दृष्टिविहीन अमिट केसीले चैत्र २८ गते सगरमाथा आरोहण गर्ने

२०७७ माघ १८ गते, आईतवार

काठमाडौं । दृष्टिविहीन अमिट केसीले आगामी चैत्र २८ गते सगरमाथा आरोहण गर्ने भएका छन् । स्थायी घर बाग्लुङको जैमिनी नगरपालिका–४ फर्कुवाका केसीले सगरमाथा आरोहणको सम्पूर्ण तयारी पूरा भएपनिआर्थिक अभावमा परेकोले सहयोगी मनहरुलाई सहयोग गरिदिन अपिल गरेका छन् ।
आज रिपोर्टर्स क्लब नेपालमा दृष्टिविहीन अमिट केसी सगरमाथा आरोहण अभियानको घोषणा–२०२१ ले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । कार्यक्रममा पूर्व सिडिओ कैलाशनाथ खरेल, समाजसेवी ईन्दिरा राना, सरस्वती क्याम्पसका सह–प्राध्यापक चन्द्रबहादुर केसी, अपांगता मैत्री समाजका अध्यक्षका शिलाल श्रेष्ठ सहभागी थिए । उनीहरुले केसीलाई सफल सगरमाथा आरोहणका लागि शुभकामनादिए ।
कार्यक्रममा बोल्दै केसीले लायन्स क्लब ईन्टरनेश्नल सय वर्ष पुगेको अवसरमाआफूले सन् २०१७माक्लबको झण्डा बोकेर सगरमाथा आरोहणमा गएको तरचौथो आधार शिविरमा पुगेर अग्सिजन समाप्त भएर फर्किएको सुनाए । उनले भने– ‘मैले त्यतिवेला पनि सगरमाथाको सपना त्यहीँ छोडेर शरिर लिएर फर्केको छु भनेको थिएँ । मैले त्यतिवेला पनि पूनःआउने भनेको थिए । अहिले सगरमाथा चढ्ने तयारी पूरा भयो । मानसिक रुपमातयारी अवस्थामा भएपनि ार्थिक अभावको कारणले यो अभियान संकटमा छ ।’ उनले यो अभियान सफल पार्नको लागि आर्थिक सहयोग गर्न आग्रह सबैमा आग्रह गरेका छन् ।

363 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal