‘जाँडरक्सी मुक्त अभियान’ सहितको ‘ललितपुर–जनकपुर दौड’ का खेलाडी सम्मानित

२०७७ पुष ६ गते, सोमबार

काठमाडौं । विवाह पञ्चमीको अवसरमा जाँडरक्सी मुक्त अभियानका लागि आयोजित दोस्रो ललितपुर–जनकपुर दौडमा सहभागी खेलाडीलाई सम्मान गरिएको छ । रिपोर्टर्स क्लव नेपालमा आयोजित एक कार्यक्रमबीच क्लबका अध्यक्ष ऋषि धमला र सामाजिक अभियन्ता पुण्य गौतमले उपस्थितिमा खेलाडीहरुलाई सम्मान गरेका हुन् ।
सम्मानित हुने खेलाडीहरुमा अन्र्तराष्ट्रिय धावक राम सुन्दर कार्की, साग स्वर्ण पदक विजेता कृष्ण बस्नेत रहेका छन् । ‘जाँड रक्सी मुक्त नेपाल घोषणा गरौ’ भन्ने उद्देश्य प्राप्तीको लागि शान्ती दौड कार्यक्रमको समापन कार्यक्रममा बोल्दै धावक कार्कीले यो अभियानले समाजलाई परिवर्तन गर्ने उद्देश्य राखेको बताए । उनले देशमा जाँडरक्सी मुक्त अभियान सफल भए समृद्धि र शान्ति हासिल हुने बताए । उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए । ‘मलाई दौडको क्रममा सबै स्थानबाट सहयोग गर्नुहुने सबैलाई धन्यवाद ।’ उनले भने, ‘आउँने दिनमा पनि सबैबाट सहयोगको अपेक्षा गर्दर्छु ।’
कार्यक्रममा बोल्दै कार्यक्रमका संयोजक राधे खड्काले सबैको सहयोगले यो विशेष कार्यक्रम सम्पन्न गर्न सफल भएको बताए । उनले दौडले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरे ।
पौष १ गते गोदावारी नगरपालिकाकी उपमेयर मुना अधिकारीले उद्घाटन गरेर सुरु भएको दौड ललितपुरको गोदावरीबाट सुरु भएर पुस ३ गते जनकपरमा विवाह पञ्चमीको दिन समापन भएको थियो । टोलीलाई जनकपुर मन्दिरका पुजारी र चेम्बर अफ कर्मसले अभिनन्दन गरेका थिए । कार्यक्रमको संयोजन सहकारी पार्टीका अध्यक्ष राधे खड्काले गरेका थिए ।
प्रमुख धावक राम सुन्दर कार्की नेपालका ७७ जिल्ला तथा भारत, भुटान लगायत धेरै देशहरुमा दौडिसकेका छन् ।

202 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal