एनसेलले ल्यायो भारत कल गर्न सुलभ दरका भ्वाइस प्याकहरु

२०७७ माघ २० गते, मंगलवार

काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथिभाइसँग कुरा गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो विन्टर अफर अन्तर्गत लोकल दरमा नै भारत कल गर्न पाइने गरी दैनिक र ३ दिने सहुलियत प्याक गरी दुई वटा भ्वाइस प्याकहरु ल्याएको छ ।
यो अफर एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ ।
दैनिक भ्वाइस प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र रु २५ मा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथिभाइ वा व्यापार व्यावसायका समकक्षीसँग कुनै पनि भारतीय नम्बरमा १० मिनेट कल गर्न सक्छन् । दैनिक प्याक सुचारु भएपछि २४ घण्टासम्म यसको समयसिमा रहन्छ ।
यो भ्वाइस प्याक खरिद गर्न प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ एस्ट्रिक्स १ ह्यास डायल गर्न सक्छन् ।
त्यस्तैगरी विन्टर अफर अन्तर्गत प्रिपेड ग्राहकका लागि ३ दिने सहुलियत दरको भ्वाइस प्याक पनि रहेको छ । तीन दिनको समयसिमा रहेको यो भ्वाइस प्याक ग्राहकले कर सहित मात्र रु १४ मा खरिद गर्न सक्छन् र मात्र रु १।९९ प्रति मिनेट ९कर सहित रु २।५४ प्रति मिनेट० को दरमा भारत कल गरी आफ्ना परिवारका सदस्य तथा साथिभाइसँग सम्पर्कमा रही रहन सक्छन् ।
भ्वाइस प्याक बिना भारत कल गर्दा विद्यमान शुल्क रु २।९९ प्रति मिनेट ९कर सहित रु ३।८२ प्रति मिनेट० रहेको छ । प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ एस्ट्रिक्स २ ह्यास डायल गरी यो भ्वाइस प्याक सजिलै सुचारु गर्न सक्छन् ।
आफ्ना ग्राहकलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताअनुरूप यो योजना ल्याइएको कम्पनीले जनाएको छ । भारतमा रहेका परिवारजन, आफन्त, साथीभाइ वा व्यापार व्यावसायसँग सम्बन्धित समकक्षीहरूसँग सुलभ दरमा कुरा गर्न सकिने गरी प्रिपेड ग्राहकका लागि भ्वाइस प्याक ल्याउन पाएकोमा निकै हर्षित रहेको कम्पनीले जनाएको छ ।

550 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal