पार्टीले दिएको जिम्मेवारी पूरा गर्छु – केन्द्रीय सदस्य चन्द्र रिजाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य चन्द्र रिजालले पार्टीले दिएको जिम्मेवारीलाई कुशलताका साथ पूरा गर्ने विश्वास व्यक्त गरेका छन् ।
उनले राजनीतिबाट समाज परिवर्तन गर्ने समेत जनाएका छन् । नेकपाका अध्यक्ष केपी शर्मा ओलीले रिजाललाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । उनलाई पर्यटन व्यवसायीले आज सम्मान गरेका छन् । पर्यटन व्यवसायी समेत रहेका ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का पूर्व अध्यक्ष रिजाललाई नेकपा समर्थक युवा पर्यटन व्यवसायीले सम्मानसँगै बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।
बधाई तथा सम्मानका लागि आयोजित कार्यक्रममा अधिकांश युवा पर्यटन व्यवसायीहरुले पार्टीले रिजाललाई केन्द्रीय सदस्य बनाउँदा पर्यटन व्यवसायीहरु अझै धेरै उत्साहित भएको धारणा राखे । कार्यक्रमका वक्ताहरुले पर्यटन क्षेत्रका नेतालाई पनि पार्टीले न्याय गरेकोमा खुशीयाली साटासाट गरे । उनीहरुले पार्टीको यो अभियानको प्रशंसा गर्दै पार्टीलाई मजबुत बनाउन सबै व्यवसायी लाग्ने प्रतिबद्धता समेत जनाए ।
रिजालले पर्यटन व्यवसायीले गरेको माया र सम्मानको लागि आभार व्यक्त गरे । रिजालले सबै व्यवसायीलाई एकताका साथ अघि बढ्न र पार्टीलाई थप उचाइमा लैजान पनि आग्रह गरे । विद्यार्थी राजनीतिबाट उदाउँदै पर्यटन व्यवसायमा समेत आफ्नो अलग्गै पहिचान बनाउन सफल रिजाल पार्टीभित्र कुशल र इमान्दार संगठक भनेर चिनिन्छन् ।
ताजा
जापानमा राष्ट्रपति पौडेल
२०८२ माघ १९ गते, सोमबार
जापानमा राष्ट्रपति पौडेल
२०८२ माघ १९ गते, सोमबार
पशुपति क्षेत्रमा पहिलो पटक ‘विश्वमेध श्रीविद्या कोटि अर्चना महायज्ञ’ हुने
२०८२ माघ १९ गते, सोमबार
जुम्लाबाट उम्मेदवार बनेका मनऋषि धिताल भन्छन्ः जनताले मलाई जिताउछन्
२०८२ माघ १९ गते, सोमबार
‘लोभी नजर’ सार्वजनिक
२०८२ माघ १९ गते, सोमबार
NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिकालाई
२०८२ माघ १९ गते, सोमबार
निर्वाचन आउन ३१ दिन बाँकीः ३० लाख मतपत्र छापियो
२०८२ माघ १९ गते, सोमबार
रविन्द्र प्रताप शाह समाजसेवामा सधैं अग्रसर
२०८२ माघ १६ गते, शुक्रबार
भोलि संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को राष्ट्रिय सम्मेलन हुँदै
२०८२ माघ १५ गते, बिहीबार
निर्वाचनमा आचारसंहिता पालना जरुरी
२०८२ माघ १५ गते, बिहीबार
खगेन्द्र सुनारलाई तीन वर्ष कैदको माग
२०८२ माघ १५ गते, बिहीबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





