केपी ओलीले जनतासङ्ग माफी माग्नुपर्छ

२०७७ फाल्गुन ९ गते, आईतवार

स्याङ्जा । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री के पी शर्मा ओलीले जनता सङ्ग माफी माग्नुपर्ने बताएका छन् । नेपाल तरुण दल आधिखोला गाउपालिका स्याङ्जाद्वारा आयोजित ,“बर्तमान राजनीतिक परिस्थितिको बारेमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम“ मा बोल्दै, नेता पौडेलले, ओली सरकारले कुनै काम गर्न नसकेको, लोकतन्त्र रक्षा गर्न नसकेको, चुनावमा सम्विद्ध नेपाल बनाउने सपना देखाएर जनतालाई झुक्याएको आरोप लगाएका छन् । नेकपाको २र३ बहुमत प्राप्त सरकारले देशको नेतृत्व गर्न नसकेको उनको भनाई थियो। ।
’ लामो समयपछि आन्दोलनबाट प्राप्त लोकतन्त्र नेकपा सरकारमा गएपछि झन् धरापमा पार्दै गएको छ, ३ वर्ष सम्म कुनै ठोस परिवर्तन हुन सकेको छैन, देशका समस्याहरू दिन प्रतिदिन बढ्दै गएको छ। कोभिड को कारणले जनता अफ्ठयारोमा पर्दा पनि सरकारले कुनै योजना ल्याउन सकेन, समयमा मल उपलब्ध गराउन सकेन, चौतर्फी भ्रष्टाचार र महङ्गी मौलाएको छ । सरकारले कुनै कारवाही गर्न र भ्रष्टचार नियन्त्रण गर्न सकेन, नेकपाको पार्टी पनि असफल भइसकेको छ ’, उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै उनले भने ’ शक्ति पृथकीकरणको सिद्धांत काँग्रेसले स्थापना गरेको मुद्धा हो । यसले स्वतंत्र अदालतको परिकल्पना गरेको छ । तर, स्वतंत्र भएर फैसला गर्दै गर्दा आन्दोलनबाट प्राप्त भएको शक्ति पृथकीकरणको सिद्धांतलाई मार्न मिल्दैन । अदालतले कुल्चिने प्रयास गर्यो भने न्यायलयको दिवाल भित्र नै न्याय मर्छ । ’
केपी सरकारले गराउने चुनाव निष्पक्ष नहुने उनको तर्क थियो । असंवैधानिक कदम नसच्चिई गरेको चुनावको वैधानिकता हुँदैन । त्यो झन् असंवैधानिक हुन्छ । त्यसले क्राङ्गेश प्रस्ट हुनुपर्छ, केपी ओलीका कदम नसच्छिहिए सम्म चुनावमा जानु भनेको असंवैधानक कदमलाई सुइकार्नु हो । ओलिको तानशाही व्यवस्थालाई लोकतान्त्रिक संज्ञा दिने प्रयत्न गर्नु एउटा असत्यलाई अर्काे असत्यले ढाकछोप गर्ने प्रयत्न गर्नु हो । कांग्रेस असत्यको पछाडि उभिनु हुँदैन ।

263 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal