संवैधानिक संकट शुरु

२०७७ माघ ११ गते, आईतवार

पौष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेपछि संवैधानिक संकट शुरु भएको छ । आफ्नो पद जोगाउन प्रधानमन्त्री ओलीले संविधान विपरित गएर कदम चालेका छन् । ओलीको कदमको सर्वत्र आलोचना भइरहेको छ तर ओली र उनका पक्षधरहरु भने यो कदमको स्वागत गर्दै देशव्यापी अभियानमा लागेका छन् । ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै आगामी वैशाख र २७ गते निर्वाचन गर्ने घोषणा पनि गरेका छन् ।
पार्टी र सरकारमा कुनै सरसल्लाह नगरी चालिएको कदमप्रति उनले कसैलाई चित्त बुझाउन सकेका छैनन् । आफूसँग ६४ प्रतिशत सांसद रहेको दाबी गरेका उनले बाँकी ३६ प्रतिशतले सरकार बन्ने सम्भावना नरहेको भन्दै प्रतिनिधिसभा भंग गरेको अडान लिएका छन् । आफूविरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव आउने भएपछि उनले त्यसलाई छल्न अत्तालिएर प्रतिनिधिसभा विघटन गरेका हुन् । यत्रो संख्यामा संसद आफूसँग रहेको दाबी गरेपनि त्यो सबै मत पाउने सम्भावना नभएपछि आफ्नो पद जोगाइराख्न उनले देश र जनतामाथि अर्को प्रहार गरेका छन् । प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतमा बहस चलिरहेको छ । विघटनको विरुद्धमा आन्दोलन गर्दै गरेकाहरु सर्वोच्च अदालतले आफूलाई न्याय दिने पक्षमा छन् भने ओलीले पुनस्र्थापना नहुने भन्दै अरु सबै दललाई निर्वाचनमा जुट्न समेत आग्रह गरेका छन् । पुनस्र्थापना भएपनि र नभएपनि यसबाट अनेक खतराहरु उत्पन्न हुने सम्भावना छ । ओलीले संविधान मिचेर नै प्रतिनिधिसभा विघटन गरेका हुन् । सर्वोच्चले ओलीको कदमलाई सदर ठह¥यायो भने पनि सर्वोच्च अदालतमाथि संविधान मिचेको आरोप लाग्न सक्छ । प्रतिनिधिसभा पुनस्र्थापना भयो भने पनि ओलीमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि राजनीतिक रुपमा उतार चढाव हुने सम्भावना छ ।

279 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal