भागरथीको मृत्युले गाउँ शोकमा, परिवारले शव बुझ्न मानेन

२०७७ माघ २५ गते, आईतवार

बैतडी । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव फेला परेपछि पालिका नै शोकमा डुबेको छ।
बुधबार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्नेक्रममा बिहीबार साँझ स्थानीय लबलेक जङ्गलमा शव फेला परेको थियो।

चडेपानीका केशब भट्टले अकल्पनीय घटना भएको बताए। गाउँकी छोरीको हत्या भएपछि गाउँ नै शोकमग्न भएको अर्का स्थानीय शङ्करदत्त भट्टको भनाइ छ । उनले भने, “विद्यालयबाट फर्किने बेला घटना भएको छ, यस घटनाले आफ्नो छोरी चेलीहरूलाई विद्यालय पठाउनसमेत मुस्कील भएको छ ।”
किशोरीका बुबाको दुई महिना अघिमात्रै मृत्यु भएको थियो । मृतकका दाजु रोजगारीको सिलसिलामा भारतको दिल्लीमा छन् । काखको छोरी गुमाउँदा आमा द्रोपती भट्ट निकै पीडामा रहेकी छिन्। श्रीमान् बितेको पीडामै रहेका द्रोपतीलाई सन्तान गुमाउँदाको पीडाले झनै थिचेको हो ।

भागरथी विभत्स अवस्थामा फेला परेकीले बलात्कार गरी हत्या गरिएको आशङ्का आफन्तको छ । कपडा च्यातिएको, शरीरमा निलडाम, घाउ, यौनाङ्गमा रगत, घाँटी निमोठेको अवस्थामा शव फेला परेकाले बलात्कारपछि हत्या भएको मृतकका काका शिवराज भट्टले बताए।
भागरथीको शव परीक्षण सम्पन्न भए पनि परीक्षणको रिपोर्ट एक दुई दिनभित्रै आउने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले जानकारी दिए।
किशोरीको शव भने नबुझेको भागरथीका काका शिवराज भट्टले जानकारी दिए। उनले भने, “अपराधी पत्ता लागेको छैन, शव परीक्षण गरिएको भए पनि हामीले बुझेका छैनौँ ।”
किशोरीको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुमानअनुसार प्रहरीले घटना भएको क्षेत्रमा सो दिन हिडडुल गर्नेलाई सोधपुछ गरिहेको छ ।
घटना शङ्कास्पद रहेकाले खोचलेक–चडेपानी सडकखण्डमा बुधबार बिहीबार कुनकुन सवारी साधन सञ्चालन भएका थिए । ती सवारी साधनमा आवतजावत गर्ने व्यक्तिहरूलाई पनि सोधपुध भइरहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले बताए।
उनले भने, “किशोरीका गाउँका विद्यार्थी, सँगै पढ्ने सहपाठीहरूलाई पनि सोधपुध गरिरहेका छौँ ।”

घटनालाई गम्भीररुपमा लिएकोले अनुसन्धानलाई पनि तीव्र बनाएको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छुट्टै प्रहरी टोली जिल्ला पुगेर काम थालिसकेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा प्रहरी टोली पुगेर काम थालिरहेको हो ।
यस घटनाको अनुसन्धानमा सघाउन एसएसपीको नेतृत्वमा छुट्टै प्राविधिक टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक ९डिएसपी०लाई खटाई अनुसन्धानमा प्राविधिक सहयोगका लागि छुट्टै टोली खटाइएको हो ।
यसका साथै धनगढीबाट तालिमप्राप्त कुकुर मगाएर पनि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
भागरथीले प्रयोग गरेको मोबाइल पनि भेटिएकोले अनुसन्धानमा थप सहज भइरहेको प्रहरीको भनाइ छ । मोबाइल भेटिएपछि कल डिटेललगायत गरेर अनुसन्धान जारी छ । (रासस)

239 Views

ताजा

डा. डीआर उपाध्यायका डेढ सय बढी कीर्तिमान

२०८० चैत्र २३ गते, शुक्रबार

डा. डीआर उपाध्यायका डेढ सय बढी कीर्तिमान

२०८० चैत्र २३ गते, शुक्रबार

गायक राजेशपायल राईको सम्बन्ध विच्छेद

२०८० चैत्र २३ गते, शुक्रबार

नर्सिङ कलेजमा अध्ययनरत छात्रा ५ तलाबाट हाम फालेर मृत्यु

२०८० चैत्र २३ गते, शुक्रबार

फरवार्ड माइक्रोफाइनान्सद्वारा मृत्यु दावी बीमाको १० लाख भुक्तानी

२०८० चैत्र २३ गते, शुक्रबार

मादकपदार्थको नशामा शैक्षिक सुदृढीकरणको रन्को

२०८० चैत्र २३ गते, शुक्रबार

नेपाली लघुचलचित्र ‘पाउलो’ भारतको चलचित्र महोत्सवको नोमिनेशनमा

२०८० चैत्र २३ गते, शुक्रबार

गीतकार तारा अधिकारीको ‘जे पायो त्यही’ को म्युजिक भिडियो सार्बजनिक (भिडियोसहित)

२०८० चैत्र २३ गते, शुक्रबार

चलचित्र ‘डम्बरे’को छायाँकन शुरु

२०८० चैत्र २३ गते, शुक्रबार

मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेश पायल राई पक्राउ

२०८० चैत्र २२ गते, बिहीबार

अध्यक्षको राजीनामा माग गर्दै गोरखापत्र संस्थानका कर्मचारी आन्दोलित

२०८० चैत्र २२ गते, बिहीबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal