्रो गोल गरेका थिए । केनले टोलीका लागि यो सिजन सबै प्रतियोगितामा २६ गोल गरेका छन् ।

यद्यपि, खेलको अन्त्यतिर केन चोटका कारण खेल छाड्न बाध्य बनेका थिए । स्पर्सले आइतबार नर्थ लण्डन डर्बीमा आर्सनलको सामना गर्दैछ । जोसे मोरिन्होले उक्त खेलका लागि केन उपलब्ध हुने आशा व्यक्त गरेका छन् ।

उता, आर्सनलले पनि ग्रीक टोली ओलम्पियाकोसमाथि ३–१ को जीत हासिल गरेको छ । आर्सनललाई जीत दिलाउन मार्टिन ओडेगार्ड, ग्याब्रियल र मोहमद इल्नेनीले एक–एक गोल गरे । आडेगार्डको गोलपछि युसेफ एल अरबीले बराबरी गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

म्यान्चेस्टर युनाइटेड भने एसी मिलानसँग बराबरीमा रोकिएको छ । अन्तिम १६ को पहिलो लेगको खेलमा इन्जुरी समयमा गोल गर्दै एसी मिलानले युनाइटेडको डिफेन्सको कमजोरीको फाइदा ओल्ड ट्राफोडमा बराबरी गर्न सफल भएको हो । खेलको दोस्रो हाफको सुरुवातमा अमाद डिआलोले युनाइटेडलाई अग्रता दिलाएका थिए ।

अन्य खेलमा आयाक्सले योङ ब्वाइजलाई ३–०, भिल्लेरियालले डाइनामो किएभलाई २–० र एएस रोमाले साख्तार डोनेन्स्कलाई ३–० ले पराजित गरेको थियो ।

382 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal