कांग्रेसले आज ७७ जिल्लामा विरोध प्रदर्शन गर्दै

२०७७ माघ २४ गते, शनिबार

काठमाडौं,। आज नेपाली कांग्रेसले आज ७७ जिल्लामा विरोध प्रदर्शन गर्दैछ ।
प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भएको भन्दै कांग्रेसका शुभेच्छुक संस्थाहरूले शनिबार देशभर विरोध प्रर्दशन गर्न लागेको सह–महामन्त्री डा.प्रकाश शरण महतले जानकारी दिएका छन् ।
ओलीको असंवैधानिक कदमविरुद्ध ७७ जिल्लामा विरोध प्रर्दशन गर्न लागेको डा.महतले बताए । नेपाल ट्रेड यूनियन कांग्रेससहित १८ शुभेच्छुक संस्थाले विरोध प्रर्दशन गर्नेछन् ।
शनिबार मध्यान्ह १२ बजे देखि १२ः३० बजेसम्म देशका ७७ वटै जिल्लामा मानव साङ्लोसहित प्रर्दशन गरिने डा.महतले बताए ।
काठमाडौंको टुँडिखेल आसपासमा कालोपट्टीसहित मानव साङ्लो निर्माण गरिनेछ । विरोधका लागि कालो मास्क प्रयोग गरिने कांग्रेसको शुभेच्छुक संस्थाहरूले जनाएका छन् ।
कांग्रेसले प्रधानमन्त्री ओलीद्वारा संसद भङ्ग गरेपछि असंवैधानिक भनेर विरोध गर्दै आएको छ । कांग्रेसले निरन्तर प्रदर्शनहरू गर्दै आएको छ ।

259 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal