संघीयता र गणतन्त्र सम्मको यात्राको जननी फागुन ७ को क्रान्तिः सभापति देउवा

२०७७ फाल्गुन ७ गते, शुक्रबार

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले फागुन ७ गतेलाई काँग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा स्मरण गर्दै समस्त नेपाली दिदिबहिनी दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘७० वर्ष अघि २००७ को कात्र्तिक २६ देखि प्रारम्भ ऐतिहासिक जन–क्रान्तिले यसै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको थियो । राजनैतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्ग प्रसस्त गरेको थियो । मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश ग(यो र प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि सो दिनले निर्माण गरयो ।’
उनले समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातंन्त्रको अन्योन्याश्रीत सम्बन्ध हुँदै ०४६ को परिवर्तन र ०६२र६३ को आन्दोलन मार्फत संघीयता र गणतन्त्र सम्मको यात्राको जननी फागुन ७ को क्रान्ति नै भएको जिकिर गरेका छन् । उनले भनेका छन्, ‘अतः ऐतिहासिक त्यो घडी संभव तुल्याउने सहिदहरु एवं जननायक वीपी कोइराला लगायत अग्रज नेतृत्वप्रति उच्च श्रद्धा र सम्मान ब्यक्त गर्दछु । संसद विघटन विरुद्धको आन्दोलनमा फागुन ७ को मितिले बिशेष उर्जा सबैलाई प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।’

195 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal