व्यवस्था होइन ओली खराब हुन्ः पाण्डे
काठमाडौँ । क्रान्तिकारी पत्रकार संगठन नेपालले ‘वर्तमान राजनीतिक संकटको कारण व्यवस्था कि शासक’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिकांश बक्ताहरुले अहिलेको राजनीतिक संकटमा व्यवस्था प्रमुख रहेको बताएका छन् । उनीहरुले संसदीय व्यवस्थामा देखिएको संकट व्यक्तिमार्फत व्यक्त भएको बताए ।
नेकपा ९क्रान्तिकारी माओवादी०का वरिष्ठ नेता सीपी गजुरेलले ओलीले संविधानमा नभएकै धारामा टेकेर संसद विघटन गरेको बताएका छन् । आफ्नै पार्टीका नेताहरुले अविश्वास प्रस्ताव पेश गर्ने भइसकेपछि प्रधानमन्त्री पद जोगाउन ओलीले जबरजस्तीको धारा बनाएर संसद विघटन गरेको बताए ।
नेता गजुरेलले पुस पाँच गतेभन्दा अगाडि यही संसदबाट कायापलट हुने बताउँदै आएका नेताहरु नै अहिले आन्दोलन अपरिहार्य भएको भन्दै सडकमा आएको बताए ।
नेता गजुरेलले व्यवस्थाको प्रतिगमनलाई अग्रगमनले मात्रै परास्त गर्न सक्ने बताए । यथास्थितिमा संसद पुनः स्थापन गरेर परिवर्तन नहुने भन्दै गजुरेलले अग्रगामी शान्तिपूर्ण निकासको लागि छलफल गर्न सबै तयार हुनुपर्ने बताए ।
नेपालको राजनीतिक बाह्य शक्तिको हातमा गइसकेको बताउँदै प्रधानमन्त्री ओलीले चुनाव गर्न नसक्ने दाबी गरे । “यही संसद् र सरकारबाट समाजवाद आउने भन्नेहरु अहिले सडकमा आएका छन् । अहिले भन्दैछन्, आन्दोलन विकल्प छैन, पाँच गतेभन्दा अगाडिसम्म यही संसद र सरकारबाट समाजवाद आउने भन्नेहरु अहिले सडकमा छन्, अब नयाँ ढंगले नसोँचे उनीहरुको आन्दोलन टुंगोमा पुग्दैन” गजुरेलले भने ।
ओलीले आफू फेरि पनि प्रधानमन्त्री हुनलाई ताजा जनादेश भनेको बताउँदै अहिलेकै व्यवस्थामा जो आएपनि जनताका समस्या हल नहुने बताए ।
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को प्रचण्ड–नेपाल पक्षका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली खराब भएकोले अहिलेको राजनीतिक संकट पैदा भएको बताएका छन् ।
पाण्डेले व्यक्ति र व्यवस्था एक अर्काका परिपूरक भएको बताउँदै व्यक्तिका कारण ठूलाठूला परिवर्तन र प्रतिगमन पनि भएको बताए । पूर्वअर्थमन्त्री समेत रहेका नेता पाण्डेले प्रधानमन्त्री ओली खराब पात्र भएकोले संविधानमाथि नै धावा बोलेर प्रतिगामी यात्रा सुरु गरेको बताए ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सत्ता स्वार्थको लागि ९नेकपा०का दुबै पक्ष लागेको बताए । उनले कुर्सी बचाउन ओलीले संसद् विघटन गरेको र कुर्सीकै लागि प्रचण्ड–माधव कुमार नेपाल सडकमा निस्किएको आरोप लगाए । “यो कुर्सीको लागि भइरहेको छ । बाँडीचुडी खाने बेलासम्म दुबै समूह तैचुपमैचुप थिए तर ओलीले आफूले मात्रै खान थालेपछि विवाद सुरु भएको हो” कट्टेलले भने । उनले संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था भएको बताउँदै त्यसको लागि संघर्ष गर्नुपर्ने बेला आएको बताए ।
