ओरालोतिर ओली

२०७७ फाल्गुन १६ गते, आईतवार

प्रतिनिधिसभा भंग गरेर आफूलाई जनताको पक्षमा उभिएको भनेर दाबी गर्दै आएका प्रधानमन्त्री खड्गप्रसाद ओलीको गलत कदमलाई सर्वोच्च अदालतले उल्ट्याइदिएपछि ओली संकटमा परेका छन् । ओलीले आफूले साहसिक निर्णय गरेको भन्दै यसको पक्षमा लाग्न आफू निकटका नेता तथा कार्यकर्तालाई आग्रह गरे पनि अन्तिममा आएर उनको योजना असफल भएको छ ।
ओलीले आफूसँग भइरहेको बहुमतको सरकारको प्रतिनिधिसभा भंग गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरेका थिए । अरुबेला विरामी भएको बहाना गर्दै पार्टीको बैठकबाट भाग्दै आएका उनी पछिल्लो समयमा भने आफ्नो कदम सही भएको भनेर प्रचार गर्न भनें देशव्यापी रुपमा कुद्न सक्षम भएका थिए । संविधानविपरीत र प्रक्रिया नै नपु¥याई प्रतिनिधिसभा भंग गरेका उनले आफ्नो बचाउमा लाग्न सबै नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए । फलस्वरुप उनको कदमलाई अरुले चित्त बुझे पनि र नबुझे पनि समर्थन जनाएका थिए । ओलीको कदम गलत भएको भए पनि उनीनिकटले भने सही नै भएको भन्दै ताली पिट्दै हिँडेका थिए । ओलीले पार्टी भित्रैबाट आफूलाई काम गर्न नदिएकाले बाध्यतावश यस्तो कदम चालेको भनेर स्पष्टीकरण दिँदै आएका थिए । सर्वोच्च अदालतको संवैधानिक इजलाशले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि ओली र उनका पक्षधर भनें नराम्ररी बिच्किएका छन् । ओलीले कुनै पनि हालतमा प्रतिनिधिसभा पुनस्र्थापना नहुने र ताजा जनादेशको विकल्प नै नरहेको भनेर प्रचार गरे पनि त्यो अन्ततः झुठो सावित भएको छ । अरु कसैले बोल्दा अदालतप्रति मानहानी भयो भन्ने ओली भनें सधैं भाषणमा सर्वोच्चले आफूलाई न्याया गर्ने भन्न छोडेका थिएनन् । सरकार ५ वर्षको रहेकोले यही अवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको भनेर चौतर्फी विरोध हुँदै आएको थियो । ओलीले संविधान र कानुनभन्दा पनि वास्तविक अवस्था हेर्न र देशलाई असहज अवस्थाबाट मुक्ति दिलाउन यस्तो निर्णय गरेको सुनाएका थिए ।
यो व्यवस्थामा कोही पनि निर्वाचनको विपक्षमा नभएको तर संविधानविपरीत गएर गरिएको प्रतिनिधिसभा भंगको निर्णय खारेज गर्नुपर्छ भनेर सडकमा समेत आवाज उठेको थियो । सडकको मत र जनताको भावनालाई वास्ता नगरेका ओलीलेभनें सर्वोच्चको कदमलाई स्वागत गरेका छन् । ओलीले अदालतको सम्मान गर्ने प्रष्ट पारिसकेका छन् । उनले अबको राजनीतिमा कसरी अघि बढ्ने भनेर नजिकका सँग छलफल पनि थालेका छन् ।

173 Views

ताजा

अस्ट्रेलियाको प्रतिष्ठित एक्सेलसिया कलेजमा संगीतमा उच्च शिक्षा पढ्ने अवसर

२०८१ श्रावण ४ गते, शुक्रबार

अस्ट्रेलियाको प्रतिष्ठित एक्सेलसिया कलेजमा संगीतमा उच्च शिक्षा पढ्ने अवसर

२०८१ श्रावण ४ गते, शुक्रबार

तारकेश्वर डाँडागाउँ चौकीमा खुल्यो सिवांगी ब्युटी जोन, १ महिनासम्म विशेष अफर

२०८१ श्रावण ४ गते, शुक्रबार

भनाइ पत्रकारको निर्वाचन, गराइ राजनीतिक स्वार्थसिद्धिको खेल

२०८१ श्रावण ४ गते, शुक्रबार

गुरु पूर्णिमाको अवसरमा बबिना भट्टराईको भजन ‘गुरु चरणमा’ सार्वजानिक (भिडियो सहित)

२०८१ श्रावण ४ गते, शुक्रबार

सर्वाधिक चर्चामा “हरहर महादेव” (भिडियो सहित)

२०८१ श्रावण २ गते, बुधबार

ढल्यो प्रचण्ड सरकार, पक्षमा ६३, विपक्षमा १९४ मत

२०८१ असार २८ गते, शुक्रबार

निर्मलाका हत्यारा र जीबी राई खोइ पक्राउ गरेको ? : ज्ञानेन्द्र शाही

२०८१ असार २८ गते, शुक्रबार

गृहमन्त्री लामिछानेको आक्षेप, फाइल खोलेको २४ घण्टामा सरकार ढालियो

२०८१ असार २८ गते, शुक्रबार

कला संगीत मानव भावनाको सुन्दर प्रस्तुति हो –कलाकार निर्मला घिसिङ

२०८१ असार २८ गते, शुक्रबार

कास्की पहिरो अपडेट: मृतकको सङ्ख्या ११ पुग्यो

२०८१ असार २८ गते, शुक्रबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal