अमेरिकामा नौ खर्ब डलर बराबरको राहत प्याकेजमा सहमति
बीबीसी। महिनौँयताको खिचातानीपछि अमेरिकी सांसदहरू करिब नौ खर्ब डलर बराबरको राहत प्याकेज ल्याउन सहमत भएका छन्।
व्यापार, व्यवसाय सञ्चालन तथा बेरोजगारले पाउने सुविधा दिनका लागि त्यसमा रकम समेटिएको छ। आममानिसलाई दिइने खोपका लागि र विद्यालयहरू पुनः सञ्चालनमा ल्याउनका लागि सहयोग गर्न पनि त्यसको प्रयोग गरिने बताइएको छ।
आगामी नौ महिनासम्म सरकारलाई आफ्ना गतिविधिहरू सञ्चालन गर्नका निम्ति यसअघि ल्याइएको १।४ ट्रिलियन डलर बराबरको कार्यक्रममा यो थपिएको छ।
यो महिनाको अन्त्यतिर कोभिड(१९ सँग सम्बन्धित थुप्रै सहायता कार्यक्रमको म्याद सकिन लागेका बेला पछिल्लो सहमति भएको हो। बेरोजगारले पाउने सुविधामा पहुँच पाउनबाट करिब एक करोड २० लाख अमेरिकीहरू वञ्चित हुन लागेका थिए।
सिनेटमा प्रतिनिधित्व गर्ने रिपब्लिकन नेता मिच मक्कनेलले सहमतिबारे घोषणा गरेका थिए। त्यसमाथि औपचारिक मतदान हुन चाहिँ बाँकी छ।
बिहीवार सार्वजनिक बेरोजगारीसम्बन्धी तथ्याङ्क अनुसार बेरोजगारले पाउने सुविधाका लागि गत हप्ता आठ लाख ८५ हजार अमेरिकीले आवेदन दिएका छन्। यो सङ्ख्या सेप्टेम्बर महिनायताकै उच्च हो।
कङ्ग्रेसमा शुक्रवारसम्म यो सहमतिमाथि मतदान हुने अपेक्षा गरिएको छ। खर्च नपाएर सरकारका कामकारबाही ठप्प हुनसक्ने चिन्ताहरू व्यक्त भइरहेका थिए।
अक्टोबर महिनादेखि नै अस्थायी कोषमार्फत् वाशिङ्गटन सरकार सञ्चालन भइरहेको छ। अक्टोबर सङ्घीय सरकारको आर्थिक वर्षको शुरूवाती महिना हो।
सहमतिबारे आइतवार घोषणा गर्दै मक्कनेलले भने, “अन्ततः हामीले यो रिपोर्ट गर्न सक्छौँ कि लामो समयदेखि देशले सुन्नुपर्ने कुरा भएको छः थप सहयोग आउँदैछ।”
“हामी करिब नौ खर्ब बराबरको सहायता प्याकेजमा सहमत भएका छौँ। यसमा लक्षित नीतिहरू समेटिएका छन् जसले सङ्घर्ष गरिरहेका लामो समयदेखि प्रतीक्षारत अमेरिकीहरूलाई सहयोग गर्नेछ।”
ताजा
‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित
२०८३ भाद्र १६ गते, मंगलवार
‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित
२०८३ भाद्र १६ गते, मंगलवार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)
२०८३ भाद्र १६ गते, मंगलवार
बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी
२०८३ भाद्र १६ गते, मंगलवार
एक बर्षमा एक चोटी गाउदै अञ्जु !
२०८३ भाद्र १६ गते, मंगलवार
१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो
२०८३ भाद्र १६ गते, मंगलवार
अनिश्चितकालका लागि तातोपानी नाका बन्द
२०८३ भाद्र १६ गते, मंगलवार
सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर
२०८३ भाद्र १६ गते, मंगलवार
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध
२०८३ भाद्र १४ गते, आईतवार
विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई
२०८३ भाद्र १४ गते, आईतवार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





