व्यवस्था होइन ओली खराब हुन्ः पाण्डे

२०७७ माघ १८ गते, आईतवार

काठमाडौँ । क्रान्तिकारी पत्रकार संगठन नेपालले ‘वर्तमान राजनीतिक संकटको कारण व्यवस्था कि शासक’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिकांश बक्ताहरुले अहिलेको राजनीतिक संकटमा व्यवस्था प्रमुख रहेको बताएका छन् । उनीहरुले संसदीय व्यवस्थामा देखिएको संकट व्यक्तिमार्फत व्यक्त भएको बताए ।
नेकपा ९क्रान्तिकारी माओवादी०का वरिष्ठ नेता सीपी गजुरेलले ओलीले संविधानमा नभएकै धारामा टेकेर संसद विघटन गरेको बताएका छन् । आफ्नै पार्टीका नेताहरुले अविश्वास प्रस्ताव पेश गर्ने भइसकेपछि प्रधानमन्त्री पद जोगाउन ओलीले जबरजस्तीको धारा बनाएर संसद विघटन गरेको बताए ।
नेता गजुरेलले पुस पाँच गतेभन्दा अगाडि यही संसदबाट कायापलट हुने बताउँदै आएका नेताहरु नै अहिले आन्दोलन अपरिहार्य भएको भन्दै सडकमा आएको बताए ।
नेता गजुरेलले व्यवस्थाको प्रतिगमनलाई अग्रगमनले मात्रै परास्त गर्न सक्ने बताए । यथास्थितिमा संसद पुनः स्थापन गरेर परिवर्तन नहुने भन्दै गजुरेलले अग्रगामी शान्तिपूर्ण निकासको लागि छलफल गर्न सबै तयार हुनुपर्ने बताए ।
नेपालको राजनीतिक बाह्य शक्तिको हातमा गइसकेको बताउँदै प्रधानमन्त्री ओलीले चुनाव गर्न नसक्ने दाबी गरे । “यही संसद् र सरकारबाट समाजवाद आउने भन्नेहरु अहिले सडकमा आएका छन् । अहिले भन्दैछन्, आन्दोलन विकल्प छैन, पाँच गतेभन्दा अगाडिसम्म यही संसद र सरकारबाट समाजवाद आउने भन्नेहरु अहिले सडकमा छन्, अब नयाँ ढंगले नसोँचे उनीहरुको आन्दोलन टुंगोमा पुग्दैन” गजुरेलले भने ।
ओलीले आफू फेरि पनि प्रधानमन्त्री हुनलाई ताजा जनादेश भनेको बताउँदै अहिलेकै व्यवस्थामा जो आएपनि जनताका समस्या हल नहुने बताए ।
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को प्रचण्ड–नेपाल पक्षका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली खराब भएकोले अहिलेको राजनीतिक संकट पैदा भएको बताएका छन् ।
पाण्डेले व्यक्ति र व्यवस्था एक अर्काका परिपूरक भएको बताउँदै व्यक्तिका कारण ठूलाठूला परिवर्तन र प्रतिगमन पनि भएको बताए । पूर्वअर्थमन्त्री समेत रहेका नेता पाण्डेले प्रधानमन्त्री ओली खराब पात्र भएकोले संविधानमाथि नै धावा बोलेर प्रतिगामी यात्रा सुरु गरेको बताए ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सत्ता स्वार्थको लागि ९नेकपा०का दुबै पक्ष लागेको बताए । उनले कुर्सी बचाउन ओलीले संसद् विघटन गरेको र कुर्सीकै लागि प्रचण्ड–माधव कुमार नेपाल सडकमा निस्किएको आरोप लगाए । “यो कुर्सीको लागि भइरहेको छ । बाँडीचुडी खाने बेलासम्म दुबै समूह तैचुपमैचुप थिए तर ओलीले आफूले मात्रै खान थालेपछि विवाद सुरु भएको हो” कट्टेलले भने । उनले संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था भएको बताउँदै त्यसको लागि संघर्ष गर्नुपर्ने बेला आएको बताए ।
वैज्ञानिक समाजवादी पार्टीका संयोजक विश्भक्त दुलाल ‘आहुती’ व्यवस्थामा आएको संकट व्यक्तमार्फत अभिव्यक्त भएको भन्दै संसदीय व्यवस्था असफल सिद्ध भइसकेको बताए । संसद् विघटन जनताको लागि नभएर प्रचण्ड–माधव कुमार नेपालहरुको लागि भएको र जनताको लागि कुनै संकट नभएको बताए ।
संयोजक आहुतीले संसदीय व्यवस्थामा जनता जहिले पनि संकटमै रहेको बताउँदै यसको विकल्पमा नयाँ व्यवस्था स्थापना नभएसम्म यस्तै भइरहने बताए ।
नेपाली काँग्रेसका युवा नेता रामहरि खतिवडाले संसदीय व्यवस्था नभएर केपी ओली खराब भएका कारण अहिलेको राजनीतिक संकट देखा परेको बताए । उनले शासन गर्ने व्यक्ति खराब भएकै कारण संसदीय व्यवस्थामाथि प्रश्न उठेको र जनताले दुःख पाएको बताए ।
संविधान बन्न नदिने र संविधान बनेपछि गृहमन्त्री बन्ने बादल प्रवृतिका कारण देश र जनताले दुःख पाइरहेको खतिवडाले बताए । भ्रष्टाचार र कमिसनमा कुरा नमिलेकै कारण ९नेकपा० भित्र विवाद सुरु भएको आरोप समेत खतिवडाले लगाए ।
प्रा।डा। सुरेन्द्र केसीले परिवर्तनको नेताहरुले दुरुपयोग गरेकोले देश र जनताले दुःख पाइरहेको बताए । नेपालमा व्यवस्था भन्दा नेता बढी दोषी रहेको बताए । नेताहरुका आचरणकै कारण जनताले परिवर्तनको अनुभूति गर्न नपाएको बताए ।
नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष कर्णजीत बुढाथोकी ‘शुसील’ ले संसद पुनःस्थान र चुनाव निकास नभएको भन्दै राजनीतिक जनपरामर्श सम्मेलन गर्नुपर्ने बताए । यसमा संसदभित्र रहेका र नेकपा महासचिव विप्लव पनि सहभागी भएर नयाँ निकासको लागि छलफल गर्नुपर्ने बताए । जनयुद्ध र जनआन्दोलनमा गरेको बलिदानले आएको परिवर्तनलाई आफ्नो व्यक्तिगत स्वार्थमा प्रयोग गरेकोले समस्या भएको बताएका छन् । नेताहरुका कारण पार्टीहरु विभाजित हुने गरेको बताउँदै शुसीलले नयाँ प्रणालीमा विकास गर्नुपर्ने बताए ।
संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था हुने बताउँदै त्यसको लागि जति ठूलो बलिदान गर्न फेरि जनता तयार हुने बताए ।
लेखक तथा राजनीतिक विश्लेषक कुमार शाहले अरुले लादेको विषय मात्रै अंगाल्दा समस्या देखिएको भन्दै नयाँ बहस र छलफल गर्नुपर्ने धारणा राखे । संसद् पुनःस्थापना र चुनावमा गएपनि एउटै भएको हुनाले व्यवस्थामा कहाँ कमजोरी रहे भन्नेमा छलफल गर्नुपर्ने बताए । उनले संसदीय व्यवस्थामा व्यक्तिवाद हावि हुने गरेको बताए ।
कार्यक्रममा पत्रकार कमल बुढाले अहिलेको राजनीतिक संकट व्यवस्थाका कारण निम्तिएको बताउँदै त्यसको विकल्प खोज्न दलहरुलाई सुझाव दिए ।
कार्यक्रमको अध्यक्षता संगठनका उपाध्यक्ष जन्मदेव जैसीले गरेका थिए भने संचालन महासचिव बाबुराम भुसालले गरेका थिए ।

212 Views

ताजा

डा. डीआर उपाध्यायका डेढ सय बढी कीर्तिमान

२०८० चैत्र २३ गते, शुक्रबार

डा. डीआर उपाध्यायका डेढ सय बढी कीर्तिमान

२०८० चैत्र २३ गते, शुक्रबार

गायक राजेशपायल राईको सम्बन्ध विच्छेद

२०८० चैत्र २३ गते, शुक्रबार

नर्सिङ कलेजमा अध्ययनरत छात्रा ५ तलाबाट हाम फालेर मृत्यु

२०८० चैत्र २३ गते, शुक्रबार

फरवार्ड माइक्रोफाइनान्सद्वारा मृत्यु दावी बीमाको १० लाख भुक्तानी

२०८० चैत्र २३ गते, शुक्रबार

मादकपदार्थको नशामा शैक्षिक सुदृढीकरणको रन्को

२०८० चैत्र २३ गते, शुक्रबार

नेपाली लघुचलचित्र ‘पाउलो’ भारतको चलचित्र महोत्सवको नोमिनेशनमा

२०८० चैत्र २३ गते, शुक्रबार

गीतकार तारा अधिकारीको ‘जे पायो त्यही’ को म्युजिक भिडियो सार्बजनिक (भिडियोसहित)

२०८० चैत्र २३ गते, शुक्रबार

चलचित्र ‘डम्बरे’को छायाँकन शुरु

२०८० चैत्र २३ गते, शुक्रबार

मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेश पायल राई पक्राउ

२०८० चैत्र २२ गते, बिहीबार

अध्यक्षको राजीनामा माग गर्दै गोरखापत्र संस्थानका कर्मचारी आन्दोलित

२०८० चैत्र २२ गते, बिहीबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal