आज भारतबाट दश लाख डोज खोप नेपाल आउँदै
२०७७ फाल्गुन ९ गते, आईतवार
काठमाडौँ । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोपको १० लाख डोज आइतबार काठमाडौँ आइपुग्दै छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भारतको नयाँ दिल्लीबाट एयर इन्डियाको विमान मार्फत दिउँसो साढे १ बजे खोपको १० लाख डोज आइपुग्ने छ ।
फागुन ५ गते भारतको खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमति भए अनुसार आइतबार १० लाख डोज खोप आउन थालेको हो ।
यसअघि गएको माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो । अहिले सो खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार आइपुग्ने खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने छ ।
212 Views