बर्दियामा कांग्रेस प्रवेश गर्नेको लहर चल्यो

२०७७ माघ २४ गते, शनिबार

बर्दिया । बर्दियामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सहित विभिन्न दल परित्याग गरेर ३९ जना कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. गोपाल दहितसहितका नेताहरूले पार्टीमा स्वागत गरेको कांग्रेसका युवा नेता एवम् संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले जानकारी दिएका छन् । नेपाली कांग्रेसका अधिकाँश नेताहरूले नेकपा अधिनायकवाद ल्याउन सक्रिय भएर लागेको बताएका छन् । उनीहरूले कम्युनिस्टहरूको उदेश्यलाई कांग्रेसले अवरोध सिर्जना गर्ने बताएका छन् ।
बर्दियाको ठाकुरबाबा नगरपालिका– ३ मा नेपाली कांग्रेसको वडा कार्यसमितिले शुक्रबार आयोजना गरेको क्रियाशील कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्ने क्रममा नेताहरूले कम्युनिस्टहरूको व्यक्तिवादी स्वार्थले देश समस्यामा परेको बताए । उनीहरूले कम्युनिस्टहरूकै कारण बेथिति बढेर गएको बताएका छन् ।
वडा नं. ३ का सभापति विष्णु थापाको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य डा.गोपाल दाहितले कांग्रेस कमजोर हुँदा राष्ट्रियता र लोकतन्त्र संकटमा परेको बताए ।
कम्युनिस्टहरूले कहिल्यै पनि देश र जनताको हित नचाहने डा.दहितले बताएका छन् । केन्द्रीय सदस्य डा।दहितले कम्युनिस्टहरू मुलुकबाट असफल भएर तनको बाटोमा गएको बताए ।
बर्दिया कांग्रेसका सभापति सञ्जयकुमार गौतमले कम्युनिस्टहरूको अहँकार र व्यक्तिवादी चरित्रका कारण जनताको जनप्रतिनिधि संस्था भङ्ग गरिएको बताए । कम्युनिस्टहरूले जनताको अधिकारलाई सधैँ खोस्ने कार्य गरेको उनले बताए ।
कांग्रेसका युवा नेता जन्मजय तिमिल्सिनाले पार्टीका शीर्ष नेताहरूलाई गाली गर्न नहुने बताए । ‘शीर्ष नेताहरूलाई मिलेर जानका लागि हामीले दवाव दिनुपर्छ’, उनले भने, ‘ठूला नेताहरूलाई गाली मात्रै गरेर हुँदैन । कुनै समस्या छ भने घरभित्र समाधान गर्नुपर्छ ।’
कम्युनिस्टहरूले दुईतिहाइ बहुमत पाउँदा पनि सरकार चलाउन नसकेर संसद विघटन गरेको बताएका तिमिल्सिनाले लोकतन्त्रको रक्षा कांग्रेसले गर्ने बताए ।

521 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal