सडक संर्घसबाट सर्वोच्च अदालतलाई प्रभाबित गर्न हुदैनः परिवार दल
काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले बिधिको शासन र सबैधानीक सर्वोच्तालाई आफनो पार्टीले आत्मसाथ गर्ने बताएका छन् । नेपाल परिवार दल काठमाण्डौ –गण्डकी प्रदेश सम्र्पक समितिद्धारा हिजो राजधानीमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । अध्यक्ष ढकालले बर्तमान समस्याको समाधान सम्बादबाट खोज्नु पर्ने बताउँदै सर्वोच्च अदालतमा बिचारधिन बिषयलाई सडक संर्घसबाट प्रभाबित गर्न नहुने बताए ।
उनले सर्बोच्च अदालतबाट आउने जुनसुकै निर्णलाई पनि दलहरु मान्नुपर्नेमा जोड दिए । ढकालले परिवार दल जातिय क्षेत्रीय,धार्मिक राष्ट्रबाद नभई नेपाली राष्ट्रबादको पक्षमा रहेको बताउँदै नेपाली राष्ट्रबाद भेनेको सबै जात धर्म भाषा र संस्कृतिलाई सम्मान अधिकार र समान आत्मसम्मान अनुभूति हुने खालको हो भन्दै परिवार दलको एकमात्र उदेश्य नेपाली जनताको सपना साकार पार्ने उदेश्य बोकेको बताए ।
ढकालले जुन सुकै राजनीतिक दलसँग पनि सहकार्य गरेर अव हुने निर्बाचनमा परिवार दल सहभागि हुने बताउदै पुराना राजनैतिक दलहरुले जनतालाई पटक पटक धोका दिएकाले अब बैकल्पिक शक्ति निर्माण गर्नु पर्नेमा जोड दिए ।
दलका महामन्त्री बिनोद डाँगीले जहाँ जनता समस्यामा छन् ती ठाउँमा परिवार दल पुगेको बताउँदै परिवार दलको सदस्य बन्न जेल बसेको योग्यता नभई समाजसेवा गरेको योग्यता हुनुपर्नेमा जोड दिए । उनले परिवार दल भुकम्प,शितलहर, बाढीपिडित तथा कोभिड महामारीको बेला सहयोग लिएर जनताको घर दैलोमा पुगेको बताए ।
परिवार दलका प्रवत्ता सन्तोष कुमार पौडेलले जनतालाई सडकमा ल्यायर शक्ति प्रदर्शन गदैमा कुनै राजनीतिक दल ठूलो नहुने बताउँदै ठूला राजनीतिक दलले जनताकाृ आशा भरोसा, सयम र सपना माथी खेलवार्ड गरेको आरोप लगाए । दलकी कोषाध्यक्ष एवम् संविधान सभा सदस्य मिलन कुमारी राजबंशीले नेपाली जनताले असल नेतृत्व छनौट गर्ने बेला आएको बताउदै पार्टीले बोकेको बिचार सिद्धान्त र नेतृत्वलाई हेरेर मत दिन आँवहान गरिन ।
दलका केन्द्रीय सदस्य एवम गण्डकी प्रदेशका संयोजक प्रकाशबाबु थापाको सभापतिमा भएको कार्यक्रमा दलका केन्द्रीय सदस्य गणेश कुमार श्रेष्ठ गोबिन्द मिश्र, लक्ष्मी भण्डारी, मनोज सुर्खेती,सन्त बहादुर पन्त, अनिल भण्डारी बुद्धिमाया पुन मगर, पियारत्न महर्जन लगायत सहभागी रहको थियो । भेलाले नेपाल परिवार दल काठमाण्डौ –गण्डकी प्रदेश सम्र्पक समितिको संयोजकमा टिकाराज बिश्वकर्मालाई चयन गरेको छ । बिश्वकर्मा लामो समयदेखि समाजसेवामा क्रियाशिल रहेका छन् । भेलामा गण्डकी प्रदेशबाट काठमाण्डौमा आई बिभिन्न पेशा ब्यबसाय गरेर बसोबास गरेका दजनौ ब्यातिहरुको सहभागिता रहेको थियो ।
परिवार दलले कलाकारलाई ग¥यो सम्मान
नेपाल परिवार दलले लामो सयदेखि कला क्षेत्रमा क्रियाशील कलाकारहरुलाई सम्मान गरिएको छ । दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले उनीहरुलाई सम्मान गरेका हुन् । यसरी सम्मानीत हुनेहरुमा बरिष्ठ गायक आनन्द कार्की संगितकार शिखर सन्तोष, गीतकार सुमन बैरागी, कबि तथा गितकार राम बहादुर बिष्ट, गायिका सबिना कार्की, गायक राज सागर लोक दोहरी प्रतिष्ठान गोरखाका सचिव गायक हरिराम परियार कलाकार प्रज्वल गौतम,उरुषा जोशी लगायत रहेका छन् । कलाकारिता क्षेत्रमा पुरयाएको योदानलाई कदर गदै परिवार दलले उनीहरुलाई सम्मान गरेको हो ।
ताजा
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने
२०८३ जेष्ठ २८ गते, बिहीबार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३ जेष्ठ २८ गते, बिहीबार
‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार
२०८३ जेष्ठ २८ गते, बिहीबार
संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण
२०८३ जेष्ठ २८ गते, बिहीबार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवार
महावीर पुन मन्त्री बन्दै
२०८३ जेष्ठ २६ गते, मंगलवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





