एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोपलाई अमेरिकाले दियो स्वीकृति

२०७७ फाल्गुन १६ गते, आईतवार

एजेन्सी । एक डोज मात्रै लगाए पुग्ने कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपलाई अमेरिकाले आधिकारिक रुपमा स्वीकृति दिएको छ।
अमेरिकी नियामक निकाय युएस फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले जोन्सन एण्ड जोन्सनको खोपलाई सर्वासाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको हो।
अमेरिका यो खोपलाई स्वीकृति दिने विश्वको पहिलो मुलुक हो। अब फाइजर तथा मोदेर्नाकोसँगै अमेरिकामा तेस्रो खोपलाई पनि प्रयोगको अनुमति मिलेको छ। यो खोप अघिल्ला दुई जस्तो फ्रिजरमा नभइर रेफ्रिजिरेटरमा भण्डारण गर्न मिल्छ।
एक पटक मात्रै दिए पुग्ने र आम रुपमा रेफ्रिजिरेटरमा स्टोर गर्न सकिनु यो खोपको सबैभन्दा विषेश र महत्वपूर्ण पक्ष हो। फाइजर तथा मोदेर्ना खोप दुई पटक दिनु पर्छ तथा भण्डारणका लागि पनि डिपफ्रिजरको आवश्यकता पर्छ।
जोन्सन एण्ड जोन्सनको खोप निकै सस्तो हुने अनुमान पनि गरिएको छ। तर अहिलेसम्म खोपको मूल्यबारे भने जानकारी गराइएको छैन।यसअघि स्वीकृति पाएका फाइजर र मोदेर्नाको खोप अहिले सर्वसाधारणलाई लगाउने क्रम जारी छ।
जोन्सन एण्ड जोन्सनले गएको जनवरीमा खोपबारे मानवीय परीक्षणको नतिजा सार्वजनिक गरेको थियो। खोपको प्रभावकारिता ६६ प्रतिशत देखिएको जोन्सन एण्ड जोन्सनले गरेको परीक्षणमा देखिएको थियो ।
अमेरिका, दक्षिण कोरिया तथा ब्राजिलमा भएको परीक्षणमा प्रभावकारिता उस्तै देखिएको थियो। जोन्सन एण्ड जोन्सनको खोप संक्रमितलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन ८५ प्रतिशत तथा समग्रमा ६६ प्रतिशत प्रभावकारी देखिएको हो।
परीक्षणमा सहभागी भएका कुनै पनि व्यक्तिको निधन भएको छैन भने खोप लिएको २८ दिनपछि कोही पनि व्यक्ति कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनु परेको छैन।

264 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal