राष्ट्रिय पत्रकार दबू काभ्रे शाखाको साधारण सभा सम्पन्न
बनेपा । नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको काभ्रे शाखाको बार्षिक साधारण सभा सम्पन्न भएको छ । बनेपास्थित सेन्चुरी होटलमा आयोजित सभा उद्घाटन गर्दै नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्षले संघीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउने भूमिकामा नेवाः पत्रकारहरुको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभएको छ । संचारको आजको युगमा कुनै पनि आवाजको बलियो आधार संचार क्षेत्र नै रहेको उल्लेख गर्दै नेवार समाजको आवाजलाई दह्रो बनाउने भूमिकामा नेवाः पत्रकार सँधै अग्रसर हुनुपर्ने औंल्याउनु भयो । उहाँले स्थानीय भाषाको पत्रकारिता बलियो बनाउन स्थानीय तहको भूमिका निकै महत्वपूर्ण हुने उल्लेख गर्दै सहकार्यका लागि पहल गर्नु पर्ने बताउनु भयो । कार्यक्रमका अतिथि पत्रकार दबूका वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले काठमाडौं महानगरपालिकाले स्थानीय भाषाको प्रयोग विस्तार र विकासमा गरेको योगदानको स्मरण गर्दै अन्य स्थानीय तहले पनि यस कार्यको अनुसरण गर्दै स्थानीय पत्रकारहरुको क्षमता अभिबृद्धिमा ध्यान दिनु पर्ने बताए । कार्यक्रममा पत्रकार दबूका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले दबूले १० लाखभन्दा बढी रकमको पत्रकार स्वास्थ्योपचार कल्याण कोष स्थापना गरेको उल्लेख गर्दै शाखाको कार्यक्रममा केन्द्रको हात्तेमालो हुने कुरा राखे । कार्यक्रममा केन्द्रीय कार्यसमितिका सदस्यहरु विजयराम कर्माचार्यले नेपालभाषामा पाइने विविधता भाषाको सुन्दर पक्ष रहेको उल्लेख गर्दै यी भाषा प्रतिक्षण तथा पत्रकारिता तालिम आवश्यक रहेको औल्याए भने विराजकाजी राजोपाध्यायले जुनसुकै माध्यमबाट पत्रकारिता गरेको नेवार पत्रकारहरु दबूको सदस्य हुन सक्ने प्रकाश पारे ।
पत्रकार राष्ट्रिय दबूकाभ्रे शाखाका सल्लाहकार सुर्यप्रसाद लाकौजुले नेवार पत्रकारहरुले अन्य भाषामा समेत कलम चलाउनु पर्ने भन्दै आफ्ना महत्वपूर्ण विषयहरु अन्य भाषामा कुशलतापूर्वक प्रस्तुत गर्ने खुबी विकास गर्नुपर्ने बताए ।
स्वागत मन्तब्य राख्दै काभ्रे शाखाका उपाध्यक्ष सोमकाजी शाक्यले नेपालभाषा, लिपि प्रशिक्षण तथा क्यालेण्डर प्रकाशन शाखाको योजना रहेको बताए । कार्यक्रमको सभापति काभ्रे शाखा अध्यक्ष सिद्धिबहादुर कर्माचार्यले काभ्रेको गौरवशाली पत्रकारिता इतिहासको उल्लेख गर्दै ब्यवसायिक विकासका लागि सबैले भूमिका खेल्नु पर्ने बताए । पत्रकार राष्ट्रिय दबू काभ्रे शाखाले त्रैमासिक पत्रिका प्रकाशन गर्ने पनि उद्घोष भएको हो ।
ताजा
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबार
सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु
२०८३ जेष्ठ २९ गते, शुक्रबार
हाम्रा परम्परागत खानाको महत्व
२०८३ जेष्ठ २९ गते, शुक्रबार
फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