वैज्ञानिक समाजवादी पार्टीका संयोजक विश्भक्त दुलाल ‘आहुती’ व्यवस्थामा आएको संकट व्यक्तमार्फत अभिव्यक्त भएको भन्दै संसदीय व्यवस्था असफल सिद्ध भइसकेको बताए । संसद् विघटन जनताको लागि नभएर प्रचण्ड–माधव कुमार नेपालहरुको लागि भएको र जनताको लागि कुनै संकट नभएको बताए ।
संयोजक आहुतीले संसदीय व्यवस्थामा जनता जहिले पनि संकटमै रहेको बताउँदै यसको विकल्पमा नयाँ व्यवस्था स्थापना नभएसम्म यस्तै भइरहने बताए ।
नेपाली काँग्रेसका युवा नेता रामहरि खतिवडाले संसदीय व्यवस्था नभएर केपी ओली खराब भएका कारण अहिलेको राजनीतिक संकट देखा परेको बताए । उनले शासन गर्ने व्यक्ति खराब भएकै कारण संसदीय व्यवस्थामाथि प्रश्न उठेको र जनताले दुःख पाएको बताए ।
संविधान बन्न नदिने र संविधान बनेपछि गृहमन्त्री बन्ने बादल प्रवृतिका कारण देश र जनताले दुःख पाइरहेको खतिवडाले बताए । भ्रष्टाचार र कमिसनमा कुरा नमिलेकै कारण ९नेकपा० भित्र विवाद सुरु भएको आरोप समेत खतिवडाले लगाए ।
प्रा।डा। सुरेन्द्र केसीले परिवर्तनको नेताहरुले दुरुपयोग गरेकोले देश र जनताले दुःख पाइरहेको बताए । नेपालमा व्यवस्था भन्दा नेता बढी दोषी रहेको बताए । नेताहरुका आचरणकै कारण जनताले परिवर्तनको अनुभूति गर्न नपाएको बताए ।
नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष कर्णजीत बुढाथोकी ‘शुसील’ ले संसद पुनःस्थान र चुनाव निकास नभएको भन्दै राजनीतिक जनपरामर्श सम्मेलन गर्नुपर्ने बताए । यसमा संसदभित्र रहेका र नेकपा महासचिव विप्लव पनि सहभागी भएर नयाँ निकासको लागि छलफल गर्नुपर्ने बताए । जनयुद्ध र जनआन्दोलनमा गरेको बलिदानले आएको परिवर्तनलाई आफ्नो व्यक्तिगत स्वार्थमा प्रयोग गरेकोले समस्या भएको बताएका छन् । नेताहरुका कारण पार्टीहरु विभाजित हुने गरेको बताउँदै शुसीलले नयाँ प्रणालीमा विकास गर्नुपर्ने बताए ।
संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था हुने बताउँदै त्यसको लागि जति ठूलो बलिदान गर्न फेरि जनता तयार हुने बताए ।
लेखक तथा राजनीतिक विश्लेषक कुमार शाहले अरुले लादेको विषय मात्रै अंगाल्दा समस्या देखिएको भन्दै नयाँ बहस र छलफल गर्नुपर्ने धारणा राखे । संसद् पुनःस्थापना र चुनावमा गएपनि एउटै भएको हुनाले व्यवस्थामा कहाँ कमजोरी रहे भन्नेमा छलफल गर्नुपर्ने बताए । उनले संसदीय व्यवस्थामा व्यक्तिवाद हावि हुने गरेको बताए ।
कार्यक्रममा पत्रकार कमल बुढाले अहिलेको राजनीतिक संकट व्यवस्थाका कारण निम्तिएको बताउँदै त्यसको विकल्प खोज्न दलहरुलाई सुझाव दिए ।
कार्यक्रमको अध्यक्षता संगठनका उपाध्यक्ष जन्मदेव जैसीले गरेका थिए भने संचालन महासचिव बाबुराम भुसालले गरेका थिए ।
ताजा
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित
२०८३ जेष्ठ २१ गते, बिहीबार
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
२०८३ जेष्ठ २१ गते, बिहीबार
आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा
२०८३ जेष्ठ २१ गते, बिहीबार
हिन्दुधर्म विश्वको पुरानो धर्म
२०८३ जेष्ठ २० गते, बुधबार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





