आजबाट साताव्यापी पूर्वी तराईको भ्रमणमा रामचन्द्र पौडेल
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आजदेखि पूर्वी तराईका विभिन्न जिल्लाको भ्रमणमा निस्किएका छन् । पौडेलले पूर्वी तराईका जिल्लाको भ्रमणका लागि आजै विहान सवा ८ बजे बुद्ध एयरको विमानबाट विराटनगर प्रस्थान गरेका हुन् । पौडेल फागुन ७ गतेदेखि १३ गतेसम्म पूर्वी र मध्य तराईका जिल्लाको भ्रमण गर्न कार्यक्रम तय भएको उनका निजी सहयोगी चिरन्जीवी अधिकारीले जानकारी दिए ।
पौडेल आज सुनसरीको धरान पुग्ने छन् । पौडेलले धरान उपमहानगरपालिका कार्यक्रममा सहभागि भएपछि सोहि उपमहानगरपालिका निर्माण भएको वीपी पार्कको उदघाटन गर्ने कार्यक्रम रहेको छ । फागुन ८ गते सुनसरीको सदरमुकाम इनरुवामा विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
यस्तै पौडेलले फागुन ९ गते इटहरीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । इटहरीमा भेटघाट सकेर पौडेल फागुन ९ गते नै सप्तरीको राजविराज पुग्ने छन् । फागुन १० गते सप्तरीका सबै निर्वाचन क्षेत्रमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने छन् । सिरहा र सप्तरीको सबै कार्यक्रममा हुलाकी राजमार्ग क्षेत्रमा केन्द्रीत हुने बताइएको छ । सप्तरीमा विभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रवेश गर्नेलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । सिरहामा पौडेलले फागुन ११ गते आयोजित सिरहाका सबै निर्वाचन क्षेत्रमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै फागुन १२ गते पौडेलले धनुषामा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पौडेल प्रदेश १ र प्रदेश २ का विभिन्न जिल्लाहरुमा आयोजित आमसभालाई सम्बोधन गरी फागुन १३ गते काठमाडौं फिर्ता हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । पौडेलले सोही क्षेत्रका जिल्ला दौडाहा गर्नुलाई चासोका साथ हेरिएको छ । बिहीबार २०७८ भदौ दोस्रो साताका लागि चौधौं महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक भएपछि उनी जिल्ला भ्रमणमा निस्किएका छन् ।
ताजा
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबार
‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र ‘बखत्ते’को शुभमुहूर्त
२०८३ आश्विन ३ गते, शनिबार
प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र चंगुलको ट्रेलर रिलिज
२०८३ आश्विन ३ गते, शनिबार
भूपेशको ‘मेरी आमा’ सार्वजनिक
२०८३ आश्विन ३ गते, शनिबार
आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै
२०८३ आश्विन ३ गते, शनिबार
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
२०८३ आश्विन २ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





