भ्रष्टाचार गर्ने कसैलाई छोडिन्नः प्रमुख आयुक्त राई

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियार दुरुपयोग गर्ने जो सुकैलाई पनि तथ्य र प्रमाणका आधारमा कारबाही गरिने जनाउनुभएको छ ।
उहाँले कुनै प्रतिशोध र पूर्वाग्रहका आधारमा निदोषर्लाई फसाउने गरी कुनै निर्णय नगरिने पनि स्पष्ट गर्नुभयो ।
प्रमुख आयुक्तमा नियुक्त भएकामा आफूलाई बधाई दिन आयोग परिसरमा शनिबार पुग्नुभएका काठमाडौं महानगरपालिका– २९ का स्थानीयवासी, स्थानीय संस्थाका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजीवीसँगको कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो ।
मुलुकमा भ्रष्टाचार नरोकिएकामा चिन्ता व्यक्त गर्दै उहाँले आम नागरिकले अनुभव गर्न सक्ने गरी काम गर्नु चुनौती रहेको बताउँदै आफ्नो कार्यकालमा संविधान, भ्रष्टाचार निवारण ऐन तथा अख्तियारको कार्यक्षेत्रभित्र रहेर पारदर्शी ढङ्गले भ्रष्टाचार नियन्त्रणको काममा लाग्ने जनाउनुभयो ।
भ्रष्टाचार नियन्त्रण तथा अनुसन्धानमा आम नागरिककोसमेत सहयोग आवश्यक परेको उल्लेख गर्दैै उहाँले सोका लागि सबैको साथको अपेक्षा गर्नुभयो ।
सो अवसरमा वडाध्यक्ष अध्यक्ष कुशकुमार ढकाल, घट्टेकुलो विकास समाजका अध्यक्ष शिवराम राजवंशी, सामाजिक विकास समाजका कार्यवाहक अध्यक्ष ओमप्रसाद उप्रेती, घट्टेकुलो नमूना नगर टोल सुधार समितिका अध्यक्ष इन्द्रसुर राई र समितिका कार्यक्रम संयोजक मोहनकुमार डाँगीले राईलाई बधाईसहित प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
ताजा

घोराहीमा गठबन्धनलाई हराउँदै एमालेका चौधरी विजयी
२०७९ जेष्ठ ५ गते, बिहीबार
घोराहीमा गठबन्धनलाई हराउँदै एमालेका चौधरी विजयी
२०७९ जेष्ठ ५ गते, बिहीबार
तालमेलका कारण निर्वाचन परिणाम उत्साहजनक आयोः शर्मा
२०७९ जेष्ठ ५ गते, बिहीबार
चाँनगुनारायण– ७ मा राप्रपाबाट श्रेष्ठ विजयी
२०७९ जेष्ठ ५ गते, बिहीबार
काँग्रेसको गढमा काँग्रेसकै बागी उम्मेदवार राजुसिंह कठायत विजयी
२०७९ जेष्ठ ४ गते, बुधबार
बाँकेको डुडुवा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी
२०७९ जेष्ठ ४ गते, बुधबार
राजेन्द्र लिङ्देनको गृहनगरमा उनका भाई रविन्द्र राप्रपाबाट विजयी
२०७९ जेष्ठ ४ गते, बुधबार
बाँसगढी नगरपालिकामा एमाले विजयी
२०७९ जेष्ठ ४ गते, बुधबार
काठमाडौं वडा नम्बर ७ मा पनि बालेन अगाडि
२०७९ जेष्ठ ४ गते, बुधबार
मेलम्चीमा भत्कियो एमालेको गढ, कांग्रेसले जित्यो मेयर
२०७९ जेष्ठ ४ गते, बुधबार
भक्तपुरको मध्यपुर थिमिमा जेठानले ज्वाइँलाई हराए
२०७९ जेष्ठ ४ गते, बुधबारलोकप्रिय
मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
२०७८ कार्तिक २६ गते, शुक्रबारसुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)
२०७८ भाद्र ६ गते, आईतवार
जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला
२०७८ श्रावण ५ गते, मंगलवार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।
२०७८ असार २४ गते, बिहीबार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार